2026-10-02 09:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

झापामा बंगुर पालक किसान बढ्दै

चैत्र २०, झापा | विगतमा बंगुर पालक किसान कमै भेटिन्थे । तर, पछिल्लो समय बंगुर पालक किसानको संख्या बढ्दै छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत केरखा आसपासमा त बंगुर पालन मात्र हैन यसलाई बजारीकरण गर्न होटलसमे खुलेका छन् ।  संघीयतापछि प्रदेश र स्थानीय सरकारले अनुदानको कार्यक्रम दिन थालेपछि पनि बंगुर पालक किसान बढेका छन् । यस्तै, कोरोना महामारीले विभिन्न ठाउँमा रोजगारी गर्दै गरेका युवा गाउँ फर्किएर पनि बंगुर पालनमा लागेका छन् ।

प्रदेश सरकारले नश्ल सुधारदेखि बंगुरको खोर निर्माणसमेत अनुदान उपलव्ध गराएपछि झापामा बंगुर पालन गर्ने किसानहरूको संख्या बढ्दै गएको हो । झापामा केही वर्ष अघिसम्म बंगुर पालन गर्ने किसानहरू सीमित संख्यामा मात्र थिए । तर, तीन वर्षयता जिल्लामा बंगुर पालक किसानको संख्या बढेर पाँच सयभन्दा धेरै पुगेका छन् । प्रदेश सरकारले खोर निर्माणदेखि नश्ल सुधारमा समेत सहयोग गर्न थालेपछि बंगुर पालक किसानको संख्या बढ्न थालेको बंगुर व्यवसायी संघ प्रदेश- १ का अध्यक्ष संजिव कुलुङ्ग राईले बताए । “सरकारले पनि सहयोग गर्दै आएको छ । त्यसकारण बंगुर पालक किसानको संख्या बढ्यो,”उनी भन्छन्, “तर, अहिले दानाको मूल्य अकासिएको छ । बजारमा माग पनि घटेको छ ।’

बंगुर पालनमा आकार्षण बढेपछि पछिल्लो आर्थिक मन्दी र दानाको मूल्य वृद्धिले साना बंगुर पालक किसानमा भने समस्या आउन थालेको छ । बंगुर उत्पादनमा वृद्धि भए पनि उचित बजार नहुँदा समस्या हुन थालेको किसानले बताएका छन् । 

झापामा यसपटक पनि प्रदेश सरकारले बंगुर पालनक किसानका लागि भनेर विभिन्न कार्यक्रमहरू आएको छ । सरकारको सहयोग पाउन थालेपछि बंगुर पालनमा किसानको आकार्षण बढ्दै गएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाका प्रमुख डा. विनय श्रेष्ठले बताए । ‘यसवर्ष पनि बंगुर पालक किसानका लागि अनुदानको कार्यक्रहरू छ । यस्ता कार्यक्रमले किसानलाई प्रोत्साहन मिलेको छ । जसका कारण बंगुर पालक किसानको संख्या दिनानुदिन बढ्छैन,”उनले भने । 

प्रदेश-१ को कृषि मन्त्रालयका अनुसार प्रदेश-१ बंगुरको मासु उत्पादनका लागि आत्मनिर्भर प्रदेश हो । नेपालभर पालिने र मासुका लागि प्रयोग हुने बंगुरमध्ये ६० प्रतिशत बंगुर प्रदेश-१ मै पालिने गरेको मन्त्रालयका सूचना अधिकारी कुमारसिंह खत्रीले जानकारी दिए । उनका अनुसार प्रदेश-१ मा सबैभन्दा धेरै झापामा बंगुर पालिने गरिएको छ । “मासुका लागि बंगुर पालिन्छ । नेपालमा पालिने बंगुरको ६० प्रतिशत हिस्सा चाहिँ प्रदेश-१ ले धानेको छ । बंगुर पालनमा यो प्रदेशको राम्रो छ,”उनले भने, “यहाँबाट काठमाडौं र पश्चिमका जिल्लामा पनि निर्यात हुन्छ । भारतको विभिन्न ठाउँसँगै भुटानसम्म पनि पुग्छ ।’ 

प्रदेश-१ मा बंगुर पालनको सम्भावना देखेर प्रदेश-१ सरकारले बंगुर प्रवर्द्धन कार्यक्रमसमेत दिएको थियो । त्यो कार्यक्रममार्फत ११८ जना किसानलाई अनुदान दिइएको खत्रीले बताए । अनुदानबाट खोर निर्माण लगायतका काम भएको उनले बताए । तर, पछिल्लो समय बजार पाउन मुस्किल भएको उनको भनाइ छ । “बंगुरको पाठा विक्री गर्न बजार अभाव भएको किसानबाट गुनासो आएको छ । उत्पादन धेरै भएपछि बजार पाउनै मुस्किल भयो,””उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने