साउन २७, बर्दिवास । लगातारको वर्षाका कारण तरकारी उत्पादक किसानको पिरोलो बढेको छ । 

वर्षाले गोडमेल र उपचार गर्न नपाएपछि तरकारी नष्ट हुन थालेको छ । बोट पहेँलिदै गएपछि किसान पिरोलिएका छन् । माटो भिजाएर सिँचाइ गरिने तरकारीबारीमा दिनहुँ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २७, बर्दिवास । लगातारको वर्षाका कारण तरकारी उत्पादक किसानको पिरोलो बढेको छ । 

वर्षाले गोडमेल र उपचार गर्न नपाएपछि तरकारी नष्ट हुन थालेको छ । बोट पहेँलिदै गएपछि किसान पिरोलिएका छन् । माटो भिजाएर सिँचाइ गरिने तरकारीबारीमा दिनहुँ "/>

२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

लगातारको वर्षाले तरकारीखेती नष्ट

२७ श्रावण २०७३, बिहीबार ११:२९

साउन २७, बर्दिवास । लगातारको वर्षाका कारण तरकारी उत्पादक किसानको पिरोलो बढेको छ । 

वर्षाले गोडमेल र उपचार गर्न नपाएपछि तरकारी नष्ट हुन थालेको छ । बोट पहेँलिदै गएपछि किसान पिरोलिएका छन् । माटो भिजाएर सिँचाइ गरिने तरकारीबारीमा दिनहुँ परेको पानीले बाधा पु¥याएको तरकारी उत्पादक किसान सत्यनारायण यादवले बताउनुभयो । 

तरकारीबाली गोडमेलका लागि माटो रुखो हुनपर्ने भएकाले लगातारको वर्षाले बारी रुखिन नपाउँदा एकपछि अर्को समस्या बढेको किसान बताउँछन् । गोडमेल नगरी कीराको उपचार प्रभावकारी नहुने र उपचारकै लागि पनि घाम लाग्नुपर्ने हुँदा अहिलेको मौसम नै तरकारीबालीका लागि प्रतिकूल भएको पशुपतिनगर– १ का तरकारी उत्पादक किसान महेन्द्रसिंह कुशवाहा बताउनुहुन्छ । 

जिल्लाको बर्दिवास नगरपालिकाका माइस्थान, भव्सी, चेरु, गणन्ता, बरडाँडा, ढुङ्ग्रे र टुटेश्वरलगायत बस्ती परवलखेतीका लागि कहलिएका छन् । तर, यसपाली लगातारको पानीले गोडमेल र उपचार नपाउँदा फागुनसम्म फल्नुपर्ने परवल पहँलिएर सुकेका छन् । 

जिल्लाका पशुपतिनगर, बिजलपुरा, बेलगाछी, माइस्थान, भरतपुर, धमौरा, इकरहिया, बनौटा र भङ्गाहासहितका गाविस बस्ती तरकारी उत्पादनका पकेटक्षेत्र हुन् । जिल्लामा अहिले वर्षभरी मौसमी र बेमौसमी गरी १० हजार हेक्टरमा तरकारीबाली लगाउने गरिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत सुकेश्वर झाले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला