2026-09-11 10:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

विद्यालयमै छिरेर धर्म परिवर्तनको प्रवचन, पक्राउ परे पास्टर भट्टराई

कैलाली | कैलालीस्थित एक सामुदायिक विद्यालयका कलिला विद्यार्थीलाई क्रिश्चियन धर्म परिवर्तन गराउन प्रवचन दिँदै हिँडेका एकजना पक्राउ परेका छन् ।

लम्कीचुहा नगरपालिका–१ स्थित लम्की सामुदायिक चर्चका पास्टर जन्मजय भट्टराईलाई प्रहरीले पक्राउ गरेको हो । उनले विद्यार्थीलाई क्रिश्चियन धर्मतिर आकर्षित गर्न विद्यालयमै पसेर प्रवचन दिएको भिडिओ भाइरल भएको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टका अनुसार भट्टराईलाई विद्यार्थीमाझ धर्म परिवर्तन गराउने गतिविधि गरेको अभियोगमा पक्राउ गरिएको बताए ।

धर्म परिवर्तन शीर्षकमै किटानी जाहेरी लिएर इलाका प्रहरी कार्यालय लम्कीले पक्राउ गरेका उनलाई अदालतबाट म्याद थपिएको छ । भट्टराईले क्रिसमस डेको पूर्वसन्ध्यामा लम्की क्षेत्रका विद्यालयमा पुगेर शैक्षिक सामाग्री बाँड्ने भन्दै विद्यार्थीलाई क्रिश्चियन धर्ममा लाग्न प्रेरित गरेको भिडियो भाइरल भएको छ।

उनले लम्कीचुहा नगरपालिका–१ मा स्थित शहिद स्मृती माध्यमिक विद्यालयमा विद्यार्थीलाई बाइबल र इसुबारे प्रचार गर्दै इसाई धर्म अंगाल्न भनेको भिडियोे सामाजिक सञ्जाल तातेको छ । उक्त भिडियो सार्वजनिक भएपछि प्रहरीले चासो दिएर अनुसन्धान प्रक्रिया थालेको थियो। त्यसपछि उजुरी लिएर भट्टराईलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस