२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसदीय समिति : किसानलाई मल र सिँचाइ खोइ ?

१९ माघ २०७८, बुधबार ०५:३३

माघ १९, काठमाडौँ | नेपाललाई कृषि प्रधान देश भनिए पनि असली किसानको अझै कृषि अनुदान र मलखादमा पहुँच स्थापित हुन नसकेको गुनासो गरिएको छ ।

प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्य देवप्रसाद तिमिल्सिनाले राज्य गम्भीर नभएकै कारण किसानले अनुदान, मल र सिँचाइको सुविधा पाउन नसकेको बताउनुभयो । समितिको बैठकमा उहाँले भन्नुभयो, “बर्सेनी बाली लगाउने मौसममा रासायनिक मल पाइन्न, सरकारले अनुदानको मल किसानलाई उपलब्ध गराउनुप¥यो, अनुदान गोवर सोहर्ने र हलो जोत्नेले होइन, कागज मिलाउनेले मात्र पाइरहेका छन्, यो के हो ।”

बैठकमा सदस्यहरूले समितिले दिएको सुझाव र निर्णय कार्यान्वयनमा ल्याए मात्रै पनि राहत पाउने थिए भन्दै समितिका निर्णय सरकारले ‘हिँड्दैछ, पाइला मेट्दैछ’ जस्तो गरेको भनी आक्रोश व्यक्त गर्नुभयो । समितिका सदस्य भूपेन्द्रबहादुर थापाले मध्यवर्ती क्षेत्रलाई व्यवस्थित तुल्याउन नसक्दा किसान जङ्गली जनावरबाट सधैँ भयभित हुनुपरेकाले सरकारले यस विषयलाई प्राथमिकतामा राखेर काम गरोस् भन्नुभयो । उहाँले भन्नुभयो, “उखु किसानले चिनी मिलबाट अघिल्ला वर्षमा बेचेको उखुको वक्यौता पैसा अझै पाएका छैनन्, पशुपक्षीलाई दाना र खेतीपातीका लागि रासायनिक मल पाइँदैन, यो विषयलाई राज्यले गम्भीर भएर हेर्नु पर्दैन ?”

सांसद राजबहादुर क्षेत्रीले किसानको हितका लागि समितिबाट भएका निर्देशनलाई सरकारले बेवास्ता गरेको भनी गम्भीर समीक्षाको माग गर्दै मध्यवर्ती क्षेत्रको बस्ती पनि नसार्ने, सुरक्षा पनि दिन नसकेपछि कसरी जनता जोगिन्छन् र निकास हुन्छ भनी प्रश्न गर्नुभयो ।

समितिका सदस्य घनश्याम खतिवडाले रासायनिक मल, कृषि अनुदानको अवस्था र कार्यान्वयनको स्थिति ‘खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ’ भनेजस्तो रहेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रपति चुरे र वातावरण संरक्षणको विषय प्राकृतिक दोहनको असली नमूनाका रूपमा रहेको छ, पछिल्ला दिनमा संरक्षणभन्दा विनास गर्ने पक्ष नै बलियो हुँदै भएको आभाष भएको छ ।”

सांसद शक्तिबहादुर बस्नेतले बजेट कार्यान्वयनको अवस्थाबारे सरकारसँग जानकारी लिन सुझाव दिँदै वातावरण प्रभाव मूल्याङ्कन गर्ने कन्सल्टयान्सीले समयमा प्रतिवेदन नदिएकै कारण आयोजना सुरु गर्न बाधा पुगेको उल्लेख गर्दै त्यसमा सुधारको खाँचो औँल्याउनुभयो । समितिका सदस्य सत्यनारायण खनालले रासायनिक मलको उपलब्धता, गुणस्तर र सहजता गराउने दिशामा सरकारको विशेष कार्यायोजना र ध्यान जान जरुरी भएको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की