याम परियार
  हाम्रो समाजको सर्वाङीण  बिकासका लागि महिलाहरु हाम्रो समाजको आधा भन्दा बढी जनसंख्या ओगटेको अनि आधा आकाश ढाकेको अवस्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  याम परियार
  हाम्रो समाजको सर्वाङीण  बिकासका लागि महिलाहरु हाम्रो समाजको आधा भन्दा बढी जनसंख्या ओगटेको अनि आधा आकाश ढाकेको अवस्"/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नेपालमा महिला र शसक्तिकरण

२०७३, ७ आश्विन शुक्रबार ०६:२१

 याम परियार
  हाम्रो समाजको सर्वाङीण  बिकासका लागि महिलाहरु हाम्रो समाजको आधा भन्दा बढी जनसंख्या ओगटेको अनि आधा आकाश ढाकेको अवस्था छ। यहि अवस्थानुसार महिला वर्गको समानुपातिक बिकास  र बिकासका हरेक अभियानमा उनीहरुको सक्रिय सहभागिता अनि बिकास अनिवार्य जरुर छ।
     यति भनिरहदा ससक्तिकरण हामीले चाहेजस्तो गरि हुनेवाला छैन । उनिहरु जबसम्म हरेक क्षेत्रमा पुरुस सरह हुन सक्दैनन् तबसम्म महिला संगै समाजका हरेक क्षेत्रको बिकास जस्तैः आर्थिक ,सामाजिक लगायतका स्थितिमा सुधार हुन सक्दैन । बिकासोन्मुख देशहरूमा अशिक्षा ,गरिबी ,सामाजिक तथा सस्कृतिक परम्परा रप्रचलन ब्याक्तिगत धारणा ,दायित्व तथा चेतनाको स्थितिमा कमि हुनुका कारण महिलाहरू को बिकास सामाजिक तथा आर्थिक परिपाटीको बिकासमा ससक्त र बलियो रूपमा सहभागी भइ राष्ट्रिय बिकासको मुल प्रभाहमा समाहित हुन सकेका छैनन्। यस्तो गम्भीर अवस्थाको समाजमा परिवर्तन ल्याउनका लागी महिला ससक्तिकरण को धारणा आवस्यक छ
     सामान्यतया हाम्रो समाजमा भएका हरेक विषयबस्तु सकारात्मक र नकारात्मक ,उचित र अनुचित ,उपयुक्त र अनुपयुक्त यी बिभिध पक्षहरुलाइ केलाउदै निर्णय गर्न सक्ने बस्तुगत चेतनाको बिकास नै वास्तविक ससक्तिकरण हो।
परम्परागत दृस्ठिकोणका रूपमा प्राचीन थोत्रा आदर्श र कुरिती ,कुसंस्कारलाइ बुझी ती बिचार र दृस्ठिकोणको प्रतिसोध गरि देशको एन नियम र बिधानले तोकिएका,प्रदान गरेका महिला हक तथा अधिकार प्रती सचेत ,सजग,नै महिला ससक्तिकरण हो।
     खासगरी समालोचनत्मक दृष्टिबाट  चेतनाको बिकास को दृस्ठिकोणलाई पाउलो फ्रेरेले प्रतिपादन गरेको  हुन । यस  खालको चेतना भन्नाले समाज का हरेक क्षेत्रमा सकारात्मक तथा नकारात्मक रूपमा छुट्टयाएर हेर्न सक्ने आवस्यक परम्परागत रुढीबादी बिचार हानिकारक,बिभेधकारी ब्यबहार तथा संकृण साथै अमानवीय परम्परा आदिलाई ठम्याएर समसामयिक सन्धर्वानुकुल आफुलाइ प्रस्तुत गर्न सक्ने चेतना हो। परम्पराका रूपमा आएका असल कुरालाई स्वीकार गर्ने ती युगिन चेतना अनुसार परिमार्जित गर्ने र खराव प्रचलन परित्याग गर्न सक्ने सचेतता नै समालोचनात्मक चेतना को बिकास मान्न सकिन्छ।
   हरेक ठाउमा पुरुसको उपस्थिति देख्दा बुर्का र घुम्टोले मुन्टो छोपेर नबस्नु निर्धक्कसग अनतरकृया र कुराकानी  गर्न सक्नु , सारिरिक हिम्साको त्रास बाट मुक्त हुनु ,सुरक्षा महसुस गर्नु ,श्रीमानको गलत बिचारलाई ओल्याउन सक्नु , बहुबिबाह गर्न रोक लगाउनु ,अवस्था अनुसार सम्बन्ध बिछेदको पहल गर्न सक्नु ,छोरिलाइ उमेर पुगेपछि मात्र बिबाह गर्न लगाउनु ,दाइजो प्रथाको विरुद्धमा बोल्न सक्नु ,आफ्नो घरपरिवार को समस्या र उपलब्ध समाधान को विकल्पका बारेमा जानकारी राख्नु भबिस्यको योजना निर्माण गर्नु ,भबिस्यमा प्रतिफल का कर्यहरु गर्न सक्षम रहनु , सन्तानको लागि वा शरीरका लागि चाहिने पौस्टिकयुक्त खानेकुरा खुवाउनु , छोराछोरी लाई समान शिक्षा दिनु एन नियमका बारेमा जानकारी राख्नु ,आवश्यकतानुसार संघसंस्थासग सरसहयोग लिन दिन सक्नु ,विभिन्न सस्था का बारेमा कार्यक्रम का बारेमा जानकारी सचेत र आवस्यक परेको खण्डमा अरुको मद्दत गर्न सक्ने हुनु पनि समालोचनात्मक चेतनाको बिकास का परिमाणहरुका रूपमा लिन सकिन्छ ।
हरेक महिलाहरू निसन्कोच घरबाहिर को कामहरुमा समलग्न जनाउन सक्नु अर्थात अडडा अदालत  ,बजार किनमेल ,बैंकिङ गर्ने , तालिममा सहभागी हुने ,घुमफिर गर्ने , सामाजिक कार्यमा सम्लग्न हुने, बिरोध जुलुस आदिमा भाग लिनसक्ने गतिशील एवम् दृढ़ बिश्वास हुनु ,नेतृत्वको बिकास एक्यवद्धता कायम गर्न ,हरेक क्षेत्रमा पहुँच राख्नु ,सम्भावित उत्पिडन बाट बाच्न सक्ने क्षमताको बिकास गर्न सक्ने क्षमता ससक्तिकरणको  सुचक का रुपमा लिन सकिन्छ ।
खासगरी महिला हरुको सामाजिक ,सास्कृतिक,भाषिक,धार्मिक ,आर्थिक ,कानुनी ,प्राबिधिक ,राजनीतिक र बैचारिक परिवर्तन ल्याउन का लागि अन्य संघसंस्था ब्यक्ति वा समुदाय संग सहयोगात्मक रूपमा सामुहिक संगठित प्रयास पनि शसक्तिकरण हो ।
    समग्रमा हाम्रो समाजमा कायम भएका पुरातनवादी सोच,अन्धबिस्वासको अन्त्य ,परित्याग ,समसामयिक एवम् सामुहिक भलाइ ,उपयोगी मुल्य र मान्यताहरु स्थापना र सृजनात्मक कार्यहरुको सम्प्रेषण एवम् सम्पादन लाई समग्रमा शदक्तिकरण  मान्न सकिन्छ । पर्वत

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना