2026-10-03 01:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

अविरल वर्षाले उदयपुरमा ३५ प्रतिशत धान नष्ट, भोकमरी लाग्ने चिन्ता

कात्तिक ३, उदयपुर | बेमौसमी रुपमा दुई दिनयताको वर्षाका कारण किसानले भित्र्याउन लागेको धानबाली खेतमै नष्ट भएको छ । धान भित्र्याउने समयमा वर्षा भएसँगै खेतमा काटेको धान भिजेर नष्ट भएको हो । वर्षाले धान बालीमा बढी क्षति गरेपछि किसानलाई अहिले भोकमरी हुने चिन्ताले सताएको छ । 

अविरल रुपमा आएको वर्षाले उदयपुरमा भर्खरै काटेको र काट्ने तयार भएको धान बालीमा बढी क्षति पुर्‍याएको छ । खेतमा काटेर सुकाउन राखिएको धान भित्र्याउन नपाउँदै भिजेर नष्ट भएपछि किसान समस्यामा परेका छन् । 

जिल्लाको बेलका, चौदण्डीगढी, त्रियुगा र कटारी नगरपालिका क्षेत्रमा लगाएका ३५ प्रतिशत खेतका धान नष्ट भएको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार पानीमा भिजेको धान कुट्दा धुलोपिठो पर्ने र खान नमिल्ने हुन्छ ।

पानीले भिजेको धान खान अयोग्य हुने र गुणस्तर पनि खस्किन सक्ने कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख महेशकुमार चौधरी बताउँछन् ।  प्रायः किसानहरु मौसमी सूचनालाई विश्वास गर्दैनन् । जसले गर्दा प्रतिकूल मौसमका कारण पटक–पटक किसानले क्षति बेहोरिसकेका छन् । ‘किसानहरु सबै मौसमी सूचनाको पहुँचमा छैनन्, किसानको ध्यान जति खेतीबालीमै हुन्छ,’ उनले भने । मौसम पूर्वानुमान महाशाखाको सूचनालाई चासो दिएको भए यसपटक धानबालीमा क्षति कम हुने उनी बताउँछन् । अधिकांशलाई मौसमी सूचनाबारे थाहा छैन, किसानले यसको मतलब नै गर्दैनन् ।

वर्षातले डुबान भएपछि उदयपुरको बेलका नगरपालिकाको भागलपुर क्षेत्र सबैभन्दा बढी प्रभावित बनेको छ । त्यस्तै चौदण्डीगढी नगरपालिकाको १०, ९, ५ र ४ नम्बर वडामा समेत क्षति पुर्‍याएको स्थानीयले बताएका छन् । त्यस्तै त्रियुगा नगरपालिकाको बिभिन्न वडामा पनि वर्षातले बाढी खेतमा पस्दा क्षति भएको छ ।

दसैँलगतै किसानले धान काटेर पाँजा बनाई घर भित्र्याउन खेतमै तयारी अवस्थामा राखिएको धान बारी नै डुब्ने गरी बाढी छिरेर जलमग्न भएको बेलका नगरपालिकास्थित भागलपुरका स्थानीय सन्तु थापाले जानकारी दिए । राती सुत्दा ठिकै थियो अचानक पानी परेछ । झन् बिहान भरी परेको वर्षातले थपिदा बारीमा काटेर राखेको धान कामै नलाग्ने अवस्थामा पुगेको उनले सुनाए ।

जारी वर्षाका कारण ठूलो संख्यामा उदयपुरका किसान प्रभावित भएका छन् । ’वर्षाका कारण भित्र्याउन ठिक्क परेको धानबाली सखाप हुँदा किसान परिवार समस्या परेको छ । किसानलाई कात्तिक महिनामा पानी पर्ला भन्ने विश्वास नै लागेन, धेरै मान्छे लगाएर धमाधम धान काटियो, अहिले पूरै धान खेतमा डुबेको छ । खेतमा पानीको कतै निकास नभएको हुँदा धान पूरै डुबेको छ । भर्खरै दसैँ मानेर खेतमा व्यस्त हुँदै गर्दा वर्षाले खत्तम बनाइ दियो ।’ उनले भने ।

धान बालीमा कति क्षति भयो भन्ने पूर्ण विवरण नआइसकेको तर करिब ३५ प्रतिशत धान किसानले काटेको र नकाटेको केही धानलाई पनि हावाले ढालेर क्षति गरेको कृषि ज्ञान केन्द्र उदयपुरका निमित्त प्रमुख चौधरीले बताए । उनका अनुसार बेलका नगरपालिका वडा नं. १, २ र ३ का क्षेत्रमा करिब एक सय बिगाहा जग्गाको खेतमा काटेर सुकाएको धानबाली नष्ट भएको छ । करिब ५० प्रतिशत हरियो धान पानीसँगै परेको हावाहुरीले धान जमिनमा लडेको छ ।

त्यसैगरी चौदण्डीगढी नगरपालिका क्षेत्रमा करिब २० प्रतिशत काटेको धान नष्ट भएको छ भने २५ प्रतिशत बढी हरियो धान नष्ट भएको कृषि केन्द्रले जनाएको छ । चौदण्डीगढी नगरपालिका– १० हडियाका नन्दीलाल चौधरीको खेतमै काटेको एक बिगाहा धान जमिनमा भिजेर नष्ट भएको छ ।

कटारी नगरपालिकामा २० प्रतिशत काटेर सुकाएको धान पानीले खेतमै भिज्यो भने १५ प्रतिशत बढी हरियो धानलाई पानीसँगैको हावाहुरीले लडाई दिएको छ ।

त्रियुगा नगरपालिकामा काटेर सुकाएको धानसहित अनुमानित ३५ प्रतिशत बढी धानबाली नष्ट भएको नगरपालिका कृषि शाखा प्रमुख माधव राउतले जानकारी दिए । उनकाअनुसार त्रियुगा नगरपालिकाको सबैभन्दा बढी वडा नं. २ मा ४५ प्रतिशत धान क्षति भएको छ भने ६ वटा वडामा अनुमानित ४० प्रतिशत धानमा क्षति पुगेको छ । त्रियुगा नगरपालिका १४, १५, १६ नं. वडामा २५/२५ प्रतिशतले धानमा क्षति पुगेको छ भने अन्य वडामा ३० देखि ३५ प्रतिशतले क्षति पुगेको शाखा प्रमुख राउतले बताए ।

धान भित्र्याउने बेला वर्षा भएपछि धानखेतीमै जीवन निर्वाह गर्दै आएका किसानलाई बढी मार परेको छ भने अन्य किसानसमेत मर्कामा परेका छन् । जिल्लाका सयौँ किसानको हजार बिगाहा जमिनको धानखेती भिजेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने