२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

‘एक कृषक एक दुहुनो गाई/भैंसी’ कार्यक्रम अभियानका रूपमा

७ असार २०७८, सोमबार ०६:२८

असार ७, गण्डकी (रासस) । कास्कीको अन्नपूर्ण गाउँपालिकाले ‘एक कृषक एक दुहुनो गाई/भैंसी’ कार्यक्रम अभियानका रूपमा सञ्चालन गर्ने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७८/७९ को वार्षिक नीति तथा कार्यक्रममा यसलाई अभियानका रूपमा सञ्चालन गरी दूधलाई आफ्नो दैनिक आयआर्जनको माध्यम बनाउने उल्लेख गरिएको छ ।  

दूध उत्पादनमा सहकारिताको विकास गरी पशुपालक कृषक समूहलाई गोठ निर्माण, तथा भकारो सुधार कार्यक्रमलाई निरन्तरताका साथ उत्पादनका आधारमा अनुदान उपलब्ध गराइने गाउँपालिका अध्यक्ष युवराज कँुवरले जानकारी दिनुभयो ।

गाउँपालिकाअन्तर्गतका सहकारी संस्थालाई सबल रूपमा सञ्चालन गर्न पशु बिमा कार्यक्रम सञ्चालन गर्ने, बहुवर्षे भूईं घाँस, पोषिलो हिउँदे घाँस, बहुवर्षे डालेघाँसका बिरुवा लगाउने तथा नर्सरी स्थापना गर्नेजस्ता कार्यक्रम सञ्चालन गरी दुग्ध सङ्कलन तथा चिस्यान केन्द्र स्थापना एवं विस्तार गर्ने नीति लिइएको छ ।।  

व्यावसायिक पशुपालन, पशु बिमा, गोठ तथा भकारो सुधार उन्नत नश्लका गाई, भैंसी तथा बाच्छा–बाच्छी, पाडा–पाडी हुर्काउने कृषकलाई प्रोत्साहन गर्ने, दूध र मासुको उत्पादन वृद्धि गर्न पार्कोटे र लिमे जस्ता रैथाने जातका भैंसीपालन कार्यक्रमलाई प्रथामिकता दिइने गाउँपालिकाले जनाएको छ । प्राथमिक पशु उपचार सेवालाई निरन्तरता दिइने अध्यक्ष कुँवरले जानकारी दिनुभयो । पशुपालक कृषकमा सीप हस्तान्तरणद्वारा आधुनिक पशुपालन पद्धतिको विकास गर्दै लैजाने कार्यमा जोड दिई कृषक समूह, समिति, सहकारी, गैरसहकारी संस्था र गाउँपालिकाबीच साझेदारीका साथ विशेष कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले नीति लिएको छ ।

पशुपालनका क्षेत्रमा आधुनिक प्रविधि सुधार गर्न ‘काम गरेर सिक्छ, देखेर विश्वास गर्छ’ भन्ने नारालाई कार्यान्वयन गर्न व्यावसायिक किसानलाई नमूना पशुपालन फर्महरूको अवलोकन तथा तालीम जस्ता कार्यक्रम सञ्चालन गरिने अध्यक्ष कुँवरले बताउनुभयो । पशुपंक्षीतर्फ कुखुरा, कालिज पालन व्यवसायलाई व्यवसायीकरण गरी एक निश्चित मापदण्डका आधारमा अण्डा र मासु उत्पादनमा आत्मनिर्भरताका साथ निर्यात गरी आयआर्जनमा वृद्धि गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार माछापालन व्यवसायलाई विस्तार तथा वृद्धि गर्न भुरा वितरण तथा पोखरी निर्माण गर्न जोड दिनुका साथै मत्स्यपालन क्षेत्रमा कृषकहरुको आकर्षण अभिवृद्धि गरिने बताइएको छ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली