पुस २५, मङ्गलबारे (रासस) ।  इलामका लेकाली क्षेत्रका किसानको प्रमुख आयस्रोतको रुपमा रहेको आलुको बीउ बिक्री नहुँदा किसान मर्कामा परेका छन् । 

माथिल्लो क्षेत्रमा उत्पादित आलुको बीउ राम्रो र धेरै फल्ने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २५, मङ्गलबारे (रासस) ।  इलामका लेकाली क्षेत्रका किसानको प्रमुख आयस्रोतको रुपमा रहेको आलुको बीउ बिक्री नहुँदा किसान मर्कामा परेका छन् । 

माथिल्लो क्षेत्रमा उत्पादित आलुको बीउ राम्रो र धेरै फल्ने"/>

2026-10-02 11:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

आलुको बीउ बिक्री नहुँदा किसान मर्कामा

पुस २५, मङ्गलबारे (रासस) ।  इलामका लेकाली क्षेत्रका किसानको प्रमुख आयस्रोतको रुपमा रहेको आलुको बीउ बिक्री नहुँदा किसान मर्कामा परेका छन् । 

माथिल्लो क्षेत्रमा उत्पादित आलुको बीउ राम्रो र धेरै फल्ने भएकाले जिल्ला तथा जिल्ला बाहिरका किसानले खरिद नगरेपछि किसान मर्कामा परेका हुन् । आलु बीउको मूल्य अत्यन्त महँगो भएपछि यहाँका स्थानीय बजारमा पसलैपिच्छे फरक फरक मूल्य भएका कारण किसान कुन पसलबाट बीउ किन्ने भन्ने अन्योलमा छन् । 

विगतका वर्षमा लेकाली क्षेत्रका किसानले जिल्लाका तल्लो क्षेत्रका किसानलाई राम्रो मूल्यमा आलुको बीउ बिक्री गर्ने गरेको भएपनि यसवर्ष बिक्री नहुँदा किसानको गोदाममा बीउ थन्किएको छ । गत वर्ष प्रतिकिलो रु २२५ मा बिक्री भएको बीउ यस वर्ष फाट्टफट्ट रुपमा मात्र बिक्री भएको छ । गत वर्ष यहाँको बीउ भारततर्फ निकासी हुँदा किसानले उच्च मूल्य पाएका थिए । यसवर्ष भारतबाट व्यापारी नआएपछि थोरै मात्रामा बीउ बिक्री भएको र त्यो पनि गतवर्षभन्दा न्यून मूल्यमा बिक्री गर्नुपरेको किसानको भनाइ छ । गत वर्षजस्तै यो वर्षपनि उच्च मूल्य पाउने आशमा किसानले गोदाममै बीउ राखेको थियो । तर यो वर्ष अत्यन्त न्यून मूल्यमा आलुको बीउ बिक्री हुन थालेपछि किसान मर्कामा परेको माईजोगमाई गाउँपालिका–६ का कुमार राईले बताउनुभयो । उहाँले यसवर्ष पनि विगतजस्तै महँगो मूल्यमा बिक्री हुन्छ भनेर बीउ राखेको भए पनि आलु रोप्ने समय बित्नै लाग्दा पनि बीउ बिक्री हुन सकेको छैन ।

लेकमा पुस १५ देखि आलु रोप्न सुरु हुन्छ । किसानले बीउको भाउ आउने आशाले असार–साउनमा खनेको आलु बीउ बिक्री नगरी राखेका छन् । तर अहिले भाउ नआएपछि उनीहरुलाई आलुको बीउ निल्नु न ओकल्नु जस्तै भएको छ । आलुको बीउ रोप्ने पर्याप्त ठाउँ नहुँदा बीउलाई के गर्ने भन्ने चिन्ता किसानलाई छाएको छ । सो क्षेत्रका किसानले घरखर्च चलाउने र अन्य काम गर्ने गरी आलु रोप्दै आएका छन् । अधिकांश किसानले एक क्विन्टलभन्दा बढी नै बीउ राखेको बताइएको छ ।

भारतीय सीमावर्ती बजारबाट आलुको बीउको आयातमा रोक लगाएपछि यहाँको स्थानीय बजारमा यसको मूल्य न्यून भएको किसानको गुनासो छ । यहाँका स्थानीय बजारमा अहिले उन्नत आलुको बीउ प्रतिकिलो रु एकसय ९० देखि दुई सयसम्म बिक्री भइरहेका छन् । गतवर्ष यही समयमा आलुको बीउ प्रतिकिलो रु दुई सयदेखि २२५ सम्म रहेको थियो । प्रायः बीउ नै बिक्री गर्ने गरी सो क्षेत्रका किसानले १० हजार किलोग्रामदेखि १२ हजार किलोग्राम सम्म आलु उत्पादन गदैै आएका छन् । 

तरकारीका लागि भन्दा बीउको लागि बिक्री गर्न पाउँदा राम्रो मूल्य हातपर्ने भएकाले धेरै लेकाली किसानको बीउमा नै जोड दिने गरेको बताइएको छ । इलामको माईजोगमाई गाउँपालिका र सन्दकपुर गाउँपालिकाको माथिल्लो चिसो ठाउँमा आलुखेती धेरै गरिन्छ । ती भेगका किसानले आलु खेतीबाटै वर्षभरिको घर खर्च टार्दै आएका छन् । कृषि अनुसन्धान केन्द्र जौबारीमा यो वर्ष उन्नत जातका बीउ आलुको उत्पादनमा वृद्धि भएको छ । आलुको बीउ उत्पादनमा वृद्धिसँगै इलाम जिल्लामा बीउ आलुको समस्या हटेको छ ।

उत्पादित बीउ आलु नविकेपछि दुई टन आलु केन्द्रमा भण्डार गरिएको छ । केहीवर्ष अगाडि मात्र इलाम जिल्लामा आलु रोप्ने सिजनमा बीउ आलुको हाहाकार हुने गरेको थियो । तर इलामको जौबारीमा रहेको कृषि अनुसन्धान केन्द्रले बीउ आलुको समस्या हटाउन आलुको उत्पादनलाई प्राथमिकता दिएको छ । बीउ आलुमा इलाम जिल्ला आत्मनिर्भर भई माग भन्दा धेरै उत्पादन हुन थालेको छ । केन्द्रमा बीउ आलुको माग गर्ने किसानको सङ्ख्या घटेको आलु विकास केन्द्र जौबारीका प्रमुख जनार्दन गौतमले बताउनुभयो ।

केन्द्रले यो वर्ष १४ टन बीउ आलु उत्पादन गरेको थियो । यस्तै केन्द्र अन्तर्गतकै कालिकादेवी कृषि सहकारी संस्थाले ४० टन बीउ आलु उत्पादन गरेको छ । उत्पादन लिन सकिने जनकदेव, डेजिरे, खुमल सेतो र खुमल उज्वल समेत उन्नत जातका आलु रोपणलाई प्रोत्साहन गरिएका कारण यसवर्ष बढी बीउ उत्पादन भएको केन्द्रको दाबी छ । 

समुदायस्तरमा उत्पादित आलुको बीउ बाहेक केन्द्रले बीउ आलु बिक्री गरेर यो वर्ष ११ लाख ५० हजार राजस्व सङ्कलन गर्न सफल भएको जनाइएको छ । स्थानीय जातका आलु उत्पादन कम हुने भएकाले उन्नत जातका आलु रोपेर बढीभन्दा बढी उत्पादन लिन केन्द्रले सुझाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने