2026-10-02 09:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

किसानलाई आधुनिक कृषि उपकरण वितरण

माघ १८, काठमाडौँ | प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत उदयपुरका किसानलाई सोमबार उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बोक्सेमा रु ६० लाख बराबरको विभिन्न आधुनिक कृिष उपकरण तथा समग्री वितरण  गरिएको छ ।

प्रधानमन्त्री कृषि परियोजना एकाईले जिल्लाका विभिन्न किसानलाई आधुनिक कृषि विकासको लागि आधुनिक उपरकण तथा सामग्री ५० प्रतिशत अनुदानमा वितरण गरिएको एकाइका सूचना अधिकारी उत्तम पोखरेलले बताउनुभयो । जिल्लाका ५५ समूहका किसानलाई कृषिको नयाँ प्रविधि र उपकरण तथा सामग्री वितरण गरिएका छन् ।

वितरण गरिएका उपरकण तथा कृषि सामग्रीमा ट्र्याक्टर १, पावर ट्रिलर १, मिनी ट्रिलर २५, कम्बाइमिल २९, बीडर १, भर्याङ , फुटस्प्रेट ६, तौल मेसिन २६, थ्रेसर दुई थानलगायतका उपकरण तथा सामग्री छन् ।

यस्तै जिल्लाको चौदण्डीगढी नगरपालिकाको विभिन्न सहकारीलाई पनि आर्थिक सहयोग उपलब्ध गराएको सूचना अधिकारी पोखरेलले बताउनुभयो । चौदण्डीगढी नगरपालिकाको जीवन बहुउद्देश्य कृषि फार्म र दूधकोशी बहुउद्देश्य कृषि फार्मलाई रु २२ लाख बराबरको आर्थिक सहयोग उपलब्ध गराएको पनि सूचना अधिकारी पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने