४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

१४ वर्ष दुबई बसेर फर्किएपछि…

२ मंसिर २०७८, बिहीबार १४:०१

प्रकाश पाक्साँवा | मङ्सिर १, तेह्रथुम | वार्षिक रूपमा पाँच लाखभन्दा बढी युवाहरू रोजगारीका लागि पहिलो रोजाइ बन्छ विदेश । धेरै युवाहरू म्यानपावर कम्पनीले प्रतिबद्धता गरेविपरीत काम गर्न बाध्य बन्दै आएका छन् । गाउँमै केही व्यावसाय सञ्चालन गरी रोजगार बन्ने वातावरण नभइपछि विदेशिनु युवाहरूको बाध्यता नै बनेको छ ।

वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका युवाहरू कोही दुःख पाएर फर्किन्छन् । विदेशबाट फर्केर यहीँ नेपालमा केही गर्छु भन्ने युवाहरूको संख्या कमै छ । गाउँमा नै केही गर्छु यहीँको माटोमा रमाउँछु भन्ने सोच भने कमैमा हुन्छ । तर, तेह्रथुम म्याङलुङ–५ आम्फुवाका भुवन सिंह लिम्बू भने गाउँमै रमाउन थालेका छन् ।  

वैदेशिक रोजगारबाट पीडा भोगेका लिम्बू अहिले लालिगुराँस नगरपालिका–९ लसुनेमा जापानिज सिताके च्याउ खेतीमा रमाउन थालेका हुन् । १० लाख लगानीमा उनले खेती सुरु गरेका हुन् । २०६१ सालमा नेपाल आर्मीमा भर्ना भएका उनी २०६६ सालमा जागिर छोडेर दुबई पुगेका थिए । १४ वर्ष दुबई बिताएका लिम्बूको जुन सोचले उनी विदेश गएका थिए, ती सोचहरू पूरा हुन सकेनन् । 

‘राम्रै कमाइ हुन्थ्यो, महिनामा एक लाखभन्दा बढी तलब पाउथेँ । तर, पराइको भूमिमा अरूको खटनमा काम गर्दा मनमा शान्ति मिलेन । त्यसैले गाउँमा परिवारसँगै व्यवसाय गर्ने सोचका साथ जापानिज सिताके च्याउ खेती रोजेका हुँ’, उनले बताए । 


बजार राम्रो सम्भावना रहेको र थोरै क्षेत्रफलमा धेरै आम्दानी लिन सकिनै भएकाले पनि च्याउ खेती उनको रोजाइमा परेको बताउँछन । लिम्बूले फेदाप तिनजुरे किनोको सिताके च्याउ उद्योग दर्ता गरी च्याउ खेती गर्दै आएका छन् । 

तीन रोपनी जग्गा वार्षिक ३५ हजार रुपैयाँमा भाडा लिई खेती गर्दै आएका हुन् ।  काठ स्टोर कोठा, च्याउ उत्पादन गर्ने ठाँउ र उत्पादनका लागि चाहिने कच्चा सामग्रीहरूलाई व्यवस्थापन गर्ने पहिलो चरणमा लगानी गरेका छन् । 

स्थानीय स्तरमा नै च्याउ उत्पादनका लागि कटुस, पैयुँ र उत्तिसको काठ पाउने भएकाले पनि व्यवसाय सञ्चालनमा समस्या नरहेको उनी बताउँछन् । यो खेती सुरुवात मै उनले मासिक ६० देखि ७० हजार मासिक आम्दानी लिन थालेका छन् । यहाँ उत्पादन भएको च्याउ जिल्ला सदरमुकाम म्याङलुङका साथै इटहरीको भाटभाटेनीमा निर्यात हुँदै आएको उनले जानकारी दिए । 

लिम्बूले आफ्नो उद्योगमा युवाहरूलाई रोजगारसमेत दिन थालेका छन् । प्रतिकिलो ६०० रुपैयाँमा यहाँ उत्पादन भएको च्याउ बिक्री हुँदै आएको छ । ‘बजारमा माग बढ्दो छ, माग भएअनुसार उत्पादन गर्ने सकिएको छैन । लगानी थपेर अझ खेतीलाई विस्तार गर्ने सोचमा छु’, लिम्बूले भने । 

खेतीको सुरुवाती चरणमै राम्रो आम्दानी लिएका लिम्बू यतिबेला आफ्नै उद्योगमा रमाइरहेका छन् । लगनशील भएर गाउँमै व्यावसायिक बन्ने हो भन्ने रोजगारको लागि भौँतारिनु नपर्ने गतिलो उदाहरण दिएका छन् लिम्बुले । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा