विजया पन्त ।

माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ

पोखरात साच्ची कै नै पोखरा पो रैछ ।

प्रेम प्रकास मल्लको यो गीतले नै पोखरा र फेवातालको सुन्दरताको वर्णन हजार मुख भएका शेष नागले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विजया पन्त ।

माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ

पोखरात साच्ची कै नै पोखरा पो रैछ ।

प्रेम प्रकास मल्लको यो गीतले नै पोखरा र फेवातालको सुन्दरताको वर्णन हजार मुख भएका शेष नागले"/>

२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘फेवातालको बीचमा सबैकी सानी आमा’

१४ मंसिर २०७४, बिहीबार ०८:४१

विजया पन्त ।

माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ

पोखरात साच्ची कै नै पोखरा पो रैछ ।

प्रेम प्रकास मल्लको यो गीतले नै पोखरा र फेवातालको सुन्दरताको वर्णन हजार मुख भएका शेष नागले पनि गर्न सक्दैनन् जस्तो लाग्छ  । तर पनि उत्तरतिर रहेका हिमाच्छदित माच्छापुच्छ्रे र अन्नपूर्ण हिमालको स्वरुपलाई आफ्नो छातीमा प्रतिबिम्बको रुपमा राखेको फेवाताल, बीचको तालबाराही मन्दिर, माथि देखिने बौद्ध स्तुप, शान्त र निश्चल रहेको फेवा आफै जस्ता  प्रकृतिको त्यो अनुपम छटा कसैको पनि मन नलोभ्याइ रहन सक्तैन । न त कसैले वर्णन नगरी सक्छ  । त्यति मात्र पनि कहाँ हो र ? डुंगामा चढेर चारैतिरको दृश्यलाई नियाल्दै फेवातालमा सयल गर्दाको अवस्थाले त झन कसलाई पो आनन्द  नआउला र ? त्यसैले होला पोखरा पुग्ने जो कोही पनि फेवाको सेवा नलिइ र्फकने मन गर्दैनन् । 

बाह्य पर्यटकको केन्द्र त पोखरा छदैछ । आन्तरिक पर्यटकको केन्द्र पनि पोखरा नै बनेको छ । पारिवारिकदेखि संघसंस्था र विद्यालयको आन्तरिक भ्रमण जाने पहिलो स्थान भनेकै पोखरा हो र त्यसमा पनि फेवा ताल । जो कोही अन्य कुनै ठाउँ पुग्न छोडे पनि पोखरा पुगेपछि फेवाको सेवामा पुगेकै हुन्छन् । त्यस्तै थियो हाम्रो यात्रा पनि । त्यहाँ पुगेपटि कति तालबाराहीमा पुजा गर्न जाने त कति बोटिङी गर्न जाने हुँदा रहेछन् । फेवातालको छेउमा पुगेपछि सबैको ध्यान ताल सयलको लागि सेफ्टी ज्याकेट र टिकट लिनेमा नै हुँदो  रहेछ । बृद्धदेखि बच्चासम्म डुँगा चढेर पानीमा सयल गर्दाको मज्जामा रमाइरहेका थिए । डुंगा माझीको नियन्त्रणमा तालको बीचमा धेरै तैरी रहेका थिए । अचानक मेरो आँखा एउटा यस्तो डुंगामा पर्यो । यदि कसैले पनि उसलाई नियालेर हेर्छ भने साच्चै एउटा जीन्दगीको डुंगानै तारिदिने प्रेरणा मिल्छ  । 

तीन जना खैरो कपाल भएका बीचमा र गमना समाएर, यदि मेरो अनुमान गल्ती हुँदैन भने आधा शताब्दी काटेकी महिला डुँगाको छेउमा बसेकी थिइन ।  तीन जना सेफ्टी ज्याकेटमा थिए भने  उनी त “फेवा डुँगा व्यवसायिक संगठन, बैदाम ६ पोखरा, द्य।न्” लेखिएकोे डुँगा व्यवसायीको पहेँलो  ज्याकेटमा थिइन् । शिरमा उलनको रातो टोपी जाडो छेक्न होला । कपालमा रातो डोरी बाटिएको थियो । पोशाकमा त उनले तलबाट लुङ्गी र माथिबाट टिसर्ट लगाएकी थिइन् । 

“फेवातालमा साइली डुँगा सरसर” भन्ने गीमा झैँ नेपाली र अझ जात विशेषको अमूल्य पोशाकमा पुरुष सरह फेवाको बीचमा डुँगामा बिदेशीलाई सरर घुमाएको देख्दा,  म पनि महिला भएको नाताले गर्वले छाती फुरेर आयो । आज अधिकार समान खोज्दा हाम्रा गुनियो, चोली र डोरीहरु धरापमा पर्दै छन् । यस्तै अवस्था बढ्दै गए भोलि हाम्रा पोशाक म्युजियमको सोकेशमा खोज्नु पर्ने त होइन ? यस अवस्थामा महिलाकै पोशाकमा डुँगा चलाएको देख्दा,हामीलाई पोशाकले होइन इच्छा शक्तिले रोक्दो रहेनछ भन्ने लाग्यो  भने अर्कोकोतिर त्यही लेक साइटमा हट पाइन्ट लगाएर मोटा साप्रा देखाएर हिड्नेलाई चुनौती पनि हो की ? भन्ने आभाष  भयो । 


हुन त बाल्यकालमा म डुँगा नतरेको पनि होइन । गाउँघरमा नुनतेल आवश्यक सामान किन्न नदी तरेर बजार जानु पर्ने । त्यस्तैमा एकपटक बाल्यकालमा आमासति डुँगा तरेर बजार जाँदा सानी बच्चीले डुँगा चलाएर नदी तारिन् । उनको क्षमता देखेपछि आमाले भन्नु भयो “यी बोटेहरू त पानी भन्दा एक दिनले जेठो हुन्छन् । त्यसैले उनीहरुलाई पानीले केही र्गदैन ।”हो उनी कुन जातकी हुन् ? सेफ्टी बिनाको र उमेरको अवस्था हेर्दा लाग्यो उनी पक्कै पनि एकदिनले पानीभन्दा जेठो हुनुपर्छ  । नालालापनीको युद्धमा पनि महिला लडेका थिए भन्ने इतिहास पाइन्छ । १० वर्षे जनयुद्धमा पनि गोलाबारुद बानेकेर महिला नहिडेका होइनन् तर जति पनि यस्ता अदम्य साहस मध्यम र तल्लो वर्गमा नै रहन्छ र प्रेरणाका स्रोत पनि उनै बन्छन् ।  उनीहरूको श्रमको सम्ममान गर्दै हृदयदेखि नै सलाम भन्न मन लाग्छ । 

फेवातालको बीचमा डुँगा गमनाले खियाउनु उनको रहर होइन बाध्यता थियो भन्ने कुरा उनको पोशाकले नै देखाउँछ । छोराछारी जहान बच्चा पाल्ने जिम्मेवारीको बोध गराइरहेको थियो त्यो दृश्यले । बाध्यात्मक साहस देखेर उनको परिचय लिन मन लाग्यो र त्यहीँको एक जना कर्मचारीसित सोधेँ । फेवा तालको बीचमा  गमना हातमा लिएकी महिलाप्रति इँकित गर्दै भने “त्यो महिलाको नाम के हो ?” उहाँबाट जति उत्तरको अपेक्षा गरेकी थिएँ त्यो पाउन सकिन तर पनि जति उत्तर दिनु भयो त्यसले पनि सन्तुष्ट भएँ । उहाँले भन्नु भो “उहाँलाईँ हामी सबैले सानी आमा भन्छौँ वा उहाँ हामी सबैको सानीआमा हुनुहुन्छ । ” 

यति परिचय पाएपछि म उनलाई श्रमजीवी महिला भनेर चिनेँ । उनको नाम थाहा छैन । उनी कसैकी छोरी, श्रीमती, आमा, बुहारी …… हुन् थाहा छैन । उनको अनुहारको परिचय पनि छैन । मसित उनको सबैकी सानी आमाभन्दा अरु व्यक्तिगत परिचय छैन । मसँग छ त लुङ्गी र टिसर्टमा सजिएकी, रातो डोरी बाटेकी संगठनको परिचय खुल्ने ज्याकेट लगाएकी, नेपाली अदम्य साहस बोकेकी नेपाली महिला “ फेवातालको बीचमा, सबैकी सानी आमा ।”


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने