२४ पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुथबाट नियाल्दा स्थानीय निर्वाचन

१६ असार २०७४, शुक्रबार १२:००

प्रभात सुवेदी ।

दुई दशकपछि सम्पन्न स्थानीय निर्वाचनमा मतदान अधिकृतको जिम्मेवारी पाएर कार्यक्षेत्रमा त पुगियो तर निर्वाचनका दिनमा धेरै रमाइला र दुःखदायी प्रसङ्गहरु देखियो । तिनै प्रसङ्गहरुले मनमनै घोचिरह्यो । हाम्रो नेपाली समाजको अवस्था र यसको व्यवहारिकता राम्रैसँग झल्किएको थियो बुथहरुमा । यिनै घटनाहरुलाई समेटेर केही लेख्न मन लाग्यो र प्रयास मात्रै गरेको हुँ । 

राज्य सञ्चालनको जिम्मेवारी स्थानीय जनतालाई दिने उद्देश्यका साथ तीन चरणमा हुन लागेको निर्वाचनको दोस्रो चरण अन्तर्गत यही असार १४ गते निर्वाचन सम्पन्न भएको छ । जुन निर्वाचनबाट निर्वाचित पदाधिकारीहरुबाट गाउँ सभा, नगरसभा तथा जिल्ला समन्वय समितिको निर्माण गरिनेछ । यो स्थानीय संरचना तयार भएलगत्तै मुलुकको विकासले तीब्रता लिने धेरैको आशा एवम् विश्वास रहेको छ । 


स्थानीय निर्वाचनलाई सफल बनाउनका लागि राज्यले पैसाको खोलो बगाएको छ । म्यादी प्रहरी भर्तीदेखि लिएर निर्वाचनका लागि आवश्यक सामग्रीहरुको खरिद तथा यसको व्यवस्थापनका लागि ठूलै रकम खर्च भएको छ । निर्वाचनका लागि प्रयोगमा आउने सियोदेखि, म्याट तथा स्ट्याम प्याड तथा मसीहरु विभिन्न मुलुकहरुदेखि आयात गरिएका छन् । यति मात्रै नभएर इतिहासकै वा संभवतः विश्वकै ठूलो आकारको व्यालेट पेपर बनाएर रेकर्ड कायम गरेको छ स्थानीय निर्वाचनले । संसारमा निर्वाचका लागि आधुनिक प्रविधिहरुको प्रयोग भैरहँदा नेपालमा भने उही परम्परागत प्रविधिको प्रयोग गरिएको छ । यो एउटा वाद्यात्मक परिस्थिति पनि हो किनकी नेपालमा नै हरेक जातजाति, भाषा, धर्म र सिद्धान्तका आधारमा राजनैतिक दलहरु खोलेर दर्ता गर्ने अधिकार छ । यस अर्थमा पनि अधिक पार्टीका कारणले गर्दा पनि व्यालेट पेपर ठूलो आकाको भएको हो । 

व्यालेट पेपर (मतपत्र) त ठूलो आकारको भयो तर आम जनतालाई यसको प्रयोगका बारेमा बुझाउनका लागि राज्यले तीन महिनादेखिको भत्ता दिएर खटाएका कर्मचारी अर्थात निर्वाचन शिक्षा कार्यकर्ताहरुको शिक्षा प्रभावकारी नभएको गुनासो सुनियो । यतिसम्म कि, उनीहरुले मत दिने तरीका, मतपत्र पट्याउने तरीका र चिन्हहरुको विविधताहरुको बारेमा आम जनताहरुलाई बुझाउनुको साटो आफ्नै दलको प्रचार प्रसारमा लागेको गुनासो सुन्नमा आयो । यो कुरो जब बुथबाट नै निर्वाचनलाई नियाल्ने मौका पाइयो तब प्रतक्ष्य रुपमा जानकारी पाइयो ।  


बर्दिया जिल्लाको कुरा गर्दा गत चैत्र २८ मा साक्षर जिल्ला घोषणा गरियो । यसरी जिल्ला साक्षर भएको पनि एक वर्ष भन्दा बढी भैसकेको छ तर मतदाता परिचयपत्र वितरण कार्य भैरहँदा म हस्ताक्षर गर्न जान्दिन भन्ने मतदाताहरु बाक्लै भेटिनुले साक्षर जिल्लालाई पनि अझ चुनौती थपिदिएको छ भने साक्षर घोषणा लागि गरिएको लगानी निरक्षरहरुलाइ साक्षर बनाउन भन्दा पनि घोषणाका कार्यक्रमहरु गर्दैमा सकिएको प्रमाणित हुन्छ । सामान्य नाम थर लेख्न जान्ने र दैनिक जीवनका केही हिसाबकिताहरु राख्न सक्ने बनाउने उद्देश्य माटोमै विलिन भएजस्तो देखियो । 

अर्को कुरा कतिपय मतदाताहरुले मत दिनको लागि मतपत्र लिनु पर्छ भन्ने कुरा समेत थाहा नपाएको देखियो । कतिपय मतदाताहरुले मतपत्रमा रोजेको चिन्हमा स्वतिक चिन्ह सङ्केत गरिसकेपछि मतपत्र नै लिएर बाहिरिन लागेको पनि देखियो । सुरक्षाकर्मीले ‘ए हजुर यो घर लिएर जाने चिज होइन ऊ त्यहाँको बाकमा हाल्नुस्, भन्नु पर्ने अवस्था पनि देखियो ।  यसको कारण निशिकाहरुले मतदानको प्रक्रिया, बुथको संरचनाका बारेमा बताएका रहेनछन् भन्ने प्रष्टिन आयो । यसैगरी मतदान केन्द्रमा केही मतदाताहरुरुले आफ्नो मत सङ्केत गरेको मोबाइलबाट खिच्ने प्रयास गरेको देखियो र, कसैले खिचिहाले पनि । राज्यले यति धेरै लगानी गरेर गोप्य मतदानको व्यवस्था गरेको छ तर आफूले गरेको मत सङ्केतको तस्वीर खिचेर सार्वजनिक गरिदिने नियत भएका व्यक्तिहरुले नै निर्वाचन शिक्षा पाएका रहेनछन् । गोपनियता सार्वजनिक गरेमा त्यस्ता मतदाताहरुलाई १ लाख रुपैंया सम्म जरिवाना गराउन सकिने कानुनी व्यवस्था रहेका कुरा पनि बताइएको रहेनछ । त्यसका बारेमा पनि निशिकाहरुले मतदातालाई केही जानकारी गराएको पाइएन । जसका कारण प्रहरीले मोबाइल जफत गरेका थिए ।  


यति मात्रै हैन कोही मतदाताहरुले मतपत्र लिएर गोप्य मतदान कक्षमा पुगेर हातमा स्वस्तिक छाप लिइसकेको अवस्थामा सिधै मतदान अधिकृतसँग आएर ए हजुर कहाँ हाल्ने भोट भनेर सोधेको पनि पाइयो । अनि मत सङ्केत गरिसकेपछि पनि पट्याउने मेसो नपाएर पनि धेरै मतदाताहरु अलमलमा परेका थिए । यसका साथै अन्तिमका दुई सदस्यहरुको पहिलो र दोस्रो चिन्हमा पनि धेरै झुक्किएको पाइयो । हाम्रो पार्टीको त एउटा मात्रै चिन्ह हो यहाँ कसरी दुईओटा आयो एउटा चिन्ह त बढी भयो नि भन्न समेत भ्याए मतदाताहरुले । 

समग्रमा भन्नु पर्दा मतदाताहरु पहिलाका भन्दा यसपाललीको निर्वाचन फरक तरीकाको भएको र मतपत्र र प्रक्रिया पनि फरक भएका कारणले निशिकाहरुले राम्ररी मतदाताहरुलाई शिक्षा नदिएको पाइयो । हुनत निर्वाचन सम्बन्धि विभिन्न सचेतनामूलक सामग्री अडियो तथा भिडियोहरु विभिन्न सामाजिक सञ्जाल तथा रेडियो, टेलिभिजनहरुबाट प्रसारण गरिरहेको थियो । पत्रपत्रिकाहरुमा प्रकाशित गरिएका सन्देशहरु निरक्षर जनतासम्म पुग्न नसक्ने र पुगेपनि नुबझिने समस्या भएका कारण रेडियो तथा टेलिभिजन अर्थात श्रब्य÷दृश्य माध्यम नै सबल माध्यम भएता पनि यसले खासै परिणाम दिन नसकेको महशुुस भयो । कतै कतै साना हाते पुस्तिकाहरु पनि वितरण गरिएको थियो । 

निशिकाहरुले पनि कुनै पनि गुनासो नआउने गरी काम गरेको भए सायदै यस्तो हुने थियो होला । गाँईगुईँमा उनीहरुले शिक्षा दिनु भन्दा पनि आफू आवद्ध पार्टीमा मतदान गर्नका लागि नै मतदाताहरुलाई शिक्षा दिएको गुनासो आएको थियो । राज्यले स्थानीय सरकार बनाउनका लागि र सिंहदरबारको अधिकार गाउँ गाउँमा पु¥याउनका लागि यति धेरै लगानी गरेको छ तर यो लागानीलाई सदुपयोग गर्ने गराउने कार्यमा सबै दलहरु तथा सम्बद्ध व्यक्तिहरुको हो । 

हुनत निर्वाचन भन्ने वित्तिकै पैसाको खोलो बगाउने प्रचल पहिले देखि नै चलि आएको हो । यसपालि पनि यो खालको संस्कार नदेखिएको भने हैन । कतै कतै पैसा बाँडिएका हल्लाहरु पनि सार्वजनिक भ एभने कतै पैसा बाँड्न लाग्दा झडपहरु पनि भएका समाचारहरु आए । सामाजिक सञ्जालहरुमा विभिन्न पार्टीका खानाका कुपनहरु सार्वजनिक गरिए । जसमा खाना मात्रै नभएर दानाका कुराहरु पनि देखिन्थे । यति मात्रै नभएर टिसर्ट, टोपी, रुमाल, गम्छा लगायतका सामग्रीहरु समेत टन्ने वितरण गरिएको थियो । गाडिहरु रिजर्भमा थिए । सिमानामा रहेका जिल्लामा भने भारतीय नम्बर प्लेटका गाडीहरु कुदे । त्यस्तै जेनेरेटर जडित साउण्ड सिस्टमहरु पनि बजेका थिए । पोस्टर, पम्प्लेटहरुमा पनि टन्नै पैसा दलहरुले खर्च गरे ।  


यसपाली एकजना मतदाताले भन्दै थिए कि ‘आफू त व्यस्त मान्छे, गाडि चल्दैन, जसले मलाई लिन जान्छ उसैलाई भोट हाल्ने हो ।’ यस्ता अभिव्यक्तिले कोही मतदाताले निर्वाचनको महत्वलाई नबुझेको पाइयो । त्यसैले पनि घरघरमा गाडि पु¥याएर नेताहरुले मतदाताहरुलाई मतदानकेन्द्रमा ओसार्नु पर्ने अवस्था आयो । यति मात्रै हैन राजधानीमा बस्नेहरुका लागि भोट दिनका लगि गाउँमा आउन अलग बसहरुको व्यवस्था गरेर ल्याइएको पाइयो । 

जे जति गरेतापनि हरेक बुथमा पुरुषको तुलनामा महिला मतदाताहरुको संख्या बढी थियो । यसले के जनाउँछ भने अब गाउँमा रहने पुरुष भनेका जेष्ठ नागरिकहरु, बालबालिकाहरु र विद्यार्थीहरु, जागिरे तथा व्यापारीहरु मात्रै हुन् । यसले हाम्रो समाज सक्षम र सबल पुरुषविहिन हुने त होइन भन्ने त्रास  पनि एकातिर उब्जाएको छ । यस कुराले यो समाजमा रोजगारीको सिर्जना गर्न र युवाहरुलाई विदेश जानबाट रोक्नका लागि पहल कदम चाल्नु पर्ने देखिन्छ । जुन अबका जनप्रतिनिधिहरुको पहिलो प्राथमिकताको काम हुनु पर्दछ ।  


यी यावत कुराहरु मनष्पटलमा छाड्दै स्थानीय निर्वाचनको दोस्रो चरण समाप्त भएको छ । मतगणना जारी रहेको छ । कतै कतै विजयोत्सव पनि गरिएको छ । तर, हारजित भन्दा पनि अबका जनप्रतिनिधिहरुबाट सहि, सक्षम र सबल नेतृत्व पाउनु नै स्थानीय निर्वाचनको ध्येय हो । अतः जे जसरी भएपनि यो मुलुकको विकास र समृद्धिका लागि स्थानीय जनप्रतिनिधिहरु जिम्मेवार भएर काम गर्नुपर्ने देखिन्छ । 

जनप्रतिनिधिको नेतृत्वमा भ्रष्टाचारमुक्त समाज निर्माण  गर्दै स्थानीय विकास र समृद्धिको ढोका खोल्न जुनसुकै पार्टीका प्रतिनिधिहरु आएपनि साथ र सहयोग गर्नु पर्ने आवश्यकता देखिन्छ । 

 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अदालतको आदेशलगत्तै १० लाख बुझाएर अन्जला कोइराला रिहा लेखा समिति सभापति ऋषिकेशपत्नी अन्जलासँग १० लाख धरौटी माग बुवा र भाइको ज्यान लिने मिलन– ‘मलाई कम सजाय दिलाइदिनुस्, छुटेपछि मैले आमालाई हेर्नुपर्छ’ बङ्गलादेशले रद्द गर्‍यो शेख हसिनाको पासपोर्ट पर्यटन राज्यमन्त्री चौधरीविरुद्धको मुद्दामा फेरि सर्‍यो निसु विपिनको रिहाइका लागि पहल गरिदिन इजरायली राजदूतलाई परराष्ट्रमन्त्रीको आग्रह अस्ट्रेलियामा मृत्यु भएकी नर्स दीक्षाबारे नयाँ खुलासा लगातार दोस्रो दिन बढ्यो नेप्से, कारोबार रकम पनि वृद्धि ड्युटीमै ढलेका प्रहरी सहायक हवल्दारको मृत्यु रवि लामिछाने पक्षका वकिलको बयान सकियो, हिरासतमुक्त होलान् ? मूलपानी क्रिकेट मैदानको स्रोत सुनिश्चितता गर्न निर्देशन बागमतीविरुद्ध आर्मीले जोड्यो पहिलो पालीमा २७६ रन, इमरान र बसिरले अर्धशतक हिर्काए गृहमन्त्री लेखकसहित ५ सांसदविरुद्धको अदालतको अवहेलना मुद्दा हेर्न नमिल्नेमा अष्ट्रेलियाको सिड्नीमा नेपाली महिलाको शंकास्पद मृत्यु जय ट्रफी : मयनको अर्धशतकका बावजुद मधेसलाई पुलिसले गर्‍यो १२९ रनमै अलआउट वाईफाईबारे विवाद हुँदा ८० वर्षीय हजुरबुवाको हत्या, समातिए नाति-नातिनी काठमाडौंका कैदीलाई नुवाकोट सारिँदै, किन? गायक उदित नारायण बस्ने अपार्टमेन्टमा आगो लागेपछि… कुवेतमा निस्सासिएर २ नेपाली महिला श्रमिकको मृत्यु पोल्याण्ड पठाइदिन्छु भन्दै ८० लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ