तारादेवी सुनुवार

नेपालको संविधान २०७२ को व्यव्स्था पश्चात संघियता लागू भई स्थानिय तहको पहिलो चरणको निर्वाचन केहि प्रदेशहरुमा सम्पन्न भएको छ भने बाँकी प्रदेशमा तदारुकताका साथ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... तारादेवी सुनुवार

नेपालको संविधान २०७२ को व्यव्स्था पश्चात संघियता लागू भई स्थानिय तहको पहिलो चरणको निर्वाचन केहि प्रदेशहरुमा सम्पन्न भएको छ भने बाँकी प्रदेशमा तदारुकताका साथ "/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

निर्वाचित महिला पदाधिकारीहरुलाई अवसर र चूनौती एकै साथ

२४ जेष्ठ २०७४, बुधबार ०२:५३

तारादेवी सुनुवार

नेपालको संविधान २०७२ को व्यव्स्था पश्चात संघियता लागू भई स्थानिय तहको पहिलो चरणको निर्वाचन केहि प्रदेशहरुमा सम्पन्न भएको छ भने बाँकी प्रदेशमा तदारुकताका साथ चूनावी मैदानमा सबै दलहरु उत्रिएका छन । महिला र पुरुष समान जन्मेका हन्छन र पनि दुई पंक्ष बिच अुसमान खाडल रहिरहयो । नेपालमा १९७४ साल देखि नेपाली महिलाहरु अधिकारको पंक्षमा संगठित भएर लागेको इतिहास छ । महिला अधिकारको पंक्षमा जाहानिय राणाशासनको विरुद्धमा लडेका थिए । जुन बेला लडने सहास गर्ने सहासी महिलाहरु योगमाया,दिव्य कुमारी कोइराला,पूर्ण कुमारी देवी लगायतका महिलाहरु थिए ।  महिला अधिकारको लागि  पलपलमा लडिरहे २००४ सालमा आन्दोलनले राजनितिक प्राप्तिको नया स्वरुप  ग्रहण गरेको थियो । जति बेला राजनितिक अधिकार प्राप्तीका लागि साहना प्रधान, साधना प्रधान र स्नेहलता लगायतका  महिलाहरु आन्दोलनको अग्रपंतिमा उत्रिएका थिए । त्यसको फलस्वरुप केही अधिकार पनि प्राप्त भयो परिणामा पध्मकन्या स्कुल खोलिएको थियो । महिला मूक्तिको गाथा अथाह छ आधुनिक आन्दोलन नै पुस्तौ देखि जारी छ । के देश के महादेश विश्वभरी जारी छ ।  नेपालमा महिलाहरु आफ्नो अधिकारको लागि लडदै गर्दा २०४६ सालको ऐतिहासिक जनआन्दोलन र त्यसले स्थापित गरेको बहुदलिय व्यवस्थाले प्रजातन्त्रलाई विस्तार गर्ने क्रममा महिलालाई विभिन्न किसिमका अधिकारको मुद्धामा केन्द्रित भएर आवज उठाइएका थिए जस्तै छोरा सर छोरीलाई पैतृक सम्पतिमा हक, महिलाको प्रजनन अधिकार,विवाह र सम्बन्ध विच्छेद महिला अधिकारको प्रत्याभूति ,घरेलु हिंसा, चेलीबटी बेचबिखन, र बलत्कार जस्ता सामाजिक अपराध विरुद्ध कडा कानूनी व्यवस्था आदी महिलाका मुद्धाहरु थिए ।  क्रमस उपलब्धि पनि हासिल भएको छ । २०६२।०६३को जनआन्दोलन पश्चात लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ ।

जुन आन्दोलनमा पनि महिलाको मुद्धाहरु समेटिएका थिए ।  पुन स्थापित प्रतिनिधि सभाले महिलाको सहभागिता प्रत्येक अंगमा एक तिहाई सुनिश्चत गरेको थियो । देशको मूल कानून संविधान बनाउन गठित संविधान सभामा ३३ प्रतिशत महिलाको संख्या थियो । तत्पश्चात नेपालको  संविधान २०७२ जारी भई कार्यान्वयन पूर्ण रुपमा भएको छ । दोस्रो संविधान सभाले महिलाको विषयमा राखेको विचार तथा छलफलका परिणाम स्वरुप महिला अधिकारहरु संविधानमा समेटिएका छन । राज्यका सबै निकायहरुमा महिलालाई समानुपातिक सिद्धान्तको आधारमा सहभागिता हुने हक बामोजिम संविधानको भाग १७ स्थानिय कार्यपालिका धारा २१५ ,२१६ ,२२० र २२२ कार्यान्वयन भई सकेको छ । प्रत्येक गाउँपालिकामा प्रमुख वा उप प्रमुख मा एक जना महिला को उम्मेदवारी अनिवार्य यसै गरि हरेक नगर र महानगर पालिकामा पनि एक जना प्रमुख वा उप प्रमुख महिला हुने पर्ने एक जना महिला सदस्य र एक जना दलित महिला सदस्यको उम्मेवारी अघि सार्नु पर्ने बाध्यत्मक कानूनी व्यवस्थाले महिलाको राजिनितिक सहभागितामा ठूलै फडको मारेको छ । यो महिलाहरुले राजनितिक क्षेत्रमा पाएको अवसर हो । राजनितिक क्षेत्रमा महिलाहरुको उपस्थिती कम्तीमा ४० प्रतिशत सुनिश्चित छ यो महिलाको लागि ठूलो र देशमै पहिलो अवसर हो ।

राजनितिक क्षेत्र  कुनै टिक्का टिप्पनी ,तर्क विर्तक ,अरुको कम्जोरीको चिओ चर्चा,रिस फेर्ने थलो आफन्तको जगेर्ने गर्ने ठाउँ मात्रै नभएर देशलाई सकरात्मक गति दिने जनतालाई मेरो देश हो भन्ने गर्व गराउने,  अन्तराष्र्टिृूय जगतलाई शिर नझुकाउने राष्टूको परिचय दिने हैसियत कायम गर्ने थलो हो । वर्षौ देखि पितृ सत्ताको उपजमा हुर्केका मनासिकता सबैमा छ महिलाले के गर्लान ? हामी गर्न सक्छौ ?  भन्ने दिमागी चलखेल तपाइ हामीसबैमा हाबी छ । जस्का कारण पनि अवसर को सही सदुपायेग गर्न चूनौति पूर्ण रहेको छ । निर्वाचित महिला राजनितिक कर्मीहरुले आ आफ्नो पद र दायित्वको गहन अध्यान गर्दै अगाडि बढनु जरुरी छ । उती बेलाको राज्य सत्ता र यति बेलाको राज्य सत्ता संरचना फरक छ । जति नै विज्ञ भएता पनि अहिले एक त संरचना भित्रको काम कतव्र्य के हो भन्ने कुरामा अन्जान, अर्को निर्वाचित पदाधिकारीहरुको काम कर्तव्य के हो भन्ने कुराको सैदान्तिक व्यवस्था र ज्ञान भए पनि व्यवाहारिक अन्जानले गाजेको कुरा दुइमत छैन । वर्षौ देखि महिला बाहिर निस्कुनु भनेको घर विग्रनु हो भन्ने कुराको सोचले गर्दा सबै महिला सशकक्त नहुनु र यतिबेलाको निर्वाचनमा उम्मेदवारी महिला संख्या पुराउनु पर्ने बाध्यता हुनु अवसर र चुनौति दुवै हो । सामाजिक संस्कार सामाजिक मूल्य मान्यताका कारण  बाहिर कुराको ज्ञान कम भएको महिला दिदिबहिनीहरुको राजनितिक क्षेत्रमा उपस्तिथी  निकै बाक्लो छ र हुने क्रम जारी छ  ।  जुन समग्र महिलाहरुको लागि अवर र चुनौति दुवै एक साथ छ ।

नयाँ राज्य संरचना नयाँ पदाधिकारी नयाँ निति कानून यि सबै एकै साथ भएको अवस्था रहेको ले निर्वाचित महिला पदाधिकारीहरुले निति, कानून, नियम, ऐन गहन रुपमा अध्यान गरि आफ्नो भूमिका,  उपस्थिती अर्थपूर्ण बनाउनु सक्नु पर्छ । समग्र देश प्रदेशको भविश्य बनाउन जुट्ने पधाधिकारीहरुले भनी नसुनाउनु गरि देखाउनु भन्ने भनाईको सार्थकता बनाउनु सक्नु पर्छ । महिलाको अधिकारको बारेमा धेरै ओकालत गरेका आवजहरुले महिला र समग्र नागरिकहरुको हक अधिकारको सुनिश्चित गर्न सक्ने व्यवस्था अर्थात निति नियम बनाउन  सक्नु पर्दछ । सधै अरुसंग अधिकार मागेर थाकेका महिलाहरु अब अधिकारको कार्यान्वयन गराउन सक्षम हुनु पर्दछ । नाम मात्रको पदाधिकारी भइयो भने फेरी पछि रहेका महिला आवाजहरुले धिर्काने छन तर्सथ अगाडि बढेका हरुले पछाडि रहेकाहरुलाई डोराउनु जरुरी छ । चूनौतिहरुहरु धेरै हुँदा हुँदै पनि अवसरलाई सहि सदुपयोग गरि महिला बिना राज्यको समग्र विकास अधुरो हुन्छ महिला पुरुष संग संगै मिलेर काम गरेमा दुवैलाई सजिलो हुन्छ भन्ने कुराको बोध सबैमा गराउन सक्नु नै बुद्धिमानी हुन्छ । अस्तु । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन