रबिन्द्र यादव/साउन  २१, Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबिन्द्र यादव/साउन  २१,
२०८२, ५ चैत्र बिहीबार
कृषि गतिबिधी

नवलपरासीको सुगर मिलको फोहोर पानीबाट सयौ किसानले लगाएको धान बाली नष्ट

२०७३, २१ श्रावण शुक्रबार १२:३४

रबिन्द्र यादव/साउन  २१, नवलपरासी । नवलपरासीको दक्षिणी भेगका किसानहरुले लगाएका धानबाली सुगर मिलको फोहोर पानीले नष्ट भएका छन् । जिल्लामा रहेका चार मिल मध्ये इन्द्रा सुगर मिल गंगापुर र वाग्मती खाडसारी सुगर मिल कुडियाले आ आफ्नो मिलको फोहोर पानी कंगली र चुर्निया खोलामा ढल निकास गरेकोले वरिपरि किसानले लगाएको हजारौं बिगहा धानबाली नोक्सान भएको छ । 


साथै लामखुट्टेको विगविगी भएको छ । दुबै सुगर मिलको वरिपरि रहेका गुठी परसौनी, कुडिया, नर्सही, पक्लिहवा, प्रतापपुर लगायतका गाउँ विकास समितिहरुको किसान र स्थानियहरु प्रभावित भएका छन् । किसानले लगाएको धानमा फोहोर पानी पसे पछि पुरै बाली कालो भई सुक्ने गरेको किसान राजमंगल भेडिहारले बताउनु भएको छ । वहाको डेढ बिगहा लगाएको पुरै धानबाली नष्ट भएको छ । गुठी परसौनी र नर्सही गाविसले पटक पटक मिल लाई फोहोर दुर्गन्धित पानीको ढल निकासको विकल्प खोज्न र व्यवस्थापन मिलाउन पत्रचार समेत गर्दा सुगर मिलले बेवास्ता गर्दै आएको गुठी परसौनी गाविसका सचिव घनश्याम ज्ञवालीले साझासबाल लाई बताउनु भएको छ । 


यसैगरी यही अषाढ २० गते गुठी परसौनी गाविस स्तरिय बैठकले दुबै मिललाई सम्बोधन गरि फोहोर र दुर्गन्धित पानीको व्यवस्थापन मिलाउन वोधार्थ जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालय नवलपरासी लाई पत्राचार गरि सकेको छ तर अहिले सम्म कुनै सम्बन्धित निकाय बाट केही जानकारी न आएको सचिव ज्ञ्वाली बताउनु भएको छ । 

सुगर मिलको फोहोर र दुर्गन्धित पानीले वरिपरिका स्थानीयहरुमा स्वास्थ्यमा प्रत्यक्ष असर पारी रहेको छ । अहिले मिलको फोहोर पानीले लामखुट्टे लार्भाको वृद्धि भई तिनको टोकाइ बाट मलेरियाका बिरामी संख्या बढेको चिकित्सक बताउ छन ।

एकातिर किसानको बाढीले धानबाली नष्ट गर्यो भने अर्को तिर सुगर मिलले गरेको छ । खोला पालिएका माछा समेत मर्ने गरेका छन । गाईवस्तु खोलानालाको पानी पिउदा समेत बिरामी परेका पशुपालन किसानहरुको भनाई छ । दुबै मिलले गुठी परसौनी वार्ड नम्बर ७ पिपरपाती खोला ढल निकास गरेकोले गुठी परसौनी गाविसको किसानहरु बढि मर्कामा परेका छन् । 

किसानको गुनासो मिलले न सुनेपछि करिब ७० भन्दा बढि हस्ताक्षर सहित किसानहरु अल्सगिर हजामको नेतृत्वमा ५० भन्दा बढि बिगहा धानबालीको क्षतिपूर्ति माग गर्दै साउन १९ गते जिल्ला प्रशासन कार्यालय मा ज्ञापन पत्र बुझाएका छन । क्षतिपूर्ति माग गर्दै ज्ञापन बुझाएको मध्ये ४५ भन्दा बढि अति गरिब र दलित समुदायको रहेका छन । 



यसैगरी नर्सही गाउँ विकास समिति का किसानहरु पनि क्षतिपूर्ति माग गर्दै ज्ञापन पत्र नवलपरासी जिल्ला प्रशासन लाई बुझाउने बताएका छन । यश क्षेत्रका किसानहरुको हरेक बर्ष दुर्गन्धित पानीले धानबाली नोक्सान हुँदै आएको छ तर सम्बन्धित निकाय मौन बस्दै आएको छ । किसानहरुको समस्या र क्षतिपूर्ति दिलाउन सबै सरोकारवालाहरुको ध्यान जाओस । प्रमुख जिल्ला अधिकारी महादेव पन्तले  मिल मालिक र किसानहरुलाई बोलाएर छलफल गराउने बताएका छन




तस्बिर क्याप्सनः प्रमुख जिल्ला अधिकारी लाई बुझाएको ज्ञापन पत्र र धानबाली नष्ट तथा खोलाको दुर्गन्धित पानी र गाविसले जिविस र प्रशासन कार्याललाई पत्र

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या