२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

यसकारण छ स्थानिय चुनावमा सामाजिक सद्भावको खाँचो

९ असार २०७४, शुक्रबार ०७:२१

पूर्ण बहादुर खड्का । दोश्रो चरण स्थानिय निकायको चुनाव नजिकिदै जाँदा सामाजिक सद्भाव खलबलिने खालका घट्ना दिन प्रति दिन बढ्दै गईरहेका छन । कतै मृत्युका खबर सार्वजनिक हुन थालेका छन भने कतै दाजुभाई बिच पानी बाराबार, दिदीबहिनीहरु बिच बोलचाल समेत बन्द भएका घट्ना दिन प्रतिदन सार्वजनिक भईरहेका छन । 

केही दिन अघि मात्र बाजुराको छेडेदह गाँउपालिकामा मनोनयन दर्ता गर्ने क्रममा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ता बिच झडप हुदाँ एक जना ५५ बर्षिय हंसबहादुर रावतले ज्यान गुमाउनु पर्यो । राजनितिक आस्थाका आधारमा नेता कार्यकर्ता भन्दा गाँउघरमा मिलेर बसेका दाजुभाई बिच फाटो आउन थालेका छन । एकैठाँउमा मिलेर बसेका दाजुभाई र दिदीबहिनीहरु बिच राजनितक आस्थाले यस्ता दुर्घटना बढीरहेको छन । 

अनि यता अछामको ढकारीमा दाई एक पार्टी र भाई अर्को पाटीमा हुदाँ घरमा बोलचाल समेत बन्द भएको छ । जसले गर्दा समाजमा नकरात्मक असर पर्दै गईरहेको छ । विभिन्न स्थानिय देखी राष्ट्यि पत्र पत्रिकामा यस्ताखाले घट्नाहरुले स्थान पाएका छन यतिबेला । चुनावले चिया खाने पसल देखी पानी पँधेरो र बाटोघाटा समेत अलग भईरहेका छन । जसले गर्दा एक अर्को परिवार र समाज प्रति झगडा हुने गरेका छन । राजनितक आस्थाले अहिले विभिन्न ठाँउमा कार्यकर्ता, मतादाता झडपमा परी घाईते हुने क्रम बढीरहेको छ । 

त्यसले यस्ता घटना हुन नदिन र कम गर्न सबै सचेतबर्ग, राजनितिक दल, समाजसेवी, बुद्धिजिवीले गाँउसमाजमा चेतनाको विकास गर्न जरुरी छ । सबैभन्दा पहिले परिवार मिले मात्र समाज बन्छ र समाज भए मात्र राजनिति गर्न सकिन्छ भन्ने कुराको विकास गर्न राजनिती गर्ने व्यक्ती चेतना फैलाउन जरुरी छ । तब मात्र मिलेर बसेको परिवार र समाज बिच सामाजिक सद्भाव कायम रहन्छ । 

राजनितिलाई हिंशक बनाउने र सामाजिक सदभाब खलबलाउने जस्ता क्रियाकलाप प्रोत्साहन गर्ने माथि समाजका अग्रज व्यक्तीले कडा निगरानी राख्न जरुरी छ । एकआपसमा भाईचाराको सम्बन्धका साथ मिलेर बसेको समाजलाई झन सुधार गर्नको साटो भाईभाई फुटाउने र लडाउने काम दलका प्रतिनिधी बाटै हुने गरेको छ । समाजमा बसेका हरेक एकअर्को व्यक्ती भनेका “जिउदाका जन्ती र मर्दाका मलामी” हुन भन्ने कुराको ज्ञान सबैले राख्न जुरुरी छ । आज त दलका नेताहरुले चुनाव जितेर जालान तर भोली तपाई हामी यहि समाजमा बस्नुपर्ने छ । सहकार्य गरेर समाजलाई सुन्दर बनाउ विकासको बाटोमा हातेमालो गर्न समुदाय नै काम लाग्न कुराको हेक्का पार्टीका कार्यकता देखी सबै जनता बुझन आवश्यक छ । 

हरके व्यक्तीसंग राजनितिक आस्था हुनु स्वभाविक हो, अहिलेको शताब्दीमा राजनितिक बिचार राख्न पाउनु सबै जनताको लोकतान्त्रीक धारणा हो । तर राजनितिक आस्थाका आधारमा समाजबिचको आत्मियता र सम्बन्धलाई नबिगारी स्वच्छ प्रतिष्पर्धा गर्ने आँट जो कोहीले राख्न जरुरी छ । चुनाव भनेको एक लोकतान्त्रीक अभ्यास हो यसमा सबैले भाग लिन पाउछन र हार जितलाई स्वभाविक रुपमा लिनु पदर्छ । 

एक ठाँउ, समाज तथा समग्र राष्टमा बस्ने आँखिर सबै नेपाली नै हुन, नेपाली नेपाली बिच सदभाब र आत्मियता नहुने हो भने नेपालै रहन्न नेपालै नरहे कहाँ रहौला हामी भन्ने कुरालाई आत्मासाथ गर्नुपर्ने अहिलेको आवश्यक्ता हो । 

पृथ्वीनारायण शाहले भनेका छन “नेपाल चार बर्ण ३६ जातको साझा फुलबारी हो” त्यसैले भाषा– भासी जात –जाती बिच आपसी सदभाब हुन खाचो छ जब आ –आफ्नै बिच लडाईं हुन्छ तब अरुले हेर्ने नजरमै फरक पर्छ । हाम्रो जस्तो भुपरिबेस्ठित सानो मुलुकमा धेरै जाती छन त्यस्तै सबैको आ– आफ्नै भेष भुसा छन बोलिचालिको आफ्नै भाषा छन ति सबैका आ–आफ्नै पहिचान छन यही सुन्दरताले गर्दा नेपालको गरिमा उचो रही आएको छ यि जात–जाती बिच भाषा–भाषी बिच द्वन्द चर्काउने खालको बिखण्डन गर्ने खालको सामाजिक सदभाब बिथोल्ने खालको आन्दोलनले गर्दा अहिले द्धन्द्ध सृजना भई कतिपयले ज्यान गुमाउनु परिरहेको छ । 

त्यसैले राजनितिक आस्था भन्दा माथि उठेर आफु बसेको समाजमा तिक्तता होइन सदभाब जगाउनु पर्छ सामाजिक मान मर्यदा प्रतिस्ठालाई कायम राख्दै अघी बढ्नु पर्दछ । केही समय अगाडी कैलालीको टिकापुरमा भएको घट्नाले अहिले कैलालीका थारु र अन्य समुदाय बिच फाटो आएको स्थिती छ 

आगामी दिनमा राजनितिक हिसाबले कही कतै यस्तो नहोस सबैले एक अर्का प्रती रकरात्मक भाबनाको बिकास गर्नुपर्दछ । दाजुभाई एकजुट हुन सके मात्र समाज राम्रो हुन्छ तब मात्र हाम्रो ठाँउको विकास हुन्छ र उन्नती प्रगती गर्न हामी आँफै सक्षम हुनेछौ । अतः यसैमा सबैको भलो हुनेछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने