साउन २२, पाल्पा । तानसेन नगरपालिका– ११ रक्साहस्थित गुप्ता नर्सरीबाट वार्षिक रु २० लाख बराबरको फूलको बिरुवा भारतमा निर्यात हुने गरेको छ । व्यावसायिक फूलको खेती गर्न उपयुक्त रहेको पाल्पाबाट भारतमा ठूलो मात्रामा निर्यात हुने गरेको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २२, पाल्पा । तानसेन नगरपालिका– ११ रक्साहस्थित गुप्ता नर्सरीबाट वार्षिक रु २० लाख बराबरको फूलको बिरुवा भारतमा निर्यात हुने गरेको छ । व्यावसायिक फूलको खेती गर्न उपयुक्त रहेको पाल्पाबाट भारतमा ठूलो मात्रामा निर्यात हुने गरेको छ । 

१७ माघ २०८२, शुक्रबार
काठमाडौँ - KTM

बीस लाख फूलको बिरुवा भारतमा निर्यात

२२ श्रावण २०७३, शनिबार ०९:०८

साउन २२, पाल्पा । तानसेन नगरपालिका– ११ रक्साहस्थित गुप्ता नर्सरीबाट वार्षिक रु २० लाख बराबरको फूलको बिरुवा भारतमा निर्यात हुने गरेको छ । व्यावसायिक फूलको खेती गर्न उपयुक्त रहेको पाल्पाबाट भारतमा ठूलो मात्रामा निर्यात हुने गरेको छ । 

फूलका बिरुवा भारतका अलावा नेपालका विभिन्न स्थानमा समेत निर्यात हुँदै आएको छ । गर्मी र चिसो दुबै मौसममा पाल्पामा व्यावसायिक फूलखेती गरिन्छ । 

नेपालका घरमा अहिले सजावट र होटल तथा पाहुनाको स्वागतका लागि पनि पाल्पामा हुर्किएको फूलको बिरुवा निर्यात भएको गुप्ता नर्सरी पाल्पाका प्रोपराइटर राजेश गुप्ताले बताउन्ुभयो । अहिले मानिस सजिसजाउ घर, हरियो र रङ्गीचङ्गी आँगन भएको हेर्न चाहन्छन् गुप्ताले भन्नु भयो । 

पछिल्ला पाँच सात वर्षदेखि फूलको व्यापार फस्टाएको छ । २०÷३० लाखदेखि करोडौँको घर बनाउँदा फूल आगन, ढोका, गेस्ट रुममा राख्ने प्रचलन बढेको छ । पाल्पामा गर्मी र जाडो दुबै मौसममा फूल उत्पादन गर्न सकिने भएकाले यहाँको फुलमा उपभोक्ताको आकर्षण थपिएको गुप्ताले बताउनुभयो । 

घर तथा आँगनमा फूलेको फूलले मानिसमा उत्साह थप्ने, निरासा हटाउने, स्वच्छ, सफा देखिने र मानिसलाई नै फूर्तिलो बनाउने गर्दछ । फूल नरुचाउँने मानिस सायद नहोलान् गुप्ता थप्नुहुन्छ ‘फूलले दृश्य हेर्नासाथ त्यसको आहारा, पानी, स्याहारको चिन्ता हुन्छ भने फुलले धेरै मानिसलाई हसिलो र पूर्तिलो बनाउँछ ।’ 

रुपन्देहीको ड्राइभरटोलमा २० वर्षदेखि फूलको व्यापार गर्दै आएको गुप्ता नर्सरी फार्मले गर्मी र अत्यधिक जाडोमा फुलको नर्सरी राम्रोसँग हुर्कने जनाएको छ । तानसेन प्रभास नजिकै रक्साहमा १३ रोपनी जग्गा लिजमा लिएर फुलको नर्सरी ह्ुर्काएर बुटवल, नारायणघाट, भैरहवा, दाङ्, चितवन, नौतनवा, गोरखपुरमा समेत फुलको बिरुवा निर्यात हुने गरेको छ । 

पाल्पाबाट सयपत्री, पिटोनिया, डेन्थस, भर्विना, एन्थेनियम, पेन्जी, जेरनियम, भीङ्का, डालिया, गोदावरीलगायत २० थरीका फुल निर्यात हुने गरेको छ । प्रोपराइटर गुप्ताले एक हजार बिरुवा राखेकामा नौँ सय बिरुवा पाल्पामा राम्रोसँग हुर्कने र त्यसबाट कुल आम्दानीको ४५ प्रतिशतसम्म नाफा लिन सकिने बताउनुभयो । 

हाइब्रिड जातको फूलको व्यावसायिक खेतीबाट खर्च कटाएर ४५ प्रतिशत नाफा गर्न सकिने र यसको बजार सम्भावना जताततै बढ्दै गएको उहाँले बताउनुभयो । 

हाइब्रिड जातको फूलमा धेरै फूल लाग्ने बोट सानो हुने भएकाले सजावट छरितो हुने, बोट नभाँचिने र फूलले घरलाई उज्यालो बनाउने फूल व्यवसायी बताउँछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक