२००६ मा गठित नेपाली कम्युनिष्टहरु क्षणिक स्वार्थमा फुट र जुटको आरोह अवरोह गरि रहेका थिए । साथै २०७४ असोज १७ गते एमाले, माओवादी"/>
नरेन्द्रनाथ योगी |
२००६ मा गठित नेपाली कम्युनिष्टहरु क्षणिक स्वार्थमा फुट र जुटको आरोह अवरोह गरि रहेका थिए । साथै २०७४ असोज १७ गते एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी, नेपाल वीच ६८ बर्ष पछि पुनः धुव्रिकरण र एकताको प्रक्रियामा जुटने प्रारम्भिक चरणमा उभिए । यो कसरी भयो, किन भयो, के का लागि भयो ? विषय राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा कौतुहलको विषय बन्न थालेको छ ।
नेपालको दक्षिण सिमानामा जोडिएको छिमेकि राष्ट्र भारतको दक्षिपन्थी सोचका नेता, पार्टी र सरकारको नेतृत्व गरि रहेका नरेन्द्र मोदी सरकारको टाउको दुखाईको विषय बनेकोछ । त्यति मात्रै होईन, यथास्थिति मै रमाउने ,नेपाल, नेपाली जनता र शहिदको बलिदानलाई यथास्थिति मै सिमितिकरण गरेर ब्याज खाई खाई रहने नेपाल भित्रको केही शासक राजनैतिकशक्तिहरुलाई २०७४ साल असाज १७ शुरु भएको बृहत बामपन्थी कम्युनिष्ट एकताले तिलमिलाएर यसलाई कसरी भाड् सकिन्छ भनेर नेपालका यथास्थितिवादीदेखि दिल्ली, युरोपियन युनियन र वासिङटनडिसिसम्मको टावर गडवडीमा परेको छ ।
नेपाल कम्युनिष्ट पार्टीका विश्लेषक डाक्टर सुरेन्द्र केसीले यो बाम एकतालाई आँखा चिम्लेर अवान्छित र अपवित्र गठबन्धनको सज्ञा दिएका छन् । उनको विश्लेषण सकारात्मक भन्दा नकारात्मक भावनाले प्रेरित छ । नेपालका प्रद्यानमन्त्री श्री शेर बहादुर देउवा जीले यो तीन दलिय एकतालाई सफल हुँन नदिने कसम खाएको सामाजिक सञ्जालमा आएकाछन । नेपालमा कम्युनिष्ट एकता भएमा यी यथास्थितिवादी शक्तिहरु रमाउने दिन सकिन थालेका छन् ।
अनि जुटको वातावरणलाई फुटको खेलमा परिणत गर्न यथास्थितिवादी शक्तिहरु न्वारन देखिको बल लगाउन वासिङटनडिसि र दिल्ली दबारसम्म हारगुहार गर्न थालेका छन् । अब नेपालमा दुई फरक खेमामा रहेका उदारपुँजीवादी —पुँजीवादी धार र कन्युनिष्ट समाजवादी—साम्यवादी धार वीच नजिकै हुन थालेको प्रदेश तथा सघका निर्वाचनको तालमेलले पनि बाम कम्युनिष्ट एकतालाई परिक्षण गर्ने छ । यो एतिहासिक प्रारम्भलाई नेपाली जनताले खुशीको क्षणको रुपमा स्वागत गरेका छन् ।
तर यो खुशीको क्षणलाई दिर्ध्जिवि र अझै सुखदको क्षणमा परिणत गर्नु पर्ने ठुलो जिम्मेवारी र त्याग शिर्ष सहयात्री तीन दल एमाले, माके र नयाँ शक्ति पार्टीको काधमा आएको छ । आजसम्म नेपालको ६८ बर्षको अवधिमा बाम कम्युनिष्ट आन्दोलनहरु दुखद रुपमा बित्य । २०७४ असोज १७ को तीन पार्टीको सयूक्त प्रेस—विज्ञप्तीले वास्तविक रुपमा कम्युनिष्ट एकता चाहनेहरुका लागि दिर्धकालिन सुखदको अनुभुती गराएको छ । तर क्षणिक स्वार्थ र नाफाका लागि एकताको कार्ड रचेर एकताको नाममा नेपाली जनताको भोट मात्रै बटुल्ने नाटक मञ्चन हो भने कृपाया यस्तो सकुनी नाटक नर्गनुहोस, यो अभियान आफैमा अन्त्यन्त सकारात्मक भए पनि नेतहरुको क्षणिक स्वार्थले घटनाले भोली सार्थकता पाएन भने सबै भन्दा दुखद कम्युनिष्टहरुको लागि यो हुनेछ ।
यो सुख र उत्साहको अनुभुती दुखद विमतिमा नेताहरुको स्वार्थले परिणत नगराओस भन्ने नेपाली जनताको वास्तविक चाहना रहेको छ । वास्तविक रुपमा विश्व राजनितिमा बाम कम्युनिष्ट समाजवादी तथा साम्यावादी र पुँजीवादी दूई खेमा वीच आर्थिक ,सामाजिक र राजनैतिक वैचारिक युद्ध वा आईडोलाजिकल वार भई रहेका अवस्था हो । यो वैचारिक युद्ध देश, काल, परिस्थिति र आवश्यकता अनुसार कम र बढी भई रहन्छ । तर विश्वको राजनैतिक परिस्थिति भुमण्डलीकरण भएको छ । यो ग्लोवाईजशनको युगमा विश्व कयौ राजनैतिक मोडेल वा पद्धति हिजोको ट्रेनमा चल्न सक्ने अवस्था देखिदैन । यो अवस्थामा रुप पक्षमा विकास वा परिमार्जन वा पूनःव्याख्या गर्नु आवश्यक छ ।
तर दर्शन वा सिद्धान्तको सार तत्व वा मुख्य तत्व वा गुण भनौ या नियमलाई नछाडी खेले खुल्नु पर्ने वाध्यता बाम कुम्युनिष्टहरुको काधमा थप जिम्मेवारी आएको छ । काम गर्ने, कार्ययाजना बनाउने र लागु गर्ने क्रममा बाम कम्युनिष्टहरुले माक्र्सवादको द्धन्दात्मक एतिहासिक भौतिकवादको रुपान्तरण वा निरन्तर परिवर्तनको नियम वा अग्रगामी रुपान्तरणलाई विर्सने हुन भने त्यसको कुनै अर्थ हुदैन । यो एकता प्रक्रिया काले काले मिलेर खाउ भाँले नहोस । निश्चित रुपमा माक्र्सवादी दर्शनमा आजको युग, वस्तुस्थिति र आत्मगत परिस्थिति अनुसार यसमा थप विकास, परिमार्जन र व्याख्या गर्दा द्धन्दात्मक भौतिकवादको नियमका आधारमा गनु पर्छ ।
यसको मुल मर्मलाई नविर्सेर युग, परिस्थिति र आवश्यकचालाई मध्य नजर राख्नै पर्छ । नत्र परिवर्तनको नियम र जनताको आत्मगत र वस्तुगत अवस्थालाई वेवास्था गरेको ठहरिन्छ । विज्ञान जडसुत्रवाद हुन सक्दैन । यसलाई परिस्थिति ,आवश्यकता र जनताको माग मुताविक लागु गर्न सकिन्छ । कहिले आवश्यकतालाई मात्रै बढी ध्यान दिदा उग्रपन्थी हुन पुग्न सम्भावना हुन्छ । अनि परिस्थितिलाई बुझन नसक्दा दक्षिणपन्थी भईने सम्भावना हुन्छ । त्यसैले आवश्यकता र परिस्थितिलाई वीचको सन्तुलन आजको आवश्यकता हो ।
यी दुवै पहुलको सन्तुलन खाज्ने र कार्यान्वयनमा लैजानको लागि दुरदर्शी नेता वा नेतृत्व अतिआवश्यक छ । त्यस्तो नेतृत्व र नेता तपाई हामी वीचबाटै खोजिनु पर्छ ,नकी बाहिरबाट आयत गर्न सकिन्छ ।नेपालमा अहि २०७४ असोज १७ गतेको बाम कम्युनिष्ट एकता प्रक्रियाको शुरुवात नेपाली जनताको चाहाना र अहिलेको आवश्यकता अनुसार भएकोले बहुमत शोषित पिडित जनता खुशी देखिन्छन ।
तर यो बाम एकता प्रयोजित ढगले दलका कुनै शिर्ष नेताहरुको राजनैतिक स्वार्थ र विदेशी शक्तिको खेलमा भएको हो भने निश्चित रुपमा यसले नेपाली बाम कम्युनिष्टहरुको लागि ठुलोधोका हुन जानेछ । यसलाई त्यस हुन दिनु हुदैन र गरिनु हुदैन । क्षणिक राजनैतिक स्वार्थ र विदेशीको चलखेललाई उल्टोपाल्टो हुने गरि यो एकताको नाटक रचिएको हो भने यो आज कै मितिबाट आवश्यक छैन । यस विषयमा गम्भिर हुन यसका सहयात्री तलदेखि माथिसम्मका इमान्दार नेता तथा कार्यकर्ताहरुलाई यो पक्तिकारको अनुरोध छ । निश्चित रुपमा पुँजीवादी र समाजवादी—साम्यवादी खेमा वीच विश्व कै राजनैतिक इतिहासमा दिर्धकालिन रुपमा सम्झौता स्थाई भएको पाईदैन र सम्भव पनिछैन ।
सामन्तवादको विरोधमा, राष्ट्रिय स्वतन्त्रता,सार्वभौमिकता,स्वाधिनता ,लोकतन्त्र वाहाली र त्यसको रक्षाको एवम् नागरिक स्वतन्त्रताको सवालमा खतरा उत्पन्न भएको अवस्थामा त्यसको रक्षाको लागि सामन्तवादीहरुको तुलनामा उदार पुँजीवादी —पुँजीवादीशक्तिहरुसँग अस्थायी सम्झौता वा सहकार्य हुने गर्छ । जस्तो नेपालमा २००७ सालमा जहानिया राणाशसनको अन्त्यको गर्ने अवस्थामा ती उदारवादीहरुसँग मात्र होईन,देशभक्त र राष्ट्रियता स्वतन्त्रता रक्षा, लोकतन्त्र, र स्वाधिनता चाहने शक्तिसँग समेत सहकार्य गरेर राणा शाही अन्त्य भएको छ ।त्यस्तै एकातमक सासन सत्ता अत्य र लोकतान्त्रिक, गणतन्त्र वहालीका लागि २०४६ र २०६२—६३ को जनआन्दोलन —२ मा उदारपुँजीवादी र पुँजीवादी लोकतन्त्रवादीसँग आन्दोलनलाई साझा मुद्धा बनाएर गएको इतिहास साक्षी छ ।
तर जनगणतन्त्र,समाजवाद —साम्यवाद स्थापनाका मुद्धाहरुमा यी उदारपुँजीवादी र पुँजीवादीसँगै जानसक्ने अवस्था हुदैन ।त्यसैले २०७४ असोज १७ गते भएको बा कम्युनिष्ट एकताको पहिलो प्रक्रिया अन्त्यतै सकारात्मक र स्वागत योग्य छ । यसलाई अगाडि बढाउन अस्थायी र क्षणिक स्वार्थपरक मुद्धा भन्दा पनि मुलुकमा दिगो राजनैतिक स्थिरता , आर्थिक विकास र समृद्धिका लागि राजनैतिक मुद्धाका आधारमा सार्थक बनाउन सकिन्छ ।यस विषयमा बाम कम्युनिष्ट एकताका सम्पुर्ण पक्षधरहरु अतिगम्भिर र सचेत हुनु आवश्यक छ । यो एकता प्रक्रियाको अन्तर मनमा प्रवेश गरेर यसलाई सफल बनाउने तर्फ लाग्नु पर्छ ।बाहर्य मनमा दौडेर यसलाई निकर्षमा पुरयाउन सकिदैन ।
६८ बर्ष पछि नेपालमा मुलुधारमा रहेका तर क्षणिक र अस्थायी राजनैतिक स्वार्थका लागि फुटेका बाम कम्युनिष्ट पार्टीहरुको धुव्रिकरणको प्रारम्भिक अभियानले नेपाली कम्युनिष्ट आन्दोलनले नयाँ मोड लिन थालेको छ ।फेरि पनि शिर्ष नेताहरुको आफनो मनागत महात्वाकाक्षी प्र्रवृतीले काम गरेमा यो एकता अभियान सिशाको घर फुटे जस्तै गरि फुटनेछ ।त्यसो नहोस शक्ति सन्तुलन ,सहअस्तित्व सबैको रहने गरि भुमिका र व्यक्तित्वको आधारमा चुनावी तालमेल होस ।महत्वाकाक्षी र एकले अर्कालाई नसिध्याउने प्रकारले चुनावी तालमेल होस ।शत्रुलाई हसाउने र मित्रलाई रुहाउने काम नगरियोस भन्ने पक्तिकारको गठबन्धनका शिर्ष नेतालाई अनुराध छ ।
यो गठबन्धनबाट एउटा पक्ष कुनै कारणले बाहिरिएमा गठबन्धन प्रति जनताको विश्वास टुनेछ । २६ बर्षिय ससदिय विकृती र विसगतिको अन्य गरि मुलुकमा पुर्ण व्यवस्थापिका ससदको निर्वाचन पद्धति,जनताद्धारा प्रत्यक्ष चुनिएको कार्यकारी ५ बर्षिय राष्ट्रपतिय साशन व्यवस्था, भ्रष्ट्राचारले थिलो थिलो भएर मुलुलकले ठुलो आर्थिकभार खेपी रहने अवस्थाको नियन्त्रण,दिगो राजनैतिक स्थायीत्व ,आर्थिक विकास र समुद्धि गदै जनताको चाहना अनुसारको समाजवादको स्थापना जस्ता राजनैतिक साझा मुद्धालाई कार्यान्वयन गर्ने मुलभुत उद्धेश्य बोकेर बाम कम्युनिष्ट एकताको अभियान आफैमा महत्वपुर्ण,आजको आवश्यकता र जनचाहना अनुरुप छ ।
यसले राष्ट्रिय अन्तराष्ट्रिय राजनैतिक माहोललाई कतै उत्साहित बनाएको छ भने यो एकता नहोस भन्नेहरुको लागि फलामको चिउरा सावित भएको छ । यसलाई निर्णायक विन्दुमा पुराउनको लागि सबै भन्दा बढी त्याग र गार्जेनको भुमिका एमाले र माओवादी केन्द्रका शिर्ष नेताहरुले खेल्नु पर्छ । नयाँ शक्तिका शिर्ष नेताहरुले तािलन आवश्यकताको पक्षका वातावरण सुर्जना गदै जानु आवश्यक छ । हात्ती आयो,हात्ती आयो फुस्सा नहोस,अर्थात नेताहरुमा न्याउरी मारी पछुतो पनि नहोस । यो एकता प्रक्रिया नेताहरुको लागि नभई सिगो नेपाली जनता र मुलुकको स्वाधिनता,स्वतन्त्रता, बृहत प्रगतिशिल राष्ट्रिय एकता र सार्वभौमसत्ताको रक्षा र त्यसको समृद्धिको पक्षमा रहेकोले आम स्वतन्त्रता प्रेमी नेपालीले यसको पक्ष्मा माहोल बनाउनु आवश्यक छ ।
पुनः पनि नरहे बासुरी ,नरहे आँप जस्ता व्यवहार एकता प्रक्रिया का शुत्राधार शिर्ष नेताहरुबाट नहोस ।यही नै पक्तिकारको तर्फबाट सुझाव छ । एकताको खोले मात्रै नेपाली जनता र नेपालको हित हुदैन । त्यसैले यो बाम कम्युनिष्ट एकताको प्रारम्भिक चरणमा भएको सहमति र चुनावी तालमेलको सहमतिलाई व्यवहारमा कार्यान्वयन गरियोस । फगतमा कसैलाई अपमान र कसैलाई तालुकदार गर्ने व्यवहार होस । मुखमा राम राम बगालीमा च्छुरा गर्ने हठले यो कालान्तर आफैलाई आत्मघाती बन्न सक्छ ।त्यसैले भन्ने गरिन्छ बाठो मामा भन्दा लाठो मामा नै ठिक हुन्छ है । धन्यवाद ।
लेखकः नयाँ शक्ति पार्टी, नेपालका केन्द्रिय कार्यकारी सदस्य तथा जुम्ला जिल्ला ईन्चार्ज र अधिवक्ता एवम् पत्रकार हुनुहुन्छ ।