हेम चन्द्र राई - मानिस अन्य प्राणीहरुको जगतमा सर्वश्रेष्ठ मानिन्छ । कतिपय मान्छेमा अब्बल शक्तिशाली , कला , योग्यता हुन्छ त्यो एउटा समाज , समुदाय , मुलुकको लागी गौरवको कुरा हो । उसको व्यक्तिगत परिचय पनि हो । त्यस्तै एउटा उदाहरण पुर्वी नेपालको एउटा बिकट जिल्ला भोजपुर स्थित सानो दुम्माकी मिरा राई बाल्यकाल अत्यन्तै अभाव , दु:खद , संघर्षपुर्णले बिते । समयको चक्र सङ्गै दसक जनयुद्धमा केहि आसा , महत्वाकांक्षी मनमा भावना बोकेर तत्कालीन जनयुद्धमा समाहित माओवादी पार्टीको जनमुक्ति सेनामा लागिन । त्यो खवर पाएर घरको उमेरले पाको मुमाले झण्डै आत्माहत्या नै गरिन । तर जनयुद्धमा विश्व सर्वहारा बर्गको वर्गसंघर्ष भट्टीमा यी कुरालाई तिलान्जली दिएर सारा जोखिम मोल्दै हिड्नुको कुनै मिरा जस्तै हजारौं योद्धाहरुको कुनै अर्को विकल्प थिएन ।
दसक जनयुद्धको अन्य अन्ततः बिस्तृत शान्ति सम्झौता गर्दै रक्तरन्जित जनयुद्धको अन्य सङ्गै शान्ति प्रक्रियामा पाटी आयो । जस अनुसार सयुक्त रास्ट्रसंघको शान्ति मिसन अन्मिनको रोहवरमा जनमुक्ति सेना तथा सोही सङ्ख्यामा नेपाली सेनालाई क्यान्टोनमेन्टमा राखियो । राजनैतिक उत्तर चढाप सङ्गै अन्तमा अन्मिनले तीन चरणमा माओवादी जनमुक्ति सेनाको हातहतियार तथा सेना , बाल सैनिकहरुको प्रमाणीकरण गर्यो । पाटीले गरेको राजनीति दलसङ्गको सम्झौता अनुसार ४ हजार भन्दा धेरै बालसैनिक कम उमेर रहेको अन्मिनले सरकारलाई प्रतिवेदन पेस सङ्गै ती अयोग्य मानिए र शिविरबाट निकालिए । तत्कालीन युद्धमा कुनै उमेर , योग्यता नमानी भर्ना अर्थात संघर्षमा समाहित गरेको पाटिले अन्ततः शान्ति सम्झौता अनुसार १० हजार रुपैयाँ दिएर घर पठाए । त्यो घरमा फर्किनेमा मिरा राई पनि परिन ।
ऊनी एउटा लक्ष्य बोकेर पाटीमा लागेकी मिरा नमिठो मानस्पटलमा चोट पुग्यो तर हरेस भने खाईनन । उनी पाचौं राष्ट्रिय खेलबाट औपचारिक एथलेटिक्स खेलमा सहभागी उनलेे शिविरबाट घर नगै राजधानी मनमा लाखौं चोट , मनभरी पिडा , भावना , उद्देलना बोकेर एउटा अवसरको खोजिमा बिरानो आधुनिक शहर काठमाडौ आइन् । पैसाको अभावमा उनलाई धेरै दिन टिक्न मुस्किल पर्यो त्यो सङ्गै आफ्नो पारिवारिक जिम्मेवारी , भाइ बहिनिहरुको शिक्षादिक्षाको लागी उनले मलेसिया जाने निधो अनुसार मेनपावरमा पासपोर्ट बनाएर पेसिन र भिसा पनि आयो । तर एउटा आसा आफ्नो करातेको गुरु धुर्व बिक्रम मल्ल शीत भेटेर मात्रै दुई दिनमा उड्ने एउटा उदेश्य लिइन र भेटिन । गुरुको एउटा सल्लाह अनुसार मलेशिया नजाउ यहाँ नै तिम्रो भबिस्य छ केही गरेर देखाउन सक्छौ भनेर आधारभुत आवस्यकता पुरा गरिदिने काम गरे जसले एउटा जिवनको कोल्टे फेर्यो कसैले बिरानो शहरमा साहारा दिने कुराले मनलाई दोधारमा पार्यो तर उनले मनभने स्वदेशमा रहने निर्णय गरिन मिराले !
एक दिन नेपाल आर्मीका खेलाडी अल्ट्रारनर दाइहरुसित ३ घन्टा लगातार दौडमा सङ्गै मिरा पनि समाहित बनिन उनिहरुले मिरा अल्ट्रा दौडमा सक्षम हुनसक्ने मनसुवा साथ हिमालय आउटडोर ५० किलोमिटरमा मिरा राईलाई जानकारी नदिकन बोलाए । मिरा पनि सामान्य दौड मानेर गयिन तर अकस्मात ५० किलोमिटर बिना तयारी अल्ट्रा दौडमा सहभागी बनिन उकालो ओरालो राम्रो बाटो ट्रयाक नभएको उपटखापट गल्छिहरु छिचोल्दै त्यो पनि लामो दुरिको यो अल्ट्रा रेसमा उनी पहिलो बनिन । अभाव धेरै थिए , सपनाहरु अनिगिन्ती थिए मनमा धेरै पीडा , भोझ थियोे तर जिवनमा केहि गरेर देखाउने उच्च अठोट उनमा जिवित थियोे । गुरु साथीहरू कसैलाई जानकारी नदिकन उनी सहभागी अन्ततः मेडल र प्रमाणपत्र लिएर कोठामा फर्किन तर गुरु लगायत साथीहरू मिरा राई हराएको रिपोर्ट पुलिसलाई समेत दिसकेर सम्भावित सबै ठाउँमा खोजिकार्यमा आत्तिदै लागिपरेका थिए किनभने मिरा बिहान हिडेकी तर कुनै जानकारी नपाएको अकस्मात हराएकोले सबैलाई हत्तोत्शाहित नहुने कुरै भएन ।
मिरा जब मेडल सहित पुगिन कोठामा तब हतास मुद्रामा रहेका गुरु साथीहरूले मिरालाई देखेर आश्चर्य चकित बने र बधाई पनि पाइन । यो खेलबाट उनी सुरु गरेकी मिराले अल्ट्रा रेसमा नेपालमा हुने विभिन्न सबैमा सहभागी बनिन सबैमा उनी पहिलो भएर आफुलाई अन्तर्राष्ट्रिय अल्ट्रारेसको लागि अब्बल प्रस्तुत गरिन । तर नेपाल सरकारको खेलकुद क्षेत्रमा लगानी उचित खेलाडीहरुलाई भबिस्यको सुनिश्चितता प्रदान नगर्ने प्रबिधिले सहज भने थिएन तर बेलायती मुलका रिचार्ड बलले उनलाई नेपाल बाहिर अन्तर्राष्ट्रिय अल्ट्रारेसमा आर्थिक तथा प्राबिधिक सरसहयोगबाट उनलेे पहिलो पल्ट राष्ट्रिय १ बर्षको अल्ट्रा रेसलाई अन्तर्राष्ट्रिय अल्ट्रा रेस ( एमएसआईजि एचके ५० किलोमिटर ) हङकङमा पनि पहिलो बनिन् ।
उनले नेपाल , हङकङ , इटाली , अस्ट्रेलिया गरि हालसम्म १२ वटा रास्ट्रमा अल्ट्रा रेसमा अहिले आफुलाई विश्व वरियतामा दोस्रो स्थानमा सुरक्षित गरेकी छिन । विभिन्न घुम्ती मोड , अभाव , तिता मिठा पललाई अङ्गाल्दै आजसम्म आउँदा मिरा राईलाई स्वदेश भन्दा बिदेशमा अल्ट्रा रनर भनेर चिन्दछन । उनलाई आजसम्म नत कुनै सरकार , आफ्नो पाटी नत अन्य निजि क्षेत्रले नै साथ सहयोग गरिरहेको छ ! एउटा बिडम्बनाको कुरा तर केही बिदेशमा रहेको प्रवाशी नेपालीहरुले धेरथोर सरसहयोग गरे त्यो मिरा राईको लागी यो क्षेत्रमा केहि भए पनि टिक्न सहजता हुनेछ तर पुर्ण र भबिस्य भने अझैसम्म अन्यौल नै छ । आफ्नो निम्नस्तरको पारिवारिक आर्थिक अवस्थाले गर्दा उनले अझैसम्म खुलेर आफ्नो खेललाई पस्कन सकेकी छैनन् अब सम्बन्धित निकाय सरोकारवाला व्यक्तिहरुको ध्यानाकर्षण हुनु जरुरी छ । यसै बिचमा मिरा राईको लागि सुखद खवर आयो जुन चर्चित अमेरिकी टेलिभिजन नेसनल जिओग्राफिकले १२ औ सस्करनको लागि विश्वको साहसिक खेलाडीहरुको नाम १० जना भित्र मिरा राईलाई समेत समेट्ने काम गर्यो । नोभेम्बर ३ बाट सुरु भोट १६ डिसेम्बरसम्म ४४ दिनसम्म भयो ।
जब मिरा राई नेसनल जिओग्राफिक च्यानलको १२ सस्करनको लागि एड्भेन्चर अफ दि इयरमा मनोनयनमा परिन तब उनलाई दैनिक भोट मार्फत प्रत्येक दिनको पब्लिक चुवाइसबाट पहिलो दिन अर्थात ३ नोभेम्बर बाट ४४ औं दिन १६ डिसेम्बरसम्म भोट गरि जिताउनुपर्ने नेपाल र नेपालीहरुमा जिम्मेवारी आयो । सुरुमा त्यति ज्ञान नभएकोले मिरा राई सामान्य २ देखी ८ हजार सम्म भोटले जित्न थालिन । बिस्तारै त्यो भोट यात्रा मिरा राईको बलियो प्रतिद्वन्द्वी पोल्यान्ड निवासी केभ डिभरले सातौं दिनमा आएर मिरा राईलाई हाराउन सफल बने । सगरमाथाको छोरी मिरा डाडाकाडा , उपटखापट , भिरपाखा , गल्छी , भञ्ज्याङ् चौतारी , खोलानाला उकालो ओरालोको एउटा अब्बल अर्थात शिखर धाविका थिइन भने समुन्द्री मुनिको बाघ आफ्नो अब्बलमा पोलिस निवासी केभ डिभरको अर्को परिचय थियो ।
मनोनयनमा १० जना परे पनि पोलिस केभ डिभर र मिरा राईको भोट निरन्तर सुरु देखि अन्तसम्म कम्पिटिसन चलिरह्यो । बिस्तारै भोटको मत परिणाम पनि ८ हजार , १० हजार , १५ हजार हुँदै ७० हजारसम्म पुग्यो । सुरुमा बिना तयारी कसरी , कति भोट गर्न सकिन्छ ? भन्ने बारेमा धेरैमा अनभिज्ञ रहेपछि हार पछि जितको नयाँ सुभआरम्भ भनेझैं बिस्तारै भोट गर्ने काम अलिक तिव्र हुँदै गए । हिजो नेपाली मुलका प्रशान्त तामाङ इन्डियन आईडलमा जिताउन नेपाल हरतरहले प्रशान्तमय बनेको थियो , डिआईडी लिटिल मास्टर सिजन ३ मा नेपालको छोरी तेरिया मगर जिताउन नेपालको चोकचोक , गल्ली , भट्टी पसल , सरकारी कार्यलय , नेपाली मिडिया , सामाजिक संजाल सबै तेरियामय बनेको थियो तर मिरा राईको सवालमा अन्तिम दिनसम्ममा पनि हुन सकेन एउटा दु:खद कुरा । केहि उदाहरण मैले आफ्नो मित्रहरूलाई हाम्रो मिरा राईलाई समय हुँदा , मौका मिल्दा भोट गरौंन भन्दा मेरो केही मित्रहरू मसित उल्टै माओवादी , अयोग्य लडाकु भएको , हिजो प्रशान्त तामाङ , तेरिया मगरलाई जिताईयो के पायो ? भनेर प्रतिवाद गरे मैले कतिपयलाई हुन्छ तपाईंको खुशी भनेर आफू सानो बनेर उनीहरुलाई सर्वेसर्वा विद्वान माने ।
कतिपयले मलाई के ठेक्का नै लिएको होर पनि भने । के सम्बन्ध छ मिरा राई शीत ? किन यति उग्र लागेको भनी सामाजिक संजालमा , व्यक्तिगत रूपमा पनि सोधपुछ गरे । कसैको सरल उत्तर दिने किसिमको थियो भने कसैको भने सुन्न साथ कन्पारो तातेर बाङ्गे झ्यापु हानिहाल्नु जस्तो थियोे । एउटा किराँती वम्बुले राईको बच्चा पुर्खाको रगत अझैसम्म कुदिरहेको अनुभव मनमा रिसाएको बेला केही नदेखिने बुद्धि बिनाको बल आईहाल्ने तर मैले मनमा भने स्वस्तो महँगो गाली गरेर मनलाई हल्का बनाए कोहि मित्रहरू रिसाए पनि कतिले मिरा राईको पोस्ट धेरै हालेको भनी मलाई ब्लकसम्म गरे पनि । यो तितो अनुभव मेरो हो । तर पनि हिमाल जाने गाई हिमाल नगै थाक्दैन भन्ने उखान चरितार्थ मन मिल्ने सामाजिक संजालमा एउटा अभियन्ता बनेर लागि परिरहियो । भोटको क्रम एक पटक ९ हजार र अर्को पटक १२ हजारले मिरा राई बहिनी भोटले केभ डिभर शीत हारिन । त्यो दिन त खाना र निन्द्रा नै राम्रोसँग लागेन । मैले हङकङमा रहेकी मिरालाई म्यासेजमा " मिरा बहिनी आजत हुनुसम्म भयो नराम्रो हार खायियो भने उनले सान्त्वना दिदै छोटो उत्तर दिइन भोलि देखी हाम्रो पालो हुनेछ चिन्ता नगर्नुस् " मलाई केहि राहत भयो अब भने तर भोट मिरालाई गर्ने ५ हजार देखी १० हजार मात्रै छन तर कसरी सम्भावना होला मनमा हजारौं कुरा खेलाईरहे ।
रातभर १२ घन्टाको डिउटिमा नियम अनुसार मोबाइल खेलाउन अनुमति पनि छैन कथमकदाचित मोबाईल खेलाएको अफिसबाट रङ्गेहात भेट्टाउदा मोबाईल पनि सिज अनि जरिवाना , लोकेसन बाट नै हात धुनुपर्ने स्थित आउने थियो । तर पनि सबैकुरा लाई म्यानेज गर्दै भोट निरन्तर गरियो जब ३० औं दिन देखी लगातार भोट कसरी धेरै गर्न सकिने भन्ने बारेमा केहि कुरा पत्ता लागे जोजो मिरा राईलाई भोट गर्न आतुर जिज्ञासा राख्ने हरुलाई जानी नजानी सिकाउने सिक्ने काम भए एकअर्कामा कुराकानी आदनप्रदान गर्दै निरन्तर लक्ष्यमा सबै लागियो । समयकोब्माग सङ्गै नेपाल , हङकङ , इटहरी सुनसरीमा किरात मंच नेपाल , खेलकुद समितीहरुले केहि सामुहिक भोट कार्यक्रम गरे जसमा समयले साथ भएसम्म कलाकार जिउहरु पनि साथ दिनुभयो जुन एक सकारात्मक काम थियो सोही कुरा एक अर्कामा आदनप्रदान गर्दै भोटको समय पार गरियो । नेपालबाट उल्लेख्य भोट हुन सकेन किनभने नेपाली अस्थिर राजनीति , भोटको सिस्टममा असहजताले प्रयाप्त भएन तर बिदेशमा रहेको नेपालीहरुमा होस्टेमा हैस्या गर्दा एउटा सफलता हात लागेको बाकी निर्णय आगामी वर्षमा नेसनल जिओग्राफिक टेलिभिजनले गर्नेछ तर हामीले भोट गरेर नेपालको छोरी मिरा राईलाई सपोट गर्नुपर्ने थियो त्यो पूरा भयो ।
भोटमा उल्लेख प्राप्ति भने यो होइन किनभने तेरिया मगरलाई फाइनलमा मलेसिया बाट २५ लाख , नेपाल बाट ४० लाख , युएई बाट ५ लाख , अन्यत्र धेरै मुलुक बाट धेरै भोट भएको थियो तर मिरा राईलाई १ लाख भोट पनि भएन । फेसबुकको तथ्यांक अनुसार ६० लाख नेपाली फेस बुक युजर नियमित छन । जसमा एक एक १ लाखले मात्रै १ भोट गर्दा पनि धेरै नै हुने थियो । केभको पनि आफ्नो मुलुक बाट राम्रो साथ पाएनन् यद्यपि पाएको भए भोटमा नेपाल भन्दा ३ गुना ठुलो पोल्यान्ड ३ करोड ८४ लाख जनसंख्या भएको पोलिस केभले जित्ने थिए । यो क्रममा किरात समुदाय अन्य समुदाय भन्दा धेरै कलाकार भएको समुदाय पनि हो । ५ सय भन्दा धेरै कलाकारहरु यी समुदायबाट नै राष्ट्रिय ख्याती कमाएको व्यक्तिहरु छन । उनीहरुले पनि राम्रो पहल भने गर्न नभ्याएको वा नगरेको नै हो । जुन कुरा मैले सामाजिक संजालमा कमेन्ट गरेको थिए । कतिपयलाई थाहा नभएर , जिज्ञासा नराखेर , समयको अभावले त्तो अवसरमा अलिक चुकेका अवस्य मान्न मिल्ला नै । त्यो कुरामा लागि पर्ने आदरणीय कलाकार मिना राई दिदी लगायत केही व्यक्तिलाई चोट लाग्न पुग्यो । मैले जोजो मिरा राईलाई म भन्दा पनि धेरै लागिपरिरहनु भएको , हरतरहले सपोट गर्नुभएको थियो । मेरो टिप्पणी त्यो प्रति थिएन नगर्ने प्रति इङ्गित गरेको थिए किनभने सरकारले हेरेन , अन्यत्र मित्रहरूले माओवादी पुर्व लडाकु मान्ने अनि राजनीति दृश्यले भोट नै नगर्ने तर मिरा राई एउटा सफल खेलाडी हुन । अब अरुलाई गाली भन्दा आफ्नो किराँती समुदाय पनि ६ लाख भन्दा धेरै छन आफ्नो समुदायको नाताले मैले टिप्पणी गरेको हु । मिराको जित ३ करोड स्वदेश तथा बिदेशमा बस्ने सम्पुर्ण नेपाली जित हो । ३ करोड नेपाली जनतामा को होला माओवादी , को होला एमाले , को होला रास्ट्रवादी को होला रास्ट्रघाती ? त्यो विश्वले जान्ने कुरा होईन उनिहरु मात्रै नेपाल नेपाली भनेर मात्रै जान्नेछन । राष्ट्रियता बुझ्ने हामी नेपाली कतिसम्म रास्ट्रवादी रहेछौं ? भन्ने कुरा प्रष्ट हामीले हाम्रो परिचय दिएका छौँ को कस्तो भनेर टिप्पणी उल्लेख गर्न आवस्यकता छैन ।
त्यो प्रति मैले जो जसलाई चित्त दुख्यो मैले उहाँहरु प्रति पनि आत्मा आलोचना गरेको छु । मिरा राईको बारेमा यो हुनुहुन्न थियोे तर भएर आयो । उनी हिजो माओवादीको जनमुक्ति सेना थिइन पछि अयोग्य भएर निस्कनु पर्यो । अहिले अन्मिनले अयोग्य प्रमाणीत गरेको मिरा राई विश्व दोस्रो वरियाताकी अल्ट्रा रेसर छिन । यो नेपाल , नेपालीको लागि मात्रै नभएर विश्व अल्ट्रा रेसको एउटा उपलब्धि हो । विश्व समुदायले स्विकारेको छ तर किन हामी स्विकार्नु सक्दैनौं ? किन भेदभाव अझैसम्म खेलाडीहरु भनेको मुलुककि गौरव हुन उनीहरु सधैं हामी आम नागरिक भन्दा माथी मुलुकको नाम विश्वमा चिनाउने , मुलुकको शक्तिशाली , बिकास , पहिचान , अब्बलता , सक्षमता देखाउने एउटा सर्वस्विकार्य बिषय पनि हो खेलकुद हो । नेपाल खेलकुद क्षेत्रमा हालसम्म २ सालको यात्रामा १ साल राष्ट्रिय १ अन्तर्राष्ट्रिय खेलकुदमा भाग लिए देखि खाली हात नफर्कने जब खेलको लाईनमा मिरा उभिन मात्रै पर्छ कुनै न कुनै मेडल पक्का जस्तै एक मात्रै खेलाडी र आजसम्म धेरै पदक लिने मिरा राई मात्रै हुन । उनले राष्ट्रिय रेकर्ड बाहेक ४ अन्तरास्ट्रिय रेकर्ड , १ नयाँ बिस्व रेकर्ड राखिसकेकी छिन ।
सरोकारवाला निकायले अब मुलुकको धेरै कुनाकुनामा सयौं मिरा राई छन , अन्य हजारौं खेलाडी छन उनीहरुको उचित खोजिनिधी गरेर खेलाडीहरुको उचित व्यवस्थापन , रोजिरोटीको व्यवस्था मिलाउनुपर्छ । अनि मात्रै राष्ट्रले राम्रो खेलाडीहरु पाउनेछ । खेलाडीहरु भनेको कुनै राजनीति खिचातानी गर्ने , राजनीति पुर्वाग्रह राख्ने क्षेत्र होईन यो मुलुकको लागी ज्यान फालेर मुलुकको राष्ट्रिय झन्डा विश्वसामु फर्फराउदै कमाउने वाह वाह अर्थात गौरवको कुरा हो । सम्भावना धेरै रहेको क्षेत्रमा राज्यको लगानी उचित हुनुपर्छ । अन्तर्राष्ट्रिय स्तरमा हेर्ने हो भने मिरा राईको जीवन अहिलेसम्मको स्तर भनेको करोड भन्दा माथीको हाईफाईको जीवन हुनुपर्ने हो तर अझैसम्म बिहान बेलुका के खाने ? भाइ बहिनिको स्कुल फि कसरी म्यानेज गर्ने ? अबको मेरो भबिस्य कस्तो हुने हो ? यी अनिगिन्ती प्राविधिक समस्य बोकेर जिउनुपर्ने उनको वास्तविक यथार्थ हो ।
मिरा राई एउटा उदाहरण मात्रै हुन अझै सयौं मिरा राई घाँस दाउरा , कुटो कोदालो गरेर बसेका छन । कतिले आफ्नो अब्बलता देखाउन नपाएर नै बस्नुपरेको छ । कतिले जिवनमा खेल खेलेर नेपालको नाम राखेर पनि दुई पैसाको लागि बिदेशीनु पर्ने तितो यथार्थ ताजै छन ती अब कहिलेसम्म ? कहिले खेलाडीहरुको जीवन सुनिस्चित हुनेछ ? यो प्रश्न सम्बन्धित निकाएले , समुदायले सोच्नुपर्ने बेला आएको छ । खेलाडीहरुलाई राजनीति कार्यकर्ता होइन रास्ट्रको झण्डा विश्वसामु फर्फराउने वातावरण हामीले बनाउनुपर्छ । हामीले अस्थिर राजनीतिक मानसिकता सबै खेलकुदमा सम्मिलित खेलाडीहरुमा दर्ज गरेर हेर्ने हाम्रो दृष्टिकोणलाई परिवर्तन गर्नुपर्ने हुन्छ । मुलुक सानो भएर मात्रै होइन खेलाडीहरुलाई सुनिस्चित भबिस्यको वातावरण तय गरेर खेलकुदमा लगानी बढाउन जरुरी छ । अब मौका आएको छ हाम्रो सोचाइहरु परिवर्तन गरेर एउटा खुल्ला बहस गर्ने समय ।