तिलक कार्की | स्थानीय निकायका प्रतिनिधि शिक्षित, योजना तथा दूरदृष्टि भएको, आर्थिक, सामाजिक, नैतिक अनुशासित र सृजनशील हुनु पर्दछ । जसले समाजलाई दिक्षित वनाउन सक्ने, योजना तर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

तिलक कार्की | स्थानीय निकायका प्रतिनिधि शिक्षित, योजना तथा दूरदृष्टि भएको, आर्थिक, सामाजिक, नैतिक अनुशासित र सृजनशील हुनु पर्दछ । जसले समाजलाई दिक्षित वनाउन सक्ने, योजना तर्"/>

९ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीय तहमा कस्ता उम्मेद्वार वा निर्वाचित नेतृत्व चाहिन्छ ?

१२ बैशाख २०७४, मंगलवार ११:४१

तिलक कार्की (रामेछाप)|

स्थानीय निकायका प्रतिनिधि शिक्षित, योजना तथा दूरदृष्टि भएको, आर्थिक, सामाजिक, नैतिक अनुशासित र सृजनशील हुनु पर्दछ । जसले समाजलाई दिक्षित वनाउन सक्ने, योजना तर्जुमा गरी परियोजनाको विकास गर्न र कार्यान्वयन गर्न सक्ने, नीति नियमको निर्माण गर्न सहयोग गर्ने साथै समाजलाई नियम कानुनले प्रशिक्षित वनाउन सक्ने हुनु पर्दछ । राम्रो कामको थलनी गर्ने, समाजलाई आर्थिक रुपले सम्पन्न गराउन तर्फ उन्मुख हुने, समाजको खाका कोर्न सक्ने जसले सामाजिक विकृति, विसंगति, वेमेल, असन्तुष्टिलाई न्युनिकरण गर्न सक्ने होस् । कुटनीतिमा चतुर जसले प्रतिस्पर्धि स्थानीय तहमा आफूलाई उभ्याउन सकोस् । युवा, बृद्ध, बालबालिका, महिला, गरीव तथा छेउलागेका वर्गको पक्षपाति होस् जसले समतामूलक समाज निर्माणमा उल्लेख्य भूमिका निर्वाह गर्न सकोस् । समयपालक जसले कदर, सम्मान तथा माया गर्न जानेको होस् । सदाचारी, मितव्ययी, जसले समाजलाई सम्बृद्ध तर्फ उन्मुख गराउन तर्फ लागि पर्ने होस् । स्पष्ट वक्ता, कर्मयोगी जसले असल खराव छुट्याउदै स्थानीय तहमा उत्पादन भोगी नागरिकको उत्पादन गर्नमा लागि परोस् ।

आफ्नो भुगोलमा बस्ने, क्रियाशील हुने, सदाचारी, जनप्रिय, समुदाय प्रति जवाफदेहि, लक्ष्यमा पारदर्शि, नागरिक अभिमत भएको, अन्य राजनैतिक दलका मान्छेले पनि ठिकै छ भन्ने नेताको खाँचो छ । चुनावी उम्मेद्वार इमान्दारी, कर्तव्य परायण, योग्यता र लोकप्रियता भन्दा निगाहा, मुड्की र धनको प्रयोगकर्ता रोजिन्छ भने कस्तो संस्कारको विकास होला ? जातिय, धार्मिक, भाषिक, क्षेत्रिय तथा सम्प्रदाय केन्द्रीत नेताबाट कस्तो आशा गर्ने ? धन खर्च गर्नेले कमाउन खोज्छ, झगडा गर्नेले बदला लिन खोज्छ, अनि हल्ला खल्ला गर्नेले भाड्न मात्र खोज्छ । अझ साम्प्रादायिक रुपमा जित्नेले त आफ्नो सम्प्रदायको स्वार्थ भन्दा माथि जानै सक्दैन । कसरी हुन्छ परिकल्पना गरिएको पूर्ण स्थानीय निकाय ? पैसाको बलले जितेकाबाट के अपेक्षा गर्ने ? टाँट पल्टेका नेताले टाँट पल्टेका बेरोजगार कार्यकर्ता मात्रै उत्पादन गर्ने गर्छन । चुनावी ऋण तिर्न उसको तलवले मात्र पुग्दैन अनि विकास योजना ताक्नु परेन ? सफा धन्दा वा उद्यमशील भएका नेताले तस्कर वा ठेकेदार ताक्नु नै पर्दैन । आफ्नो गरी खाने सफा धन्दा नभएका कार्यकर्तालाई पनि पेट पाल्न हैन, चन्दा माग्न, लाठी, ढुङ्गा हान्न सिकाउनेलाई भोट दिएर नेता किन बनाउने ? 

स्थानीय तहमा संभावना, समस्या, नागरिकको आवश्यकता तथा मागमा आधारित भइ विकास गतिविधि संचालन गर्न सक्ने नेतृत्वको खाँचो पर्दछ । स्थानीय शासन तथा विकास प्रकृयामा सरकारी, निजी तथा सामुदायिक साझेदारीको अवधारणा, सरकारी गैरसरकारी निकाय बीच साझेदारी, समन्वय र सहकार्य गरी दीगो विकासमा टेवा दिन सक्नु पर्दछ । हाल विद्यमान गरीवि, बेरोजगारी र असमानता, असन्तुलित शक्ति सम्बन्ध तथा वञ्चितिकरण चुनौति रहेको समाजमा व्यवसायिक औद्योगिकरणको अवसर र सोचमा समेत परिवर्तन ल्याउनु पर्दछ । आर्थिक, सामाजिक तथा भौगोलिक दृष्टीकोणले पिछडिएका वर्ग, जाति, जनजाति, महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरु तथा जेष्ठ नागरिक र क्षेत्र समावेशी विकासलाई प्राथमिकता दिइ सामाजिक सशक्तिकरण, सीप विकास, उद्यम प्रवद्र्धन तथा आयआर्जनका क्रियाकलाप संचालन गर्न सक्ने नेतृत्व आजको खाँचो हो । स्थानीय श्रम, सीप, साधन, स्रोत र जनसहभागिताको अधिकतम परिचालन गर्ने, सुशासन र पारदर्शिता अभिवृद्धि गर्ने नेता आजको आवश्यकता हो । निर्वाचित पदाधिकारीको आर्थिक, सामाजिक र मानवीय विकास, समावेशी, समन्यायिक र वातावरण रुपमा सन्तुलन कायम गरी पूर्वाधार सम्पन्न स्थानीय निकाय वनाउने प्रमुख जिम्मेवारीमा पर्दछ । संस्थागत विकास, मानव संसाधन तथा सुशासन प्रमुख अवसर र चुनौति रहने छन् । दुई दशक जन निर्वाचित पदाधिकारी नभएको, सहमति र सहकार्यको अभ्यासमा चलेको संयन्त्र, खाइमासी पल्केका केहि पेसेवर व्यक्ति तथा संस्था, वेथितिले गाँजिएको समाज, अनियमितता, भ्रष्टचार, घुसखोरीमा व्यप्त स्थानीय निकायलाई मूलधारमा ल्याउन सजिलो भने छैन । गतिशील समाज, अन्तराष्ट्रिय अभ्यास, साँघुरिएको विश्व परिवेशमा पुरातन शैलीले आजको स्थानीय निकाय संचालन गर्न कठिन छ । नागरिकले साँच्चिकै चाहेको परिवर्तन गर्ने हो भने दृढ संकल्पी, जोस, जाँगर भएको केही गर्छु भन्ने कुसल, जिम्मेवार, विधिमा चल्ने, प्रतिवद्ध नेतृत्वबाट नै रोज्नु पर्दछ । आज राजनैतिक र सैद्धान्तिक मतभन्दा माथि उठेर व्यक्तिलाई मत जाहेर गर्नु पर्ने खाँचो देखिन्छ । यसबाट राजनैतिक दललाई नैतिक दवाव सृजना भइ आगामी निर्वाचनमा सक्षम, नागरिकले रुचाएको, निस्वार्थी समाज सेवामा लाग्ने नेता आफ्नो दलबाट पठाउन वाध्य हुनेछन् । 

साँढे पाँच दशक अघि निर्धारण गरिएको गाविस तथा इलाकाहरुको सिमानालाई संवैधानिक रुपमा व्यवस्थित गर्ने प्रकृयामा छौं । नेपालको संविधान २०७२ ले राज्यका शासकीय इकाईका रुपमा संघ, प्रदेश र स्थानीय तहको व्यवस्था गरेको छ । स्थानीय तहमा स्थानीय सरकारको रुपमा कार्यपालिका र व्यवस्थापिकाको व्यवस्था गरिएको छ । विशेषतः गाउँपालिका, नगरपालिका र जिल्ला सभालाई स्थानीय तहको रुपमा राखिएको छ । स्थानीय कार्यपालिकाको रुपमा गाउँकार्यपालिका र नगरकार्यपालिका रहने छन् । स्थानीय व्यवस्थापिकाको रुपमा गाउँसभा र नगरसभा रहने छन् । जिल्ला सभा र जिल्ला समन्वय समितिलाई स्थानीय तहको समन्वयकारी भूमिका दिइएको छ । केही महत्वपूर्ण विषयमा स्थानीय व्यवस्थापिकाले समेत कानुन बनाउन सक्ने गरी संवैधानिक व्यवस्था गरिएको छ । 

स्थानीय तहका लागि २२ वटा अधिकार प्रत्यायोजन गरिएको छ । जसमा प्रहरी, सहकारी संस्था, एफएम संचालन, स्थानीय कर, स्थानीय सेवाको व्यवस्थापन, स्थानीय तथ्यांक र अभिलेख संकलन, स्थानीय आयोजना तथा परियोजनाहरु, आधारभूत तथा माध्यमिक शिक्षा, आधारभूत स्वास्थ्य र सरसफाइ, स्थानीय सडक, ग्रामिण सडक, कृषि सडक, सिँचाइ, गाउँसभा, नगरसभा, जिल्ला सभा, स्थानीय अदालत, मेलमिलाप र मध्यस्धताको व्यवस्थापन, स्थानीय अभिलेख व्यवस्थापन, घरजग्गा धनीपुर्जा वितरण, कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य सहकारी, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अशक्तहरुको व्यवस्थापन, बेरोजगारहरुको तथ्यांक संकलन, कृषि प्रसार व्यवस्थापन, संचालन र नियन्त्रण, खानेपानी साना जलविद्युत् आयोजना, बैकल्पिक ऊर्जा, विपद् व्यवस्थापन, जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण र भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास जस्ता अधिकारहरु संविधानले स्थानीय तहलाई दिएको छ । 

हुन त यो स्वार्थी दुनियाँमा रोजे जस्तो, खोजे जस्तो र चाहे जस्तो आशा लाग्दो नेतृत्व पाउन कठिन छ । तथापी अनुयायीहरू भएको, आचरण, क्रियाशील आपसी सम्बन्ध भएको, विभिन्न गुण जस्तै आत्मविश्वास, स्फूर्ति, सहिष्णुता, सत्यनिष्ठा युक्त भएका, अरुलाई प्रभावित गर्न सक्ने क्षमता भएको नै आज खोजिएको नेता हो । यसका साथै अनुयायीका कामको एकीकरण गर्न सक्ने क्षमता भएको, सामुहिक हितको एकतामा नेताको गुणहरु बहुआयामिक र व्यापक हुनुपर्छ । समूहमा निर्वाह गर्नुपर्ने औपचारिक भूमिका मात्रले नेताको भूमिका पुरा हुन सक्दैन बरु उसले निर्वाह गर्नुपर्ने व्यक्तिगत भूमिका पनि उतिकै महत्वपूर्ण हुन्छ । नेताहरु हरेक परिस्थितिसँग सामना गर्न सक्ने गुणवान र क्षमतावान हुनु पर्दछ । नेतामा हुनुपर्ने केही गुणहरु मध्ये अरुको कुरा सुन्न सक्ने क्षमता भएको, सही र तुरुन्त निर्णय लिन सक्ने क्षमता भएको सबैलाई बराबरी समय दिन सक्ने क्षमता भएको  नेता चाहिँएका हो । यसका साथै अर्काको ठाउँमा बसेर उसको मर्म बुझ्न सक्ने क्षमता भएको, उत्साही खालको, विश्वासिलो, समूहको प्रतिकात्मक (समूहको प्रतिकको ) रुपमा, ईमान्दार र जेहेन्दार, राम्रो व्यक्तित्व भएको, निष्पक्ष, उदार हृदय भएको र समय अनुसार अगाडि बढ्न सक्ने क्षमता भएको नेता हामीले चाहेको हो । यसका लागि उम्मेद्वार छनौटदेखि नै राजनैतिक दलले ख्याल गरी निर्वाचनमा पठाउँनु आजको आवश्यकता र समयको माग हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने मस्क रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दाको पेशी न्यायाधीशद्वय फुयाल र ढकालको संयुक्त इजलासमा आज तोलामै १७ सयले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो मलेसियाका पेट्रोल पम्पहरुमा काम गर्न विदेशी कामदारलाई खुला अनुसन्धानको म्याद सकिएकाले आज फेरि रविलाई कास्की अदालत उपस्थित गराइँदै नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता लिइँदै आजदेखि धरहरा चढ्दा शुल्क लाग्ने विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै हेर्नुहोस आइतबारको विदेशी मुद्राको विनिमय दर ! देशको यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना कर्मचारीहरुलाई हिमाली जिल्लामा आउन सहज र अभिप्रेरित गर्न जरुरी प्यालेस्टाइनमाथिको आक्रमण रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन चीनमा गएको ठूलो र आश्चर्यजनक हिमपहिरो जसको दृश्य नाटकीय देखिन्छ नवलपुरमा आज बिहान गैँडाको आक्रमणबाट एक जनाको मृ-त्यु प्रधानमन्त्री ओलीका बुबा मोहनप्रसाद ओली अस्पताल भर्ना विश्व शान्तिका लागि बौद्ध दर्शन पारस्पारिक हित लागि अपरिहार्य सेतु बन्नसक्छ: उपाध्यक्ष घिमिरे गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा हुन्छ : मन्त्री पाण्डे १८९ किलो गाँजासहित सिन्धुलीबाट एक जना पक्राउ मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक धरहरा प्रवेश गर्न ५० रुपैंयाँ, चढ्न दुईसय रुपैंयाँ शुल्क लाग्ने