४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

मूल्यवृद्धिले अलैँचीखेती गर्ने किसानलाई राहत

३ माघ २०७८, सोमबार ११:०६

माघ ३, भोजपुर |  यसवर्ष अलैँचीको मूल्यमा वृद्धि भएपछि यहाँका किसान उत्साहित भएका छन् ।

गतवर्ष प्रतिमन रु २६ हजारमा बिक्री भएको अलैँची यसवर्ष प्रतिमन ४० हजार २०० सम्ममा  घरबाट नै बिक्री भएको टेम्केमैयुङ गाउँपालिका– ५ का किसान शिवकुमार विष्टले जानकारी दिनुभयो ।

अलैँचीको मूल्य वृद्धि भए पनि उत्पादनमा भने यसवर्ष गिरावट आएको विष्टले बताउनुभयो । विष्टले भन्नुभयो,‘‘यसवर्ष अलैँचीको मूल्य राम्रो छ । गाउँघरबाट प्रतिमन रु ४० हजार २०० का दरले बिक्री गरियो । तर यसवर्ष उत्पादन भने त्यती राम्रो भएन ।’’

वर्सेनी भएको मूल्य गिरावट, गतवर्ष भएको सुख्खा खडेरी तथा अन्य कारण खेती विस्तारमा किसानले ध्यान नदिँदा उत्पादनमा कमी भएको उहाँको भनाइ छ । ‘‘ गतवर्ष जस्तो उत्पादन भएन । वर्सेनी मूल्य कमी हँुदै जाँदा विस्तारमा पनि धेरै साथीले कमी गरेका छन् । गत वर्षको सुख्खा खडेरीले पनि क्षति पु¥यायो”, विष्टले भन्नुभयो । आम्दानीको मुख्य आधार बनाउँदै आएका अलैँची किसानले विगत वर्षको तुलनामा झण्डै दोब्बर बराबरको मूल्य पाएको बताएका छन् ।

ठेकेदारले घरबाट नै प्रति केजी एक हजारमा अलैँची लैजाने गरेको किसान जयकुमार राईले  बताउनुभयो । उहाँले भन्नुभयो,‘अलैँचीबाट सात÷आठवर्ष अघिसम्म राम्रो आम्दानी पाएपछि हौसिएर धानखेतमा अलैँची लगाएको थिए । गत वर्षसम्म मूल्य घटिरहँदा निकै निराश बनेका थिए । यस वर्षको मूल्यबाट भने केही राहत मिलेको छ ।’’

राईले तीन वटा बगान गरी करिब १५० रोपनी क्षेत्रफल जतिमा अलैँची लगाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘ विगतका वर्षदेखि नै  विभिन्न सरकारी कार्यालयबाट हामीले सहयोग पाउदै आएका छौँ । जसबाट केही न केही रुपमा खेती विस्तार गर्नै परयो । तर मूल्यमा गिरावट आउदा समस्या थपिँदै गएको थियो । यस वर्ष भने केही सहज भएको छ ।’’

किसानको हकहितको लागि काम गरिरहेको जिल्ला अलैँची व्यवसायी सङ्घ भोजपुरका अध्यक्ष नवीन प्रधानले बताउनुभयो । उहाँले खेतीको विस्तार तथा किसानलाई विभिन्न समयमा आउने समस्याको विषयमा सरोकारवाला पक्षलाई ध्यानाकर्षण गराउँदै आएको बताउनुभयो । 

अध्यक्ष प्रधानले यसवर्ष मूल्य बढेपनि अलैँचीको उत्पादनमा भने कमि आएको बताउनुभयो । आफूले पनि ४० रोपनी क्षेत्रमा अलैँचीको खेती गरेको भए पनि सोचेजस्तो उत्पादन नभएको बताउनुभयो । ‘‘यसवर्ष अलैँचीको मूल्य राम्रो नै छ । केही भए पनि किसानलाई राहत मिलेको छ । तर उत्पादन भने यसवर्ष खास राम्रो भएन ।’’ अध्यक्ष प्रधानले भन्नुभयो ।

कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार  यसवर्ष भोजपुरमा २३२ मेट्रिक टन अलैंची उत्पादन भएको छ । जिल्लामा अहिले ७१९ हेक्टर क्षेत्र अलैंची खेती योग्य जमिन रहेको भए पनि ५९७ हेक्टरमा अलैँची उत्पादन भइरहेको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ ।

कार्यालयका अनुसार यस वर्ष किसानले प्रतिमन ४० हजारदेखि ४८ हजारसम्मा अलैंची बिक्री गरेका छन् । जिल्लामा अलैँचीको विस्तारको लागि छ पकेट, दुई ब्लक र छ स्थानीय तहको ३० वटा वडामा अलैँची जोन कार्यक्रम सञ्चालन भइरहेको छ । 

जिल्लामा रामशाही, गोल शाही, डम्बर शाही , जिर्मले जातको अलँैचीखेती हुने गरेको छ । भोजपुरको दोभाने, कुदाकाउले, साम्पाङ, अन्नपूर्ण, चम्पे, खावा, छिनामखु ,किमालुङ वासिङथर्पु, तिम्मा  हेलौछा ,गुप्तेश्वरलगायत १७ बढी ठाउँमा मुख्य  रुपमा अलैँची उत्पादन हुनेगर्दछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता