अहिले नेपालमा लोकतन्त्र र भ्रष्टचारबीचको लडाइँ दोक्लम प्रकरणजस्तै उदण्ड बन्दै गएको छ । दोक्लम प्रकरणमा केही समयपछिको खराब परिणाम कि बेइजीङले सामना गर्नुपर्ने छ भने कि नयाँ "/>
अहिले नेपालमा लोकतन्त्र र भ्रष्टचारबीचको लडाइँ दोक्लम प्रकरणजस्तै उदण्ड बन्दै गएको छ । दोक्लम प्रकरणमा केही समयपछिको खराब परिणाम कि बेइजीङले सामना गर्नुपर्ने छ भने कि नयाँ दिल्लीले सामना गर्नुपर्नेछ ।
त्यस्तै, नेपालमा पनि केही समयपछि डा. केसीजस्ता लोकतन्त्रवादी सपुतहरुको जित निश्चित छ कि त राज्यसत्ताको स्वाद चाखेर बानी परेकाहरु तथा सरकारजस्तो लोकतन्त्रको भ्रष्ट व्यापारीहरुको जित सुनिश्चित छ । अहिले नेपालमा लोकतन्त्रवादी र भ्रष्टचारीहरुबीच जीवनमरणको लडाइँ चलिरहेको छ । सरकार नेपाल आयाल निगमका कार्यकारी निर्देशक गोपाल खड्का र चूडामणि शर्माजस्ता राज्यकोश दोहनका शिर्ष पात्रहरुलाई आँखा छोपेर छातीमा संरक्षण दिन्छ भने जनताको पक्षमा मरणोपरान्त लडिरहने डा. गोविन्द केसीजस्ता सपुतहरुलाई देख्दैन र सुन्दैन अझ यस्ता सच्चा नागरिकहरुलाई चिन्न चाहदैन ।
केसीका जनताका प्रतिनिधिमुलक कारुणीक स्वरहरु दवाउन, हावामा उडाउन र कोठाभित्र अक्सिजनसँग बिलाउन उद्यत छ । जसले इतिहासमा खराब सरकारको सूचिको अग्रपंतिमा आफूलाई सुचिकृत गर्न सफल भएको सारा जनतासामु इतिहासले छर्लङ तस्विर कोरीदासमेत पचाएर सत्तामा अन्धो र बैरो भएर बसीरहनु नैतिकताले अति भ्रष्ट सरकार प्रमाणीत गर्न असभ्य अभ्यास गर्न बलियो धरातल निर्माण गरेको छ ।
देउवा नेतृत्वको सरकार त्यही गरिरहेछ जुन विश्वमा सामन्ती राज्यसत्ताबाट पेलिएका, हेपिएका, चेपिएका र पलपल मृत्युको सामना गरिरहेका जनताको कथाबेथा खिइसकेको चट्टानी मृत्युशैथ्यबाट एक्काइसौँ शताब्दीमा ब्युँझाउँदै छ । यदी केसीको सवालमा लोकतन्त्रविरोधी र भ्रष्टहरुको जित भयो र केसीजस्ता नेपाली सपुतहरुको पराजय भयो भने नेपालमा के हुन्छ त्यो कल्पनाभन्दा धेरै ठूलो अशुभ परिस्थितीको सामना गर्न हामी सबै नचाहेर तयार हुनुपर्नेछ ।
अब, भन्नुहोस् नेपाली जनताहरुले लोकतन्त्रको अनुभूति भ्रष्ट र राज्य सत्ताका बेइमान भँमराहरुलाईमात्र गराउने कि सच्चा लोकतन्त्रवादीहरुलाई जिताएर सारा नेपालीहरुले पनि गर्ने ? अहिलेको समकालिन अवस्थामा जनताको हृदयको सर्वोच्च अदालतले गर्नुपर्ने फैसला यही हो । अन्यथा एमाले नेता देवी ज्ञावलीले सर्वोच्च अदालतको फैसला कुर्दाको परिणाम भनेर कथित आरोपसहित भरतपुर–१९ को दोस्रो पराजय स्वीकारे जस्तै हुनेछ लोकतन्त्रवादी र भ्रष्टचारीबीचको लडाइँको परिणाम ।
तसर्थ हामीले बेलैमा भ्रष्ट र सामन्ती राज्यसत्ताको बिरुद्धमा जागेनौँ र समयकालमा जनताका आधारभूत लडाइँहरुमा उर्लेर भ्रष्टचार, दमन, शोषण र उत्पीडनको भन्डाफोर गरेनौँ भने कुनै एक युगमा उदाउने परिवर्तनकारी शक्तिको पर्खाइमा भ्रष्ट राज्यसत्ताबाट घर पालुवा जनावरजस्तै शोषित र अनागरिक भएर युगौँ बस्नुपर्नेछ ।