भक्तपुर कमलविनायकका स्थानीयले गरे सरसफाई

Posted on: 10 Feb, 2024

माघ २७, भक्तपुर | लान्चा दथु पःली टोल सुधार समितिको आयोजनामा भक्तपुर नगरपालिका वडा नं १० दथु पःली व्यारेकदेखि लान्चा फल्चासम्म शनिबार सरसफाई गरिएकाे छ ।

भक्तपुर नगरपालिकाको सहयोगमा भएको सरसफाई कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं १० कां वडासदस्य कृष्णनारायण दुमरुले बिलय भइसकेको भत्केको पाटीलाई पुरानै स्थानीय नाम लान्चाफल्चा नामाकरण गरी पाटी र फुलबारी समेत बनाएको बताए । जनताको सहयोगमा नगरपालिकाले निर्माण गरेर यस क्षेत्रको वातावरण सुधार गरेको उनको भनाई थियो । उनले फोहरलाई कुहिने र नकुहिने छुट्याई नगरपालिकाको गाडी वा गाडामा राखीदिनु हुन अनुरोध गर्दै विगतमा फोहर छुट्याउन बाल्टिन वितरण समेत गरेको हुँदा स्वयम्स्फूर्त परिवर्तन नआएसम्म फोहर नछुटिने भएकोले आफैबाट फोहर छुट्याउने सुरुवाट गर्नुपर्ने बताए ।

वडा निरिक्षक रामकृष्ण प्रजापतिले सरसफाई सभ्याताको परिचय भएको हुँदा जहाँ सफा हुन्छ त्यहाँका मानिसहरु सभ्य भएको पहिचान हुने भएकोले नगरपालिकाले सरसफाईमा जोड दिई आएको बताए । उनले फोहर कुहिने र नकुहिने छुट्याई कुहिने फोहरको कम्पोष्ट मल बनाई कृषिजन्य उत्पादनमा प्रयोग गरे अर्गानिक कृषि उत्पादन उपभोग गर्दा क्यान्सर र मृगौला रोग लगायत दीर्घ रोगबाट बच्नसक्ने बताए । उनले यसले मल अभावलाई पनि केही राहत पुग्ने बताए । 

कार्यक्रममा टोल सुधार समितिका अध्यक्ष सरोज सुवालले सरसफाईमा सहभागी भएका सबै वडाबासीहरुलाई धन्यवाद ज्ञापन गर्दै नगरपालिकाको सहयोगमा सफलतापूर्वक सम्पन्न भएको बताउँदै टोलको ढल निकास लगायत विकास निर्माण कार्यमा सहयोगको लागि अनुरोध गरे । कार्यक्रममा सचिव हरिभक्त फोजुले पनि सरसफाईको महत्वबारे चर्चा गरे । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!