४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

पुस्तक प्रदर्शनीमा नेपाल भाषाको कविता सङ्ग्रह ह्युपाया निंतिं विमोचित

२२ चैत्र २०७८, मंगलवार १३:११

चैत्र २२, भक्तपुर | आरम्भ नेपालको आयोजनामा पुस्तक अध्ययन संस्कृतिलाई बढवा दिन भइरहेको तीनदिने पुस्तक प्रदर्शनीको दोस्रो दिनको पहिलो सेसनमा पुण्यराम कवांको नेपाल भाषाको कविता सङ्ग्रह ह्युपाया निंतिं (परिवर्तनका निम्ति) नामक पुस्तक विमोचन गरिएको छ । 

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्वले पुस्तक विमोचन गरेका हुन् ।

कार्यक्रममा ज्याख्वले सामाजिक घटनाक्रम तथा शोषितपिडित वर्गको भावनालाई मिठासपूर्ण भाषाशैलीको प्रयोग गरी जनताको चेतनास्तर बढाउने साहित्यकार पुण्यराम कवांलाई शुभकामना दिए । 

त्यस्तै देशका ३७ प्रतिशत युवालाई उत्पादनमूलक कार्यमा लगाउन सरकारले प्रयास गर्नुभन्दा विदेश पलायन गराउने नीति अवलम्बन गरेको उनको आरोप छ ।

कार्यक्रमका अतिथि नेपाल भाषा साहित्य तःमुञ्ज्याका अध्यक्ष आशकुमार चिकंबञ्जारले विमोचित कविता सङ्ग्रहमा कवि हराउन खोजेको तथा सरलता र गम्भीरता दिई प्रगतिशील जनताको साहित्यतिर ढल्केको बताए ।

पुस्तकका रचयिता साहित्यकार पुण्यराम कवांले कविता सङ्ग्रहमा कोरिया युद्धकालमा अमेरिकी साम्राज्यवादले निम्तिएको संवेदनशीलता प्रस्तुत गरी त्यसमा भएका गीतमा स्वर संगीत दिने तथा प्रकाशन गर्न सहयोग र हौसला दिने साहित्यकारहरू प्रति धन्यवाद दिए । उनले २०५२ देखि २०५८ सम्मको कविताहरू सङ्ग्रह रहेको बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता