भ्रष्टाचारविरुद्ध नेपालगञ्ज वाकाथन सुरु

Posted on: 09 Dec, 2023

मङ्सिर २३, बाँके | भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा बाँकेको नेपालगञ्जमा ‘नेपालगञ्ज वाकाथन’ आयोजना भएको छ । बास नेपालले आयोजना गरेको ‘वाकाथन’ आज बिहान स्थानीय गणेशमान चोकबाट सुरु भएको हो ।

उक्त वाकाथनमा नेपाल प्रहरीको ब्याण्डबाजा, विभिन्न सांस्कृतिक प्रस्तुति, झाँकी प्रदर्शन गरिएको छ । तेस्रो पटक आयोजना भएको वाकाथनले नेपालगञ्जको परिचय बढाउने आयोजकको विश्वास छ ।

सन् २००३ को डिसेम्बर ९ मा संयुक्त राष्ट्रसङ्घीय महासभाले भ्रष्टाचारविरुद्धको महासन्धि पारित गरेपछि हरेक वर्ष उक्त दिवस मनाउने प्रचलन छ ।

वाकाथनको व्यवस्थापन विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको सहकार्यमा भइरहेको  छ । वाकाथन नेपालगञ्जको गण बीपीचोक हुँदै धम्बोझी चोकमा पुगेर समापन भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!