भदौ २८, चितवन । रत्ननगरमा ‘कृषि प्रयोगशाला’ स्थापना भएको छ । 

सरकारी, निजी तथा साझेदारी (पिपिपी) मोडलमा प्रयोगशाला स्थापना गरिएको हो । प्रारम्भिक चरणमा माछोको परीक्षण हुनेगरी रत्ननगर नगरपालिका–८ भानुचोकमा प्रयोगशाला स्थापना गरिएको ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २८, चितवन । रत्ननगरमा ‘कृषि प्रयोगशाला’ स्थापना भएको छ । 

सरकारी, निजी तथा साझेदारी (पिपिपी) मोडलमा प्रयोगशाला स्थापना गरिएको हो । प्रारम्भिक चरणमा माछोको परीक्षण हुनेगरी रत्ननगर नगरपालिका–८ भानुचोकमा प्रयोगशाला स्थापना गरिएको ज"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रत्ननगरमा ‘कृषि प्रयोगशाला’ स्थापना

२८ भाद्र २०७३, मंगलवार ०९:१३

भदौ २८, चितवन । रत्ननगरमा ‘कृषि प्रयोगशाला’ स्थापना भएको छ । 

सरकारी, निजी तथा साझेदारी (पिपिपी) मोडलमा प्रयोगशाला स्थापना गरिएको हो । प्रारम्भिक चरणमा माछोको परीक्षण हुनेगरी रत्ननगर नगरपालिका–८ भानुचोकमा प्रयोगशाला स्थापना गरिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख सोमनाथ घिमिरेले जानकारी दिनुभयो । 

सो प्रयोगशालामा कृषिसँग सम्बन्धित हरेक कुराको परीक्षण गरिने छ । अहिलेसम्म जिल्लाका किसानले सामान्य माटो परीक्षण गर्नुपरेमा हेटौँडा वा काठमाडाँै जानुपर्ने बाध्यता छ । प्रयोगशाला स्थापनासँगै अब परीक्षणका लागि अन्यत्र जानुपर्ने बाद्यता हटेको छ । 

रत्ननगर उद्योग वाणिज्य सङ्घ, रत्ननगर नगरपालिका र जिल्ला कृषि विकास कार्यालयको सहकार्यमा प्रयोगशाला स्थापनाका गरिएको हो । रु १० लाखको लागतमा स्थापना गरिएको प्रयोगशालामा माटोको परीक्षण सुरु भएको प्रयोगशालाका प्रमुख जीवन पौडेलले बताउनुभयो । 

माटोको नाइट्रोजन, फस्फोरस, पोटास, पिएच तथा माटोको प्राङ्गारिक पदार्थको परीक्षण सुरु गरिएको छ । बीउ, विषादी, तरकारी तथा अन्य खाद्यपदार्थको समेत परीक्षण गर्ने दीर्घकालीन लक्ष्य रहेको छ । रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष ज्ञानबहादुर विसुरालले प्रयोगशाला स्थापनापछि किसानका समस्या समाधान हुने बताउनुभयो । 

जिल्लामा २९ हजार हेक्टरमा धानखेती हुन्छ भने छ हजार २०० हेक्टरमा तरकारी फल्छ । करिब चार हजार ३०० हेक्टर जग्गा खेतीयोग्य भए पनि माटोको अम्लियपना बढ्दै गएको कृषि कार्यालय प्रमुख सोमनाथ घिमिरेले बताउनुभयो । अत्याधिक विषादी र रासायनिक पदार्थका कारण माटो बिग्रिएको हो । विज्ञहरुले प्राङ्गारिक मल प्रयोग गर्न किसानलाई आग्रह गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव