२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

विदेशबाट फर्केर खुर्सानी खेती मालामाल कमाई

३१ भाद्र २०७३, शुक्रबार ०९:२८

भदौ ३१, संखुवासभा ।  दुई पटक मलेसिया गएर फर्किएका संखुवासभा धुपुका नरबहादुर राई अहिले व्यावसायिक कृषिमा लागेका छन् । विदेशबाट फर्किएर खुर्सानी खेतीमा लागेका उनले ४ महिनामा नै ७० हजार भन्दा बढी आम्दानी गरेका छन् ।

खेतबारी बाँझै राखेर विदेश गएका उनले मलेसियामा भन्दा यहीं धेरै कमाई गर्न सकिने बताउदै आएका छन् । ‘विदेशमा काम गर्दा ३ महिनामा ७० हजार कमाइएन’ उनले भने, ‘तर यहाँ एउटै बालीबाट कमाई भयो ।’ तीन रोपनी जग्गामा उनले पहिलो पटक खुर्सानी लगाएका हुन् । एक सय झ्याङ विरुवा रोपेका उनले तीन सय किलो भन्दा धेरै खुर्सानी विक्री गरेको उनी बताउछन् ।

‘पहिले मकै, कोदो मात्र रोपिन्थ्यो, त्यसबाट खासै आम्दानी नहुने’ उनले सुनाए, ‘विदेश नगई भएन, त्यतिबेलै यसरी खेती गरेको भए यहीँ मालामाल कमाई हुन्थे’छ ।’ पहिलो पटक नै खेती लगाउँदा राम्रो आम्दानी भएपछि उनी बढाएर खुर्सानी लगाउने तयारी गर्दैछन् । ‘यसपालि एक सय जति लगाएको थिएँ, अब पाँच सय विरुवा लगाउन बेर्ना तयार पारेको छु ।’

उनले खुशी हुँदै भने, ‘अरु तरकारी खेतीबाट पनि राम्रै आम्दानी भयो ।’ गाउँमा नै राम्रो कमाई गर्न थालेपछि उनको सिको गर्न अरु पनि तम्सिएका छन् । ‘यहीँ गर्दा पनि हुँदोरहेछ भन्दै गाउँले आउँछन् ।’ उनले भने, ‘खुर्सानीको विरुवा अर्डर गर्नेलाई नपुग्ने भो ।’

तीन चार हजार विरुवा उत्पादन गरेको उनको पाँच हजारभन्दा बढी विरुवाको अर्डर भइसकेको बताए । लेकाली क्षेत्रमा पनि यसको उत्पादन हुन थालेपछि खेती गर्नेको संख्या बढ्दै गएको उनले बताए । यहाँ उत्पादन भएको खुर्सानी जिल्ला सदरमुकाम खाँदबारी बाहेक तराईका बजारहरूमा दुई सयरूपैयाँ प्रतिकिलोसम्मका दरले विक्री हुने गरेको स्थानीय ब्यापारीहरू बताउछन् ।

खुर्सानी खेतीलाई अन्य तरकारी बालीहरू जस्तो स्याहार र मेहन पनि कम लाग्ने भएकाले खोर्सानी खेती गर्न यहा“का किसानहरू आकर्षित भएका छन् । मेहनतको फल मिठो हुन्छ भने उखानलाई पुष्टि गर्दै यहाँका किसानहरू खोर्सानी खेती गरेर बार्षिक लाखौको आम्दानी गर्दै आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर