भदौ २८, चितवन । रत्ननगरमा ‘कृषि प्रयोगशाला’ स्थापना भएको छ । 

सरकारी, निजी तथा साझेदारी (पिपिपी) मोडलमा प्रयोगशाला स्थापना गरिएको हो । प्रारम्भिक चरणमा माछोको परीक्षण हुनेगरी रत्ननगर नगरपालिका–८ भानुचोकमा प्रयोगशाला स्थापना गरिएको ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २८, चितवन । रत्ननगरमा ‘कृषि प्रयोगशाला’ स्थापना भएको छ । 

सरकारी, निजी तथा साझेदारी (पिपिपी) मोडलमा प्रयोगशाला स्थापना गरिएको हो । प्रारम्भिक चरणमा माछोको परीक्षण हुनेगरी रत्ननगर नगरपालिका–८ भानुचोकमा प्रयोगशाला स्थापना गरिएको ज"/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रत्ननगरमा ‘कृषि प्रयोगशाला’ स्थापना

२०७३, २८ भाद्र मंगलवार ०९:१३

भदौ २८, चितवन । रत्ननगरमा ‘कृषि प्रयोगशाला’ स्थापना भएको छ । 

सरकारी, निजी तथा साझेदारी (पिपिपी) मोडलमा प्रयोगशाला स्थापना गरिएको हो । प्रारम्भिक चरणमा माछोको परीक्षण हुनेगरी रत्ननगर नगरपालिका–८ भानुचोकमा प्रयोगशाला स्थापना गरिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख सोमनाथ घिमिरेले जानकारी दिनुभयो । 

सो प्रयोगशालामा कृषिसँग सम्बन्धित हरेक कुराको परीक्षण गरिने छ । अहिलेसम्म जिल्लाका किसानले सामान्य माटो परीक्षण गर्नुपरेमा हेटौँडा वा काठमाडाँै जानुपर्ने बाध्यता छ । प्रयोगशाला स्थापनासँगै अब परीक्षणका लागि अन्यत्र जानुपर्ने बाद्यता हटेको छ । 

रत्ननगर उद्योग वाणिज्य सङ्घ, रत्ननगर नगरपालिका र जिल्ला कृषि विकास कार्यालयको सहकार्यमा प्रयोगशाला स्थापनाका गरिएको हो । रु १० लाखको लागतमा स्थापना गरिएको प्रयोगशालामा माटोको परीक्षण सुरु भएको प्रयोगशालाका प्रमुख जीवन पौडेलले बताउनुभयो । 

माटोको नाइट्रोजन, फस्फोरस, पोटास, पिएच तथा माटोको प्राङ्गारिक पदार्थको परीक्षण सुरु गरिएको छ । बीउ, विषादी, तरकारी तथा अन्य खाद्यपदार्थको समेत परीक्षण गर्ने दीर्घकालीन लक्ष्य रहेको छ । रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष ज्ञानबहादुर विसुरालले प्रयोगशाला स्थापनापछि किसानका समस्या समाधान हुने बताउनुभयो । 

जिल्लामा २९ हजार हेक्टरमा धानखेती हुन्छ भने छ हजार २०० हेक्टरमा तरकारी फल्छ । करिब चार हजार ३०० हेक्टर जग्गा खेतीयोग्य भए पनि माटोको अम्लियपना बढ्दै गएको कृषि कार्यालय प्रमुख सोमनाथ घिमिरेले बताउनुभयो । अत्याधिक विषादी र रासायनिक पदार्थका कारण माटो बिग्रिएको हो । विज्ञहरुले प्राङ्गारिक मल प्रयोग गर्न किसानलाई आग्रह गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित