२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

देउडा गाउँदै डडेल्धुरामा मनाइयाे धान दिवस (फोटोफिचर)

१५ असार २०७९, बुधबार ०८:०७

असार १५, डडेल्धुरा | १५ असार डडेल्धुरामा देउडा लयमा गीत गाउँदै र रोप्दै १९औँ धान दिवस मनाइएको छ। सदरमुकाम अमरगढी नगरपालिका–३ डोटी घटाल (साउँद गाउँ)मा किसानको खेतमै गएर कृषि ज्ञान केन्द्र र अमरगढी नगरपालिकाले धान दिवस मनाइएको हो। धान रोप्ने बेला खेतका आलीमा देउडा लयमा गीत गाउँदै रमाउँदै धान दिवस मनाइएको अमरगढी नगरपालिका–३ का वडाअध्यक्ष तिर्थ ऐरले बताए। ‘मानो रोपेर मुरी फलाउने’ दिनका रूपमा आज धान दिवस मनाइने गरिन्छ। दही चिउरा खाँदै देउडा लयमा गीत गाँउदै धान दिवस मनाइएको हो। वर्षामा हिलाम्य भएको शरीरमा उर्जा दिने भएकाले दही च्युरा खाने चलन छ। ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ राष्ट्रिय धान दिवस मनाइएको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख रामचन्द्र भट्टले जानकारी दिए। भट्टका अनुसार डडेल्धुरामा ६ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ। १५ असारसम्म जिल्लामा ६५ प्रतिशत रोपाईं सम्पन्न भइसकेको उनको भनाइ छ। ‘मौसम अनुकल हुँदैछ, असारको अन्तिम वा साउनको पहिलो सातासम्म सबै ठाउँमा रोपाई सकिन्छ। चिसो ठाउँ भएका कारण किसानले चाँडो बिउ राख्ने गरेका छन् । जेठभित्र रोपाईं सक्ने परम्परागत चलन छ,’ उनले भने, ‘जलवायु परिवर्तनका कारण समयमा पानी पर्दैन । त्यसैले किसानले बिउ राख्न हतार गर्नु हुँदैन्।’ जेठमै रोपाईं गरिसक्ने भए पनि यसपालि पानी नपर्दा रोपाईं ढिलो सुरु भएको कृषक जगदिश बोहराले बताए। खोलानालामा पानी नहुँदा बोरिङको पानीले रोपाईं गरिरहेको उनको भनाइ छ। धान दिवसमा स्थानीय जनप्रतिनिधि, जिल्ला समन्वय समिति प्रमुख, कृषि ज्ञान केन्द्रका कर्मचारी, अमरगढी कृषि शाखाका प्रतिनिधि र स्थानीय कृषकको सहभागिता रहेको थियो । ०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता