गणेशमान सिंह । असल जीवन जिउने कसैले पनि, यो जीवनको ठोस परिभाषा दिएनन् । जीवन भनेको यस्तो हो, उस्तो हो भनी दुनियालाई कहिल्यै रटाएनन् । तर आफूले यस्तो जीवन जीए "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गणेशमान सिंह । असल जीवन जिउने कसैले पनि, यो जीवनको ठोस परिभाषा दिएनन् । जीवन भनेको यस्तो हो, उस्तो हो भनी दुनियालाई कहिल्यै रटाएनन् । तर आफूले यस्तो जीवन जीए "/>
२०८३, ६ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डको बारेमा कलम चलाउन जो कसैलाई पनि डर लाग्छ होला !

२०७३, १३ पुष बुधबार ०९:३०

गणेशमान सिंह । असल जीवन जिउने कसैले पनि, यो जीवनको ठोस परिभाषा दिएनन् । जीवन भनेको यस्तो हो, उस्तो हो भनी दुनियालाई कहिल्यै रटाएनन् । तर आफूले यस्तो जीवन जीए कि, धर्ती छोडेको सयौँ वर्ष पुग्दा पनि त्यही जीवनको महिमागान गाउन बाध्य छ, आज दुनिया । हामी माक्र्सलाई सम्झीरहेका छौँ, माओलाई सम्झीरहेका छौँ । गौतमबुद्ध देखि ओशो सम्म, आईन्सटाइन देखि हकिङ्गसम्म । ति महापुरुषले जीएका जीवनका हरकुरा आज सिङ्गो मानवजातिको शिक्षा, ठूलो पाठ भएका छन् ।

यतिबेला हाम्रो देशका प्रम प्रचण्डको बारेमा कलम चलाउन जो कसैलाई पनि डर लाग्छ होला । कहिले उनी रामदेव सँग बसेर शरीर तन्काउँछन् त कहिले चुनवाङ्गमा गएर जनताका अगाडि सकिन मैलेँ भन्दै धुरुधुरु रुन्छन् । 

कहाँ गएर के बोल्ने ? के गर्ने ? सायद त्यो उनलाई नै थाहाछैन होला भने जाबो यो लेखकको कलमलाई के पत्ता होस ? तरपनि उनी अनौठा नेता भने अवश्य हुन । एकपटकको भाषणमा उनले भनेका थिएर्– हामी माओवादी हरेक पटक ठूलो मूल्य चुकाएर अगाडि बढेका छौँ । चुक्दै चुक्दै जनयुद्ध शुरु गरेका हौँ । चुक्दै चुक्दै जनयुद्धलाई निरन्तरता दिएका हौँ । फेरी पनि चुक्दै चुक्दै शान्ति सम्झौता ग¥यौँ अनि चुक्दै चुक्दै संविधान जारी पनि ग¥यौँ । आज पनि त्यही गरिरहेका छौँ ।’ प्रचण्डको क्षमता त्यही हो, जो उनको अगाडि पर्छ त्यसलाई उनी कन्भिन्स गर्न सक्छन् ।

अहिले यो आलेख लेख्दै गर्दा, म उनले बोलेको शब्द सापटी लिँदै भन्छु –जीवन पनि चुक्दै चुक्दै गरिने एउटा यात्रा रहेछ । 

जीवनका हरेक मोडमा केही न केही चुकाएर अगाडि बढ्नु पर्दो रहेछ । आज किन एकाएक मलाई फल्यासब्याक स्टोरी लेख्न मन लागेको छ । केही समय अतितसँग बात मार्न मन लागेको छ । मैले के के गुमाएँ ? कहाँ कहाँ चुकेँ ? कता – कता विराए ? भुईपत्ताल खोज्न मन लागेको छ । अर्को महिना मेरो जन्म दिन पर्छ । म जीवनको एउटा खुट्किलो पार गरी अर्को खुट्किलो चढ्छु । सायद त्यो दिन सम्म मैले लेख्न थालेको कितार्ब हाम्रो यात्रा’ पनि पुरा हुन्छ । जब मेरो जीवनमा जन्मदिन आउँछ, हमेशा म भित्र एक अनौठो भावना उत्पन्न हुन्छ । उमेर बढ्यो भनेर होइन, उपलब्धी अलि कम भयो कि भनेर हो । तौलिन्छु आफै । जोखिन्छु आफै, त्यो बेला । आफूलाई हरेक कोणबाट नाप्न मन लाग्छ । आफू सँग भएका कति कमजोरीहरु सुधारेँ ? कति सबल गुणहरु भित्राएँ ? बितिआएका दिनका केस्रा केस्रा केलाउँछु, सायद फेरी पनि अपुरो हुन्छ, अपुग्दो हुन्छ त्यो मेरो प्रयास ।

के–के लेख्न खोज्ने यि औँलाहरु हेर्छु– झन भन्दा झन सुन्दर भावना लेख्न मन लाग्छ । यि आँखाहरुले झन भन्दा झन सुन्दर सपना सजाउन मन गर्छन । अनि यो मस्तिष्क, जिवनमा भईपरि आएका हरजटिलतालाई सजिलै फुकाउने कसरत गर्छ । बाँचीरहेको, चलीरहेको आफ्नै जीवनलाई हेर्छु, धेरै कुरा पुगेकै छ जस्तो लाग्छ । फेरी अर्को पाटो पल्टाउँछु जीवनको, अपुगै अपुग देख्छु । ठिक ठिकै त छ हौ, भन्ने पनि लाग्दैन त !

जीवनमा आईपरेका हरेक कुरालाई क्लाईमेक्समा हेर्न पुग्छु, यही नै मेरो ठूलो भूल हो जस्तो लाग्छ । सन्तुलन मिलाउन जान्दिन । कोशिस गरेपनि सक्दिन । मेरो नजरमा एकपटक मन परेको मान्छे, लास्टैसम्म मन पर्छ । मन परेन भने, औधी मन पर्दैन । यही नेरै मदन पुरस्कार विजेता साहित्यकार जगदिश घिमिरे सबैकुरा अलि अलि हुन्छ है भनेको कुरा बिर्सिन्छु । हो, हरेक मान्छे अलि अलि राम्रो हुन्छ अलि अलि नराम्रो हुन्छ ।

म १३÷१४ वर्षको उमेरमा हुँदा, देशमा सङ्कटकाल थियो । मुसिकोटा खलङ्गा पढ्थेँ । घरबाट पिठो र दालचामलको थैलो बोकेर जान्थेँ । सिम्रुतु माथिको घना जङ्गलमा कहिलेकाँही बिसाउथेँ । बिसाउँदा बिसाउँदै कहित त भुसुक्कै निदाउथेँ । कयौँपटक बिउझ्दा सेनाले आफूलाई घेरको पाउँथे । आज सम्झीदा अच्चम्म लाग्छ, जंगलमा भएका सेनालाई किन अघि नै देख्न सक्दिनथेँ ? जब एउटा सँग जम्का भेट हुन्थ्यो तब मात्र हरेक रुखमा अडेसलागेर हतियार सोझ्याएका सेना देख्थेँ । किन हुन्थ्यो त्यस्तो ?

पहिलो पटक बसबाट तुल्सीपुरको बजारमा झर्दा, एक्लै थिएँ । मामाघर खोज्दै हिडेँ । जाँदा जाँदा, खोज्दा खोज्दा म त मामा भएकै नजिक पुगेछु । मामाले बोलाउँदा झस्केँ । अनि सम्झीन्छु, भर्खर खुलेको त्यो एफ एर्म रेडियो तुलसीपुर’ जहाँबाट बारम्बार त्यो बेला–तिमी आउने बाटोमा फूल रोपी दिएँ तिमी आईनौ भन्ने गित बज्थ्यो । त्यो गित सुन्दै, सकिनसकि स्टोभमा दम दिँदै, सोही गित गुनगुनाउँदै खाना पकाएको आज पनि सम्झीन्छु । जब जब सम्झीन्छु ति पल अनौठो भाव उत्पन्न हुन्छ, मनको कतै कुनामा ।

फेरी पनि सम्झीन्छु, राप्तीबबई पढ्दा, क्याम्पस पर पर घाँसे मैदान थियो । जहाँ मन परेकि केटी सँग, पढ्न मन नलागेको बेला सँगै डुल्थेँ, घुम्थेँ । मनका कुरा पोख्थेँ । कयौँ पटक गोजीमा पैसा नहुँदा पनि नास्ता खाम के खाम भनी अफर गर्थेँ । झन्डै भो खान्न भन्थी र पो……..। एकदिन त्यो मेरो एकतर्फी प्रेम भंग भयो । उसले त मलाई सिर्फ साथी मात्र मान्दी रैछे । यि केटीहरु कति बेला के मान्छन् कति बेला के ठान्छन् थाहै नहुने । अब भयो ? उफ पागल प्रेमी भएँ । अनि त के चाहियो ? एफ एम बाट सुनेको गित कण्ठ जो थियो । त्यै गितलाई बंग्याएर गाउन थालेँ– तिमी आउने बाटोमा बम रोपीदिएँ तिमी मरिनौ……। ठिक त्यतिबेला स्टोभ बल्दैन्थ्यो, धुवाँ हुन्थ्यो कोठाभरि अनि हिर्काइदिन्थेँ लात्तीले कुनातिर । भोकै जान्थेँ फिल्महल, निखिल र रेखा रमितको धडकन फिल्म हेर्न ।

आज सम्झेको छु, सानो झोलामा मार्कसिट बोकेर मन परेको मान्छे बस्ने शहरलाई सदाका लागि बाई भन्दै काठमाडौँको रात्रीबसमा यात्रा गरेको । पहिलो पटक एक्लै गोँगबु बसपार्क झर्दा, तिन छक परेको थिएँ लस्करका लस्कर गाडी देखेर । यत्रा गाडी कहाँ जान्छन ? अनि सोझै पुगेको थिएँ अनामनगरको त्यो अध्यारो गल्लीमा जहाँ एकजना बस्नेत भन्ने साथी बस्थे । अनि यतिबेलै सम्झना हुन्छ, मुसिकोट पढ्दा साथीहरु सँग लागेर राति राति कला चोर्दै खाएको । अनि सम्झन्छु भक्तपुर शिक्षा क्याम्पस पढ्दा, काभ्रेको एउटा डाँडोमा पिकनिक खान जाँदा, पहिलो पटक वियर खाएर मर्नेगरी वान्ता गरेको । अनि सम्झीन्छु मन परेका मान्छेहरु सँग चितवनको देवघाट देखि बुद्धस्थल लुम्बीनी सम्म एकहप्ता डुलेघुमेको । अनि सम्झीन्छु पोखराका भिआईपी होटेलमा मिठो नास्ता गर्दै, फेवातालको दृश्य हेर्दै, सहयोद्धाहरु सँग राजनीतिका लामा लामा बहस गरेको ।

याद न हुन, एकैछिनमा आईहाल्छन् । फेरी, एकैछिनमा गैहाल्छन् । कल्पना गर्छु, अबको दश वर्ष पछि सल्यानमा बिताईरहेका आजभोलीका यी दिनलाई म कसरी सम्झन सकुँला ? 

एउटा घर हुनेछ, साथमा श्रीमती । सायद एउटा सानो सानो बच्चो पनि । व्यस्त जीवनलाई रोक्नेछु जर्बजस्ती । यी फोन, यी सामाजिक सञ्जाल सब कनेक्शन टुटाउनेछु केही दिन । सुन्दर परिवार सँग, अति सुन्दर पलहरु बिताउँदै एकान्तमा बस्दा डायरीको एउटा पानामा यसरी लेख्नेछु –

“जिवनको यो सुन्दरतम मोडमा आउँदा, सल्यानलाई खुब मिस गरिरहेछु । ति राजनैतिक गफगाफ, मिडियाका साथीहरु सँगको दोस्ती, अनलाईनमा लेखिने लेखहरुको तातो बहस, अनि थरिथरिका कार्यक्रममा हुने सहभागीता । कति कति कार्यालयका हाकिम, कर्मचारीहरुसँगको आत्मीए सम्बन्ध, नेता नेताका छेडखानी, कार्यकर्ता कार्यकर्ता बिचको घोचपेच, सहकर्मी साथीहरुका दाउपेच । वाह ! कति सुन्दर पलहरु भोगीछु । आज फर्केर फेरी पनि यिनै आँखामा टाँस्न मन लागेको छ, तिनै मायालुहरु । जसलाई म मन पराउथेँ तर भन्न सक्दिनथेँ । जो सँग म, मेरो भित्री मनका घाउहरु, गुनासाहरु, पिडाहरु र अभावकाकुराहरु पोख्न चाहन्थेँ । सेयर गर्न चाहन्थेँ । अहँ, कुनै पहल पनि गर्न सकिन । एकपटक भेटेर खरररर मनको भारी किन बिसाईन होला ? मारित हाल्दैन्थे होला नी । भो ! नभनेकै बेस भो । भनेको भए यत्ति गुनासो कहाँ बाँकी रहन्थ्यो र …..हुन त अर्कै रामकहानी पो लेखिने थियो कि ? 

अनि फेरी ति भूल्नै नसकिने घरबेटी आमा । जसले विहान विहानै बावु चिया भन्दै मात्र होइन, कहिले कहिले त साँझमा …..चिसो फाल्छ के बावु….केही हुन्न खाउ….म आमाले भनेको त मान….भन्दै तातो गिलास समात्न कर गर्ने……….वाह कति सुन्दर र सहयोगी थियो त्यो परिवार । अनि मेरो कोठा । त्यो पनि त कम थिएन । बाहिरका जत्तिसुकै तनाव भएपनि जब म भित्र पस्थेँ, कोठामा पुग्थेँ, सब भूल्थेँ । दराजभरि, कोठाभरि थरिथरिका किताबहरु थिए । …..कहिलेकाँही आधारातमा उठेर पढ्थेँ….ल्यापटपमा लामालामा लेख लेख्थेँ । कहिले घाम ताप्दै पढ्थेँ । कहिले ओछ्यानमा गुटमुटिदै । कहिले सोफामा पल्टेर, पढ्दा पढ्दै निदाउथेँ ।”

एसएलसीको मार्कसिटमा मात्र दुई नम्बर पुगेन । फस्र्ट डिभिजन मार्ने मेरो योजना पूरा भएन । अनि त डाक्टर पढ्ने, इन्जिनीयर बन्ने सपना त्यागेँ । पहिलो वर्ष पढ्दा क्याम्पस टपेको थिएँ, अर्को वर्ष प्रेम रोगी भएँ । काठमाडौँको खाल्डोमा भविष्य खोज्दा खोज्दै, भनेको जत्ति विदेशबाट दाईले पैसा पठाईदिएन भन्ने झोकमा आफै कमाउन भनि हिँडे । मन, वचन र कर्मले जत्ति राम्रो गरे पनि, जत्ति राम्रो पढाए पनि जस नदिने हेडमास्टरको अफिसमै टाउको फुटाएर राजनीतिमा होमिएँ । 

कति चोट खाएँ, कति चोट दिईरहेछु यो बाटोमा पनि, त्यो मलाई मात्र थाहा छ । आज फेरी जिवनका अन्य सारा रहरहरु, सपनाहरु त्यागेर आफू होमिरहेको राजनीति, यो जटिल जिवन र अपरिभाषित प्रेमको त्रिवेणीमा हिडिरहँदा यत्ति भन्न सक्छु –जीवनमा म फेरी कतै चुक्छु । चुक्दै चुक्दै अगाडि बढ्छु । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ