७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

झापामा किसानलाई क्रेडिट कार्ड वितरण

८ आश्विन २०७८, शुक्रबार ०९:३३

असोज ८, काठमाडौँ  । झापामा किसानलाई क्रेडिट कार्ड वितरण गरिएको छ  ।  झापाको दमकस्थित हिमशिखर एग्रो एन्ड हर्व रिसर्च सेन्टरले किसानलाई क्रेडिट कार्ड वितरण गरेको हो । मेगा बैंकसँगको सहकार्यमा एग्रोले क्रेडिट कार्ड वितरण गरेको जनाएको छ  । 

किसानका समस्यालाई ध्यानमा राख्दै प्रारम्भमा पाँच किसानलाई क्रेडिट कार्ड वितरण गरेको एग्रोका अध्यक्ष धुव्रप्रसाद न्यौपानेले जानकारी दिए । एग्रोले किसानलाई डिजिटल कृषि प्रणालीमार्फत सहज तथा सहुलियत रुपमा कर्जा उपलब्ध गराउने उद्देश्यका साथ कार्ड वितरण गरेको उनले बताए । एग्रोले आज आयोजित कार्यक्रममा किसानलाई वित्तीय साक्षरता सम्बन्धि जानकारी समेत दिएको छ ।  

कार्यक्रकममा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, एग्रोका प्रमुख कार्यकारी अधिकृत प्रकाश घिमिरे, मेगा बैंकका पुण्यप्रसाद खनिया, बैंकका प्रदेश–१ का प्रमुख विवेकबन्धु न्यौपाने, दमक नगरपालिकाका कृषि शाखाप्रमुख चन्द्रकला भट्टराई, अर्जुनधारा नगरपालिकाका पशु विकास अधिकृत पदम राईलगायतको सहभागिता रहेको बताइएको छ  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या