बाँकेमा बस दुर्घटना: दुईको मृत्यु,२७ जना घाइते

Posted on: 29 Aug, 2024

भदौ १३, नेपालगन्ज | बाँकेमा बस दुर्घटना हुँदा दुईजना यात्रुको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी नारायण डाँगीले दुर्घटनामा दुईजना यात्रुको मृत्यु भएको छ भने २७ जना घाइते भएको जानकारी दिए। 


घाइतेहरूको उद्धार गरी नेपालगञ्जको भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दाङबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख २१२८ नम्बरको बस कोहलपुर-नेपालगञ्ज सडकखण्डको जानकी गाउँपालिका-६ कोठारपुरमा बिहीबार बिहान दुर्घटना भएको हो।

प्रहरीका अनुसार बसका चालकलाई नियन्त्रणमा लिएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!