-मनोहरी तिमिल्सीना

सरकारले बैशाख ३१ र जेठ ३१ मा स्थानीय निर्वाचन गर्ने घोषणा गरे पनि राजनीतिक वृत्तमा निर्वाचन बारेको अन्यौल पूर्णतः अन्त्य हुन सकेको छैन । निर्वाचनबारे सरकारले राजनीतिक तयारी गरिरहेको छ, निर्वाचन आयोगले सम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... -मनोहरी तिमिल्सीना

सरकारले बैशाख ३१ र जेठ ३१ मा स्थानीय निर्वाचन गर्ने घोषणा गरे पनि राजनीतिक वृत्तमा निर्वाचन बारेको अन्यौल पूर्णतः अन्त्य हुन सकेको छैन । निर्वाचनबारे सरकारले राजनीतिक तयारी गरिरहेको छ, निर्वाचन आयोगले सम"/>

११ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीय तह निर्वाचनबारे आठ आशङ्का र यथार्थ

१५ बैशाख २०७४, शुक्रबार ०८:३८

मनोहरी तिमिल्सीना । सरकारले बैशाख ३१ र जेठ ३१ मा स्थानीय निर्वाचन गर्ने घोषणा गरे पनि राजनीतिक वृत्तमा निर्वाचन बारेको अन्यौल पूर्णतः अन्त्य हुन सकेको छैन । निर्वाचनबारे सरकारले राजनीतिक तयारी गरिरहेको छ, निर्वाचन आयोगले सम्पूर्ण प्राविधिक तयारी गरिरहेको छ, सुरक्षा अङ्गले सुरक्षा प्रबन्ध मिलाइरहेको छ । तर, पनि निर्वाचन हुन्छ त रु भन्ने प्रश्न अझै निस्तेज भइसकेको छैन । राजनीतिक वृत्त र जनमानसमा निर्वाचनबारे केही अन्यौल र भ्रमहरु छन् । वर्तमानमा निर्वाचनबारे रहेका आशङ्का र यथार्थलाई यसरी प्रस्तुत गर्नु सान्दर्भिक हुन्छ ।

आशङ्का ९१०:

सरकार नै निर्वाचन चाहँदैन । निर्वाचन रोक्न नै सरकारले कहिले संविधान संशोधन त कहिले दुई चरणमा निर्वाचनको कुरा गरिरहेको छ । यथार्थमा सरकार नै निर्वाचनको विपक्षमा छ । यो भ्रम मूख्यतः प्रतिपक्षी दल र नेताहरुबाट व्यक्त हुने गरेको देखिन्छ ।

सरकार निर्वाचनप्रति पूर्ण प्रतिवद्ध छ । प्रधानमन्त्री स्वयं उपयुक्त वातावरण बनाएर सम्पूर्ण शक्तिलाई निर्वाचनमा लैजाने भगिरथ प्रयत्नमा लागि रहनुभएको छ । निर्वाचनबारे सम्पूर्ण कानूनहरु पारित भइसकेका छन्, सुरक्षा, प्रशासन लगायतका सम्पूर्ण प्राविधिक तयारी पुरा भइसकेको छ । निर्वाचन आयोगले दुवै चरणको निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ । प्रधानमन्त्रीको निरन्तरको पहलकै कारण तयारीको कामले तिब्रता लिएको छ । यस्तो परिस्थितिमा सरकार निर्वाचन चाहँदैन भन्ने भ्रम पाल्नु कि त राजनीतिक अज्ञानता कि राजनीतिक पूर्वाग्रह मात्रै हुन्छ ।

जहाँसम्म निर्वाचनको मूखैमा संविधान संशोधन किन रु भन्ने प्रश्न छ । संविधान निर्माणका बेला प्रतिध्रुवमा रहेका दलहरुलाई पनि निर्वाचनको प्रक्रियामा सामेल गर्न आवश्यक छ ।

उनीहरुले उठाएका जायज मागहरुलाई सम्भव भएसम्म सम्बोधन गर्दा नै निर्वाचनको वातावरण थप बलियो हुन जान्छ । त्यही प्रयोजनका निम्ति छोटो बाटोबाट संविधान संशोधन गरी सबैलाई निर्वाचनमा होम्न खोजिएको हो । त्यसका लागि थप समय आवश्यक भएकाले नै चारवटा प्रदेशमा दोस्रो चरणमा निर्वाचन गर्ने निर्णय भएको छ । यथार्थ यो हो, ‘सम्भव भएसम्म सबैलाई मिलाएरै निर्वाचनमा जाने हो । तर, कुनै कारण देखाएर जो–सुकै भाग्न खोजोस्, घोषित निर्वाचन कुनै हालतमा रोकिँदैन ।’

आशङ्का ९२०:

मधेशी मोर्चा र सङ्घीय गठबन्धनले निर्वाचन हुन दिँदैन । उनीहरु निर्वाचन रोक्नकै लागि अनेक बहाना खोजिरहेका छन् । अन्तिममा निर्वाचनबाट भागेर मोर्चा आन्दोलनमै पुग्छ । यिनीहरुसँग सहमतिको प्रयास गरेर समय फाल्नु व्यर्थ छ ।

मधेशी मोर्चा र सङ्घीय गठबन्धन पनि निर्वाचनमा सहभागी हुने सैद्धान्तिक समझदारी भइसकेको छ । सरकार र सङ्घीय गठबन्धनबीच भएको सहमतिले केही दिनभित्रै लिपिवद्ध हुँदैछ । मधेशी मोर्चा र सङ्घीय गठबन्धनभित्र पनि निर्वाचनमा जानेबारे समान धारणा बन्दैछ । निर्वाचनबाट भाग्नु मोर्चाकै लागि आत्मघाती हुन्छ भन्ने नेताहरुको विश्लेषण छ । पाँच वर्षसम्म स्थानीय तहमा आफ्नो अनुपस्थिति रहँदा आउने राजनीतिक जटिलताबारे मोर्चा पनि अनविज्ञ पक्कै छैन । यस्तो परिस्थितिमा मोर्चा निर्वाचनबाट भाग्नसक्ने अवस्था छैन ।

आशङ्का ९३०:

एमालेलाई सरकार बाहिरै राख्ने खेलले निर्वाचनको वातावरण बिग्रदैछ । एमालेका विरुद्ध घेराबन्दी गर्ने सत्ताधारी दलहरुको सोंचले निर्वाचनमाथि आशङ्का बढिरहेको छ । एमाले पनि एक्लै निर्वाचनमा होमिने आँट गरिरहेको छैन । यस्तो परिस्थितिमा निर्वाचन कसरी सम्भव होला रु

सरकार सबैसँग एकता र सहकार्यका माध्यमबाटै अगाडि बढिरहेको छ र बढ्नेछ । प्रचण्ड नेतृत्वको सरकारको नौं महिने अवधिमा राजनीतिक द्धन्द्ध नहुनुले सरकारको सहमतीय संस्कारलाई नै पुष्टि गर्दछ । प्रधानमन्त्री र माओवादी केन्द्र कसैसँग पूर्वाग्रह राखेर देशलाई राजनीतिक द्धन्द्धमा अल्झाउने पक्षमा छैन । सरकार सबै शक्तिसँग सहकार्य गरेर नै देशलाई निकास दिने र संविधानको सफल कार्यान्वयन गर्ने पक्षमा छ । यसैले कसैमाथि पूर्वाग्रहको भय आफैमा काल्पनिक छ ।

माओवादीको कसैलाई घेराबन्दी गर्ने सोंच र नीति छैन । त्यस्तो सोंचले मुलूकमा राजनीतिक स्थिरता र समृद्धिको यात्रा अवरुद्ध हुने यथार्थ उसलाई राम्रोसँग बोध छ । निर्वाचनकै सन्दर्भमा स्थानीय स्तरमा नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलहरुसँग देखिएको सहकार्यले माओवादी निरपेक्ष रुपमा कसैको पक्ष र विपक्षमा छैन भन्ने कुरालाई नै पुष्टि गर्दछ ।

आशङ्का ९४०:

पराजयको भयले माओवादी केन्द्र नै निर्वाचनमा हेलिन चाहिरहेको छैन । यही कारण नै माओवादी केन्द्रका नेताहरु निर्वाचनबारे दोहोरो भूमिका खेलिरहेका छन् । बाहिर निर्वाचनको कुरा गरे पनि भित्र नेताहरु चुनाव गर्न नदिनेमा छन् ।

यो आशङ्का मात्रै नभएर माओवादीमाथि लगाइएको मिथ्या आरोप मात्रै हो । माओवादी २०७० को जस्तो कमजोर अवस्थामा छैन । विभाजित माओवादी धाराहरुको एकता भएको छ, नयाँ शक्ति लगायतका पार्टीहरुबाट माओवादी आन्दोलनमा समाहित हुने क्रमले तिब्रता पाएको छ । नौ महिनाको अवधिमा सरकारले गरेका कामहरुबाट माओवादीको लोकप्रियता बढ्दो छ । सरकारका उपलब्धिले देशको परिवर्तन र समृद्धिको नेतृत्व माओवादीले मात्रै गर्न सक्छ भन्ने सन्देश प्रवाह भएको छ । यो माओवादीका लागि अनुकूल परिस्थिति हो ।

अहिलेको सन्दर्भमा माओवादी नै निर्णायक शक्ति हो । माओवादीको निर्णयले नै निर्वाचनमा जीत, हारको फैसला हुने परिस्थिति छ । आफू निर्णायक भएको परिस्थितिमा माओवादीले निर्वाचन नचाहने होइन, हरहालतमा निर्वाचन गराउन चाहन्छ र निर्वाचन भएरै छोड्छ ।

आशङ्का ९५०:

एमाले र मधेशी मोर्चा दुवै विपरित धारबाट चुनाव हुन नदिनेमा छन् । मधेशी मोर्चा संविधान संशोधन बिना चुनाव हुनै दिँदैन । एमाले संविधान संशोधन रोकेर चुनाव हुनै दिँदैन । यसकारण अब निर्वाचन हुँदैन । अन्तिम समयमा आएर निर्वाचन रोकिन्छ ।

एमाले र मधेशी मोर्चाले जिम्मेवारपूर्ण ढङ्गले कदम चालेको देखिँदैन, यो सत्य हो । दुवै शक्ति आफ्नो साँधुरो घेरा र मनोविज्ञानबाट ग्रसित छन् । तर, गाउँपालिका र नगरपालिकाको नयाँ संरचना व्यवहारमा प्रयोग गर्ने बेला उनीहरु निर्वाचनविरुद्ध उभिन सक्दैनन् । राष्ट्रिय परिस्थिति र जनताको मनोविज्ञानलाई दलहरुले तोड्न सक्ने परिस्थिति नै छैन । घोषित रुपमा निर्वाचनका विपक्षमा उभिने शक्तिहरु राजनीतिबाटै बढारिने खतरा छ । यस्तो अवस्थामा एमाले र मोर्चाले आफ्नै खुट्टामा बञ्चरो हान्नसक्ने छैनन् ।

आशङ्का ९६०:

निर्वाचनको बीचमा सरकार परिवर्तनको सहमतिले निर्वाचन बिथोलिन्छ । बैशाख ३१ को पहिलो चरणको निर्वाचनपछि प्रचण्डले राजीनामा दिएर देउवालाई प्रधानमन्त्री बनाउने सहमतिले निर्वाचन हुने परिस्थिति नै बन्दैन । निर्वाचन नगर्न नै सरकार परिवर्तनको खेल भइरहेको छ । प्रचण्ड जान्छन् र देउवा आउँछन् ।

यो आशङ्का र तर्क दुवै सतही देखिन्छ । वर्तमान गठबन्धन निर्वाचनप्रति प्रतिवद्ध छ । संवैधानिक व्यवस्थाअनुरुप तीनै तहको निर्वाचन सम्पन्न गर्नु गठबन्धनको अर्जुनदृष्टि हो । संविधानको कार्यान्वयनभन्दा माथि सरकारको फेरबदल हुन सक्दैन । अर्को कुरा, पहिलो चरणको निर्वाचनपछि देउवालाई सत्ता हस्तान्तरणको कुनै सहमति भइसकेको छैन । प्रचण्ड नेतृत्वकै सरकारले दोस्रो चरणको निर्वाचन सम्पन्न गर्नेमा आशङ्का गर्ने ठाउँ छैन । पहिलो निर्वाचनपछि सत्ता हस्तान्तरणकै मुद्दाले प्रवेश पाउने स्थिति आयो भने गठबन्धनको औचित्य नै धरापमा पर्ने र देउवा सत्ताको केन्द्रमा पुग्ने परिस्थिति झनै प्रतिकूल हुने यथार्थप्रति कांग्रेस नेताहरु अनविज्ञ छन् भन्न मिल्दैन ।

आशङ्का ९७०:

सरकार निर्वाचनको बीचमा बजेट ल्याउने तयारीमा छ । यसले दलहरुको ध्रुवीकरण बढ्न गई चुनाव रोकिन्छ । अर्कोतिर, सरकार लोकप्रिय बजेट ल्याएर निर्वाचनमा आफ्नो प्रभाव बिस्तार गर्न चाहन्छ । निर्वाचन आचारसंहिता उलङ्घन गर्ने सोंचले निर्वाचन प्रभावित हुन्छ ।

यो आशङ्का पनि सत्यको धरातलमा उभिएको देखिँदैन । जेठ १५ मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ, यसलाई सरकारले चाहेर तोड्न सक्दैन । अर्कोतिर, संविधानमै व्यवस्था भएको बजेटका सन्दर्भमा आचारसंहिता आकर्षित नहुने कुरा निर्वाचन आयोगले प्रष्ट पारिसकेको छ । त्यसैले संविधानमै व्यवस्था भएको बजेटको प्रसङ्गलाई निर्वाचनसँग जोड्नु फगत राजनीतिक आग्रह मात्रै हुन्छ ।

जहाँसम्म बजेटकै कारण निर्वाचन बिथोलिने आशङ्का छ, त्यो समाधान खोज्नै नसक्ने विषय होइन । निर्वाचनमा सबै शक्ति सहमत हुँदा बजेटमा विविध बिकल्पहरुको खोजी हुन सक्दछ । पहिलो कुरा, निर्धारित मितिमै बजेट ल्याएर अघि बढ्ने बिकल्प नै राम्रो हो । बजेट सरकारले नै ल्याउने हो, यसमा विवाद गरेर देशको समृद्धि र विकासको यात्रा रोक्नु कुनै पनि दलको पक्षमा हुँदैन । दोस्रो कुरा, निर्धारित मितिमै सबै दलहरुको समझदारीमा बजेट ल्याउन सकिन्छ, यसका लागि सबै दल सम्मिलित कार्यदल बनाएर बजेटको गृहकार्य गर्न सकिन्छ । तेस्रो कुरा, संविधान परिमार्जनमार्फत् बजेटको संवैधानिक सीमालाई निर्वाचनपछि लैजान सकिन्छ ।

आशङ्का ९८०:

निर्वाचनका लागि जेठ ३१ को समय प्रतिकूल हुन्छ । अर्को कुरा, विप्लव समूह र छिमेकी शक्ति निर्वाचन रोक्न प्रयत्नशील छ । यसले निर्वाचन हुने परिस्थिति नै बन्दैन । केही स्थानमा निर्वाचन भएपनि देशभरी निर्वाचन हुने परिस्थिति छैन ।

जेठ ३१ को निर्वाचनमा मौसमी कारणले प्रतिकूल हुन्छ भन्ने भ्रम हो । त्यसमाथि मौसमकै कारण मतदान प्रभावित हुन्छ भन्नु त्यति सान्दर्भिक हुँदैन । निर्वाचनमा छिमेकीको सद्भावमा कुनै शंका छैन । नेपालका राजनीतिक शक्तिहरुको एकता निर्वाचनको पूर्वशर्त हो । हाम्रो निर्णय नै अन्तिम हो र हुन्छ । यसमा विदेशीहरुको सद्भाव रहन्छ । तर, प्रभावित हुन सक्दैन । सरकार आफ्नै निर्णय र गन्तव्यका आधारमा दृढतापूर्वक अघि बढिरहेको छ । यसमा बिप्लव लगायतका शक्तिहरुको भूमिकाले खासै ठूलो प्रभाव राख्दैन ।

देश सम्पूर्ण रुपले निर्वाचनमा होमिएको छ । अब कुनै पनि शक्तिले निर्वाचन रोक्नै सक्दैन । सरकारको पहिलो प्रयत्न हो, ‘सबै शक्तिलाई मिलाएर निर्वाचनमा जानु ।’ तर, कुनै पनि शर्त र तर्कमा निर्वाचनमा नजाने प्रयत्न वा नियत देखिए सरकार निर्भिकतापूर्वक निर्वाचनमा जान्छ । निर्वाचनको प्रक्रिया नरोकी निर्वाचनपूर्वको अवधिलाई निर्वाचनको वातावरण बनाउनेतिर केन्द्रित गर्ने सरकारको प्रयत्न हो । तसर्थ, निर्वाचनबारेका सम्पूर्ण भ्रम र आशङ्काहरुबाट मुक्त भई निर्वाचनमा होमिनुको अर्को बिकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रहरी प्रधान कार्यालयले ३० जना सम्पर्कविहीन प्रहरीहरुलाई ७ दिन भित्र हाजिर हुन दिए निर्देशन धनुषामा एक महिलाको शव गाडेको अवस्थामा फेला दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण पुग्यो अन्तिम चरणमा चार संसदीय समितिको बैठक आज बस्दै बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ? यस्तो रहने छ आजको मौसम ! हेर्नुहोस जाजरकोटको नायकवडा केन्द्र बनाएर बिहान गयो भूकम्प मिलनको अपराधले परिवारजन स्तब्ध, शोकाकुल आमा भन्छिन्– छोराकै मुखबाट सुन्न चाहन्छु अजरबैजान विमान दुर्घटना : ३० भन्दा बढीको मृत्यु, २८ जनाको जीवितै उद्धार अवैध सुन तस्करीको सूचनापछि अपरेसन चलाउँदा ९२ लाख रकम बरामद कवाड व्यवसायीले काठमाडौं महानगरपालिका घेर्ने मन्त्रिपरिषद्को निर्णय : सहकारी बोर्ड खारेजदेखि राखेपमा ८ सदस्य नियुक्तिसम्म मिलनको मोबाइलमा भेटियो कुलप्रसाद र प्रविणको हातले बनाएर क्रस चिन्ह लगाइएको स्केच एआई प्रयोग सम्बन्धी कानुन चाँडै निर्माण हुन्छ : मन्त्री गुरुङ काठमाडौं आइपुगे सोनु निगम बालकोटमा हत्या गरिएका बाबु–छाेराको अन्त्येष्टि, ८१ वर्षीय षडानन्दले दिए छोरा–नातिलाई दागबत्ती मुलुकमा संकट पर्दा कांग्रेस र एमाले जहिल्यै एकताबद्ध छन् : ईश्वर पोखरेल एमाले सचिवालय बैठक जारी कजाख्स्तान यात्रुवाहक जहाज दुर्घटना: २५ यात्रु बाँच्न सफल(अपडेट) दिपेन्द्र सिंह ऐरीले पाए कार, कारमा लाग्ने कर पनि शारडा ग्रुपले नै व्यहोर्ने