२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनता र चुनाव

२०७४, २६ आश्विन बिहीबार ०१:२४

गंगा प्रसाद खनाल । विभिन्न परिवर्तनहरुको उपलाब्धिहरुलाई संस्थागत गर्ने क्रममा नेपाल हाल आएर संविधान (जुन २०६२ साल अस्विन ३ गते जारी भयो) लाई कार्वान्यनको दिशातिर अघि बढेको कुरा प्रस्ट रुपमा देख्न सकिन्छ । यसमा धेरे जसो जनता आशावादी रहेको र अव उनीहरुको जिन्दगीमा पनि आमुल परिवर्तन आउछ भन्ने विस्वास देखिन्छ । 

यसरि पटक पटक गरेको सघर्ष को परिवर्तन अव चाहि संस्थागत नै हुन लागेको जस्तो परिस्थिति वनेको छ । हजारौ जनताको त्याग, तपस्या  र वलिदान, वाट एक किसिमको राजनैतिक व्यस्था अन्त भई अर्को व्यस्थामा प्रवेश गरेको पनि जनाजहेरै छ । केन्द्र वाट हुने शासन जुन अव जनताको घरदैलोमा पुगेको छ जसवाट जनताको समस्या स्थानीय निकायवाट नै समाधान हुनेछ भन्ने विश्वास रहेको छ । 

त्यस्तै क्रममा संविधान कार्यान्यन को एक महत्वपूर्ण पाटो चुनाव गराउनु हो र जसमा स्थानीय निकायको चुनाव बैशाख २९, जेस्ठ २९ र अस्विन २ गते गरि सम्पन्न भैसकेको छ । अव संसदीय चुनाव र प्रादेशिक चुनाव लाइ मङ्सिर १० र मङ्सिर २१ को मिति पनि तोकिसकिएको परिस्थिति छ । 

प्रशंग चुनावकै को ! नेपालका सवै जनता मा चुनाव को माहोलले छोएको देख्न सकिन्छ । पहिला को चुनाव भन्दा यसपालिको चुनावलाई नजिक वाट नियाल्ने अवसर मैले पनि प्राप्त गरेको छु । 

स्थानीय निकायको चुनाव मा प्राप्य जनताहरुले आफ्नो मन परेको को  पार्टी को उमेरदार लाई जिताउन दिन रात खटेका थिए । नेपाल को मुख्यतः ठुला दलहरु नेपाली कांग्रेस , नेकपा एमाले र नेकपा माओबादी केन्द्रले नै प्राय जसो स्थानमा जित हासिल गरेको देख्न पाइयो र उमेरदार को जित्ने आधार पनि पार्टी नै देखियो । यस अर्थमा भन्नु पर्दा नेपालका जनताले व्यक्ति भन्दा पनि पार्टी लाई नै धेरै विस्वास गरेको जस्तो अनुभत गरायो ।

नेपालका अधिकांस युवा जो राजनीतिमा दिन प्रतिदिन सामेल त हुँदैन तर राजनीतिमा विस्वास गर्छन, उनीहरुको मनस्थिति पनि योग्य व्यक्ति भन्दा पार्टीमै धेर्रै रहेको देख्न पाइयो । जस्तो कि चुनाव को लागि जुन एउटा माहोल बन्छ आफ्नो मनपरेको उमेरदार लाइ साथ लिएर जनताको घरदैलो मा भोट माग्न गइन्छ, त्यस क्रममा  बिषेशतः पार्टीलाई नै प्राथमिकता दिएको पाइन्छ । 

उमेरदार जस्तो सुकै भएता पनि फलानो पार्टीको उमेरदार भनेपछि धेरै जनता उसको पछी कुदेको देखिन्छ । भोट माग्ने क्रममा जुन महोल हुन्छ उक्त माहोलमा कुनै जनताको चाहना कम्तिमा त्यस माहोल मा अनुहार देखाउनु पनि हुने गर्छ । आज चुनाव मा सहयोग गर्यो भने भोलि उसले जितेमा राम्रो जागिर दिने र सहयोग गरिएन भने भोलि उसले वास्ता गर्दैन भन्ने मुख्य त्रास प्राय जनतामा देख्न्न पाइन्छ । 

कतिपय व्यक्तिहरुले आज पार्टीलाई सहयोग नगर्ने लाई भोलि पार्टीले पनि सहयोग गर्दैन भन्ने जस्ता अभिव्यक्ति दिएको पाइन्छ । यसरि उमेरदार जस्तो सुकै भएतापनि तेही पुराना अनुहार लाई जहिले जिताउनु पर्ने नेपालीको बाध्यता बनेको छ । समग्रमा यो परिस्थिति समाजमा हावी हुन्जेल योग्य व्यक्तिले चुनाव जित्न नसकी तेही पार्टीकै आडमा आएको व्यक्तिले  चुनाव जितिरहेने परिथिति सिर्जना भनेको छ । 

यसरि नेपालका जनताको बाध्यता भनेको नै पार्टीलाई चुनाव जिताउनु बनेको छ । जसको कारणले योग्य उमेरदारको मनोबल घटिरहेको पाइन्छ । तपाई धेरै योग्य हुनुहुन्छ तर तपाइको पार्टी नया छ वा कमजोर छ भने तपाइको चुनाव जित्ने आधार नै नरहने परिस्थिति हामीलाई काठमाडौँ र इटहरी ले राम्ररी सिकाएको छ किनकि जनताहरु पर्टीकै पछाडी कुदिरहेका हुन्छन । 

नया उमेरदार ले सुरुमै हार्छ वा यसको पक्षम भोट कसले दिने भन्ने किसिमको भ्रम सिर्जना गरिन्छ र उसलाई भोट दिने व्यक्तिको पनि मनस्थिति परिवर्तन हुन जान्छ । हार्नेलाई भोट हालेर मेरो अमुल्य भोट किन खेर फाल्ने जस्ता कुराहरु पनि जनतामा आउछन र अन्ततः तेही पुरानो पार्टी वा उमेरदारले चुनाव जित्छ ।

जनतामा पार्टी भन्दा पनि व्यक्ति योग्य वा असल हुनुपर्छ भन्ने ज्ञान नभएको पनि होइन तर ब्यबहारिक रुपमा त्यसलाई उतार्न चाहि कठिन भएको हो । यती हुदा हुदै पनि भविस्य मा पार्टीले हेर्ला भन्ने वा नहेर्ला भन्ने आशा तथा त्रासले मात्र यो परिस्थिति को सिर्जना भनेको हो । त्यसकारण जनतामा एउटा चेतना आउन जरुरि छ जसले पार्टीको पछाडी होइन योग्य र असल व्यक्तिको पछाडी कुद्न प्रेरित गरोस ।    


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता