२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कृषि सिकाउन युवालाई दक्षिण कोरिया पठाइने, तलब एक लाख ८० हजार

१४ पुष २०७८, बुधबार १२:५८

पुस १४, कंचनपुर | कञ्चनपुरको जेठो भीदत्त नगरपालिकाले कृषिमा आधुनिक र वैज्ञानिक प्रविधि भित्र्याउन स्थानीय युवालाई दक्षिण कोरिया पठाउने भएको छ । नगर कार्यपालिकाबाट अनुमोदन गरी सम्झौतापत्र इन्टरनेशनल अर्वन ट्रेनिङ सेन्टर, ग्याङ्गवन प्रदेशलाई पठाएइको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताउनुभयो । नगरपालिकाले मौसमी कृषि श्रमिकलाई ग्याङ्गवन प्रदेश, दक्षिण कोरिया पठाउन त्यहाँको इन्टरनेशनल अर्वन ट्रेनिङ सेन्टर, ग्याङ्गवन प्रदेशसँग सम्झौता गरेको गरेको हो । 

कृषि प्रणाली विकासमा टेवा पुगोस् भनेर दक्षिण कोरियाको सीप र प्रविधिलाई स्वदेश भित्र्याउन स्थानीय युवालाई त्यहाँ पठाइने नगरप्रमुख विष्टको भनाइ छ । “कृषि श्रमलाई उत्पादनसँग, उत्पादनलाई रोजगारीसँग जोड्दै गरिबी न्यूनीकरण गर्न सकिन्छ”, विष्टले भन्नुभयो, “त्यसका लागि भीमदत्त नगरपालिका कृषिमा वैज्ञानिक र आधुनिक प्रणाली भित्र्याउन अग्रसर छ ।” उहाँले केही समयका लागि युवा विदेश गएर त्यहाँको सीप र प्रविधिसित जानकार भएर आउने बताउनुभयो ।

कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्दै दिगो आर्थिक विकास गर्नुका साथै शिक्षित बेरोजगारी हटाउने उद्देश्यले नगरपालिकाले कोरिया सरकारसँग यो सम्झौताका लागि अग्रसरता देखाएको विष्टले बताउनुभयो । भीमदत्त नगरपालिकामा कम्तीमा तीन वर्षभन्दा बढी स्थायी बसोबास गरेका ३० देखि ४५ वर्ष उमेर समूहका, अङ्ग्रेजी वा कोरियन भाषाको  ज्ञान भएका युवालाई भीमदत्त नगरपालिकाले छनोट गरी कोरिया सरकारलाई मौसमी कृषि कामदारका लागि सिफारिस गर्नेछ योजना रहेको छ ।

उक्त सम्झौताअनुसार करार अवधि तीनदेखि पाँच महिना हुने (रोजगारदाताको इच्छाअनुसार बढी पनि हुनसक्ने) र न्यूनतम् मासिक तलब एक लाख ८० हजार रहेको बताइएको छ । मौसमी कामदार कार्यक्रम इन्टरनेशनल अर्वन ट्रेनिङ सेन्टर, ग्याङ्गवन प्रदेशको अन्तिम पत्र आएपछि सुरु हुने नगरपालिकाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण