पूर्ण प्रसाद न्यौपाने (ओखलढुंगा) | दोस्रो चरणको स्थानीय तह निर्वाचन नजिकिँदै छ । वर्षौंदेखि स्थानीयहरुले आफूले चाहेको नेता पाएका छैनन् । करिब बीस वर्षपछि हु"/>
पूर्ण प्रसाद न्यौपाने (ओखलढुंगा) | दोस्रो चरणको स्थानीय तह निर्वाचन नजिकिँदै छ । वर्षौंदेखि स्थानीयहरुले आफूले चाहेको नेता पाएका छैनन् । करिब बीस वर्षपछि हु"/>
पूर्ण प्रसाद न्यौपाने (ओखलढुंगा) | दोस्रो चरणको स्थानीय तह निर्वाचन नजिकिँदै छ । वर्षौंदेखि स्थानीयहरुले आफूले चाहेको नेता पाएका छैनन् । करिब बीस वर्षपछि हुन लागेको स्थानीय निर्वाचनमा मतदान गर्न पाउने भएपछि देश तथा विदेशबाट मतदान गर्न आफ्नो जन्मथलो फर्कनेको दिनप्रतिदिन लहर लाग्ने गरेको छ ।
ओखलढुंगामा पनि चुनावी चर्चा परिचर्चा पनि उत्तिकै छ । चिया पसल देखि दलका पार्टी कार्यालयहरुमा चुनाव कसरी जित्ने भन्ने नेता तथा कार्यकर्ताको बहस चल्दै छ । पार्टीले पनि आआफ्ना उम्मेदवारहरु घोषणा गर्दैछन् । कोही उम्मेदवार बन्नलाई आफ्नो पेसा नै राजीनामा दिएर मैदानमा उत्रिसकेका छन् । त कुनै आफ्नो व्यवसाय नै ठप्प राखेर मैदानमा छन् । कुन गाउँपालिका वा नगरपालिकामा कसले कति पैसा खर्च गरेर चुनाव जित्ने भन्ने विषयमा मात्र बढी बहस भएको सुनिन्छ ।
हामी ‘नोट दिन्छौँ भोट लिन्छौँ’ भन्ने नेता कार्यकर्ता पनि थुप्रै देखिन्छन् । कतिपय त ‘एनी हाउ चुनाव जिताऊ’ भनेर व्यक्तिगत रुपमा पार्टीको प्रचारमा लागेका छन् । तिनीहरुको काम, कसरी मतदाताहरुलाई घुस खुवाएर आफ्नो पक्षका बनाउन सक्ने भनेर प्रचारमा छन् ।
अचम्मको कुरा त ‘यसलाई यति रुपियाँ दिए भइहाल्छ’ भनेर बार्गेनिङ गर्नेहरु पनि देखिन थाले । आर्थीक अवस्था कमजोर भएका समुदायका लागि यतिबेला नेताहरुले पैसामा भोट किन्ने तयारी गरिरहेका छन् । के यसरी पैसाले मतदाताहरु किन्नेले भोलि समाजको विकास गर्ला ?
निर्वाचन आयोगले निर्वाचनमा उम्मेदवारहरुले कति खर्च गर्न पाउने भनेर निर्धारण गरेको छ । जिल्ला समन्वय समितिका वडा सदस्यले बढीमा एक लाख ५० हजार र सबैभन्दा धेरै खर्च गर्न पाउने महानगरपालिकाका प्रमुख र उपप्रमुखले सात लाख ५० हजार खर्च गर्न पाउने व्यवस्था गरिएको छ । त्यस्तै महानगरपालिकाका वडा अध्यक्षको चुनाव खर्चको सीमा तीन लाख तोकिएको छ भने उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखले पाँच लाख ५० हजार र वडा सदस्यले दुई लाख ५० हजार चुनावमा खर्च गर्न पाउनेछन् ।
नगरपालिकाका प्रमुख र उपप्रमुखले चार लाख ५० हजार र वडा सदस्यको खर्च दुई लाख मात्रै गर्न पाउने व्यवस्था गरिएको छ । गाउँपालिका प्रमुख र उपप्रमुखले तीन लाख ५० हजार र वडा अध्यक्षले एक लाख ५० हजार खर्च गर्न पाउनेछन् । त्यसबाहेक जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखले दुई लाख ५० हजार र सदस्यले एक लाख ५० हजार खर्च गर्न पाउने गरी आयोगले तोकेको हो ।
उम्मेदवारले मतदाता नामावली खरिद, सवारी साधन र घोडा,सवारी इन्धन र दाना, प्रचारप्रसार सामग्री, ढुवानी, कार्यकर्ता परिचालन, कार्यालय सञ्चालन लगायतमा खर्च गर्नका लागि मात्र भनिएको छ । तर ओखलढुंगामा त सामान्य वडा तथा नगरपालिकामा नै ३०/३५ लाख खर्च नगर्दा चुनाव जितिन्न भनेर त्यो तयारीमा छन् । यसरी तोकिएको रकम उल्लङ्घन गर्दै करिब पाँच चौथाइ बढी खर्च गरेर चुनाव जित्न खोज्नु पक्कै पनि जनता तथा समाजका लागि घात हुनु हो ।
चुनावमा आफ्नो मतको पैसा दिने र पैसा खाने भनेकै राज्यका शत्रु जस्तै हुन् भन्छन् जानकारहरु । यसमा मदाताहरुले सजग हुनु जरुरी छ । यो अवधिमा सबैभन्दा ठूला भनेका मतदाता हुन् । मतदाताले जसलाई चुनावमा मतदान गर्यो, त्यो भोलिको नेतृत्व गर्ने नेता हो । जसलाई मतदाताले मत दिएर बनाएको हुन्छ । त्यो नेतालाई नेतृत्वमा पुर्याउनका लागि विभिन्न समुदायका दाजुभाइ सहयोग गरेर बनाएका हुन्छन् । सहयोग गर्नेले पनि कुन आधारमा सहयोग गरेका छन् ? आफ्नो मत पैसामा बेचेर कि हाम्रोभन्दा राम्रोलाई जिताऊँ भन्ने अभियानमा लागेर निःस्वार्थ सहयोग गरेका छन् । त्यो नेतृत्वकर्ताले बुझ्नुपर्छ । विकासका लागि राम्रोलाई निःशुल्क मतदान गर्नुपर्छ ।
नेताहरुले त आफू नेतृत्व गर्नका लागि गद्दारी काम गर्छन् । चुनावमा जाँदा विभिन्न आश्वासन दिन्छन्, पैसा बाँड्छन्, कपडा बाँड्छन, आशा देखाउँछन् अनि चुनाव जित्छन् । लालचमा लागेर मतदान गर्दा भोलि जनताले कुरा गर्ने बाटो नै हुदैन । त्यसैले मतदाताले पैसाको लालचमा बिक्नु उपयुक्त छैन । हामीले कस्तो नेतालाई मतदान गर्ने ? त्यो बुझ्नु जरुरी छ । कुन नेताले गर्दा समाजलाई फाइदा भएको छ ? को नेताले समाजलाई माया गर्छ, विकासका काममा चिन्ता गर्छ ? कुन नेताले गर्दा देश तथा समाजलाई घात भइरहेको छ, त्यो राम्ररी बुझेर राम्रोलाई निःशुल्क मतदान गर्ने हो भने खेर जाँदैन । त्यो नेताले पनि निःस्वार्थ देशको सेवा गर्छ । अनि हामी विकासको गतिमा लम्किन्छौँ ।
चुनावमा पैसा तथा सामानसँग मत किनबेच गर्नुभन्दा ठूलो गद्दारी अरु केही हुन सक्दैन । त्यसैले क्षणिक रुपमा होइन, समाजलाई दिगो रुपमा फाइदा गराउनु हाम्रो स्वार्थ हो । त्यतातिर लागौँ । कस्तो नेतालाई मतदान गर्दा हामीलाई फाइदा हुन्छ ? त्यो सोचेर मतदान गरेमा हामीलाई सबै कुराको दिगो रुपमा फाइदा हुन्छ । विकासका पूर्वाधारहरु आफ्नै वरिपरि हुन्छन । त्यसो भए हामीलाई कुनै कुराको पनि कमी भएको महसुस हुँदैन ।
विगतमा पनि कति नेताहरुले चुनावको बेला कपडा बाँडे तर चिसो हटाउने जुक्ति बाँडेनन् । पैसा बाँडे तर पैसा कमाउन सिकाएन । यसरी विभिन्न सामान बाँडेर क्षणिक रुपमा फाइदा देखिने तर लगत्तै घात हुने काम गरेको हामीलाई अवगत नै छ ।
अब मतदाताले व्यक्तिगत स्वार्थ, लोभ, लालचमा नलागी समग्र देश विकासमा टेवा पुर्याउने उद्देश्यले नेतालाई आफूले छनौट गरी मतदान गर्नु उपयुक्त हुन्छ । हामी क्षणिक स्वार्थमै लाग्नाले पचासौँ वर्ष पछाडि परिसकेका छौँ । राम्रो नेता र राम्रो नेतृत्व नपाएका कारणले ।
गाउँगाउँमा गएर विभिन्न आश्वासन दिने र जितेपछि फर्केर पनि नहेर्ने गरेका नेताहरु धेरै फेरिइसकेका छन् हाम्रा समाजले ।
यो संविधानसभाको निर्वाचन होइन । यो स्थानीय तहको निर्वाचन हो । त्यसैले कोही पत्रकार, कोही नेता,शिक्षक, कोही ब्यापारी, कोही सर्वसाधारण आउँदैछन्, गाउँगाउँमा भोट माग्नलाई । तिनीहरु को हुन त ? कस्तो खाले हुन् ? हिजोको दिनसम्म तिनीहरुले के कस्ता काम गरेका थिए ? समाज तथा देशलाई टेवा पुग्ने गरी ? मतदाताहरुले अध्ययन गर्नु जरुरी छ । भोलि आफूले दिएको मत खेर नजाओस् । पैसाको लालचमा नलाग्ने हो भने भोलि नेताहरु पनि आफैं सुूिनेछन् । चुनावको बेला मत आफ्ना पक्षमा पार्नका लागि बाँड्ने सामान पनि खाने मतदाता नपाएमा पछि तिनै नेताहरु बाँड्न आउने छन् योजना ल्याएर ।
कतिपय नेता यस्ता पनि आउन थाले, चुनावका बेला केन्द्रसँग लिङ्क छ भन्दै गाउँगाउँमा पस्न थाले भोट माग्नलाई । राजधानी नछोड्नेहरु पनि गृह जिल्लामा आएर टिकटका लागि दौडधूप गर्दैछन् । जनताले नाम नै नसुनेका, अनुहार नै नदेखेकाहरु नेताहरु आएका छन् गाउँगाउँमा । नेताका नाममा कलङ्कहरूले पैसा बाँडेपछि भोट दिइहाल्छन् भन्ने सुनिन्छ ।
चुनावमा हामीले किनबेच गरेको मत त्यसै दिन टुङ्गिछ । नेता र मतदाताका सम्बन्ध पनि त्यसैदिन टुङ्गिन्छ ।
जसरी हामी पसलमा सामान किन्छौँ । त्यसैले हामीलाई लामो समयसम्म सम्बन्ध बलियो बनाउनका लागि लालचमा नफस्नु राम्रो हुन्छ । साथै समाजका सर्वसाधारण जनताहरुलाई यो विषयमा चेतना फैलाउनु जरुरी छ । अहिले जानकारी गराउने समय प्रशस्तै छ । पछि गएर पस्ताउनु नपरोस् ।
भ्रष्टाचारी, इज्जतको ख्याल नगर्ने, बेइमानीसँग मिलेर आफ्नो भोटको बार्गे्निङ गर्ने हो भने हामीले कहिल्यै न्याय पाउदैनौँ । काम गरेर खाने मजदुर दाजुभाइको पसिनाको मूल्य कहिल्यै पाइर्दैन् । पीडितहरुले थप पीडा भोग्नुपर्छ । पीडकहरू झन् हौसलामा उत्रन्छन् । फेरि लाचारहरु सत्तामा टिक्नका लागि देशका कुना कन्दरा नै बेच्छन् । त्यसैले पैसाको पछाडि होइन राम्रो र सक्षम नेतृत्व गर्ने भोलि सबैका आवाजलाई समावेस गर्न सक्ने नेतालाई मतदान गर्नु अहिलेको मुख्य आवश्यकता हो ।
हाम्रो देशमा भ्रष्टाचारी नेता, कार्यकर्ता तथा कर्मचारीहरु मौलाउनुमा पनि हामी मतदाताहरुको हात छ । हामीले सच्चा देशलाई माया गर्ने, मभन्दा पनि हामी भन्ने, मेरोभन्दा पनि हाम्रो भन्ने, चुनावको दिन मात्र होइन अरु समयमा पनि हाम्रा अवस्थाहरु बुझ्ने, चुनावमा पैसा बाड्ने होइन समस्या टिप्ने नेतालाई मतदान गरेका हामी धेरै अगाडि बढीसकेका हुन्थ्यौँ ।
हाम्रो समाजलाई हामीलाई नै परिचालन गर्न सक्ने, विकास निर्माणलगायत विभिन्न काममा स्थानीयलाई नै काम गराउन सक्ने नेतृत्वको खाँचो छ । त्यसैले जनताले चाहेको र देशले मागेको नेतालाई मतदान गर्ने हो भने विकासमा हामी निकै अगाडि बढ्ने छौँ ।
मतदाताहरुले पनि बुझेर मतदान गर्दा राम्रो हुन्छ । त्यसैले नेताहरुले पनि नोट बोकेर होइन, विकासका योजनाहरु बोकेर भोट माग्न जाँदा राम्रो हुन्छ । भोट माग्न जाँदा नोट लिएर होइन, विकासका योजनाका खाका लिएर जाने हो भने चुनाव जितिन्छ ।
त्यसैले म अनुरोध गर्छु : मतदाताहरुले पनि बोइलरले दाँत माझेर बियरले दाँत माझ्न नखोजाँै । र उमेद्वारहरुले पनि मतदाता किन्ने होईन,विकास र परिवर्तनका लागि मिसन र भिजन तय गर्नुस् । चुनाव जित्नुस् विकासमा लाग्नुस् सबैलाई अग्रिम शुभकामना ।