नन्दराम जैशी | भदौ १८, जुम्ला | नेपालको पहिलो अर्गानिक जिल्ला "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैशी | भदौ १८, जुम्ला | नेपालको पहिलो अर्गानिक जिल्ला "/>

२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

अर्गानिक जिल्लामा रसायानिक बिषादि प्रयोगले धान कुहिने समस्या

२०७३, १८ भाद्र शनिबार ०४:०५


नन्दराम जैशी | भदौ १८, जुम्ला | नेपालको पहिलो अर्गानिक जिल्ला जुम्ला सिंजा क्षेत्रका किसानहरुले धानबालिमा रसायानिक बिषादि ब्युटाक्लोर प्रयोग गर्दा फल्ने बेलमा धान कुहिने रोगको समस्या देखिएको छ । 

सिंजा क्षेत्रको शनिगाँउ गाविस १ धितालिहिका किसानले धान बालिमा ब्युटाक्लोर प्रयोग गर्दा धान कुहिने रोगको समस्या देखिएको हो । जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार शुक्रबार शनिगाँउ गाविसको धिताललिहि, गोरा र मोफ्लामा अवस्थीत ३० रोपनि धान बालिमा स्प्रे गर्दा ब्युटाक्लोर प्रयोगले धानको गाँठ कुहिने समस्या देखिएको छ । त्यँहाका किसानले कृषि विकास कार्यालयमा धानमा ब्लाष्ट रोग लागेको खबर गरेपछि कार्यालयका प्राविधिक सहायक मोहनसिंह महतको नेतृत्वमा गएको टोलिले स्प्रे गर्दा यस्तो समस्या भेटिएको हो ।

प्राविधिक सहायक मोहनसिंह महतले भन्नुभयो, कार्यालयले बाराम्बार ब्युटाक्लोर प्रयोग नगर्न किासनलाइ आग्रह गरेपनि किसानले सुचनाको अटेर गरी आफ्नो मनोमानि धानमा ब्युटाक्लोर प्रयोग गर्दा धानको गाँट कुहिने समस्या देखिएको हो । हामीले खेतमा प्रत्यक्ष स्प्रे गर्दा खेतमा जुन रोपनि अनुसार हाल्नु पर्ने ब्युटाक्लोर भन्दा किसानले धान फल्ने र झारपात नष्ट हुने हल्लाको पछि लागेर धेरै मात्रामा ब्युटाक्लोर प्रयोग गरेकाले धान पसाउन नपाउदै कुहिने समस्या देखिएको छ, महतले बताउनुभयो ।

यता किसानहरुले बर्षभरी मेहनत गरेर गरीएको धानखेति बालुवामै पानि खन्याएझै भयो भनेर दुख ब्यक्त गरेका छन् । खेतमा लगाएको धान नफल्ने स्थीतिमा पुगेपछि किसानहरुले चिन्ता ब्यक्त गरेका हुन् । जिल्ला कृषि विकास कार्यालयले किसानलाइ कुहिएको धान जरैदेखि उखेलेर खाडलमा गाड्न आग्रह गरेको छ । यदि जरैदेखि नउखेलिएमा पुन अरु धानमा पनि रोगको संक्रमण हुनेसक्ने बताइएको छ । यस्तै धापा गाविसको ओसिबाडामा पनि यस्तै समस्या देखिएको स्थानियले बताएका छन् ।   

जुम्ला १४ औ जिल्ला परीषदबाट नेपालकै पहिलो अर्गानिक जिल्ला घोषणा भैसकेको छ । अर्गानिक जिल्लामा यसरी जथाबाभि रसायानिक बिषाधि प्रयोगले धान बालिमा देखिएको समस्याले सबै सरोकारवाला निकाय पनि चिन्तीत भएका छन् । विभिन्न निकायद्धारा रसायानिक बिषादि प्रयोग नगर्न बाराम्बार सुचना तथा जनचेतना मुलक कार्यक्रम गरीएपनि किसानले लुकिछिपि बिषादि प्रयोग गर्दा किसान आफै धरापमा परेका हुन् । भने यस्तो गलत कार्यले जिल्लाको पहिचानमा पनि आँच आएको छ । नेपालकै पहिलो अर्गानिक जिल्ला जुम्लाको पहिचना जोगाउन बिषादि प्रयोगले होईन जटिबुटिजन्य प्रांगारीक मलले बालि उत्पादन गर्नु पर्दछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार