२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खाडी मुलुकमा बन्दी जीवनसरह घरेलु कमदार

२८ मंसिर २०७४, बिहीबार ०८:४३

युएईमा घरेलु काममा महिला कामदालाई आउन रोक लगाइएको छ । नेपाल सरकारले नयाँ कानुन ल्याएपछि बिगत लामो समयबाट युएईमा काम गर्दै आएका नेपाली महिला कामदार यसबाट प्रत्यक्ष प्रभावित भएका छन् । देशमै रहेरपनि गाँस, बाँस र कपासको लागि समेत निकै संर्घष गर्नुपर्छ । एक त नेपालमा रोजगारीको प्रस्तत अवसर छैन भने जनचेतना कमि । सानै उमेरमा विवाह गर्यो अनि परिपक्व भइसक्दा तीन चार सन्तान हुन्छन । उमेरको परिपक्वता नभएकै कारण श्रीमान श्रीमतिबीच राम्रो सम्बन्ध हुदैन । कोही श्रीमान अर्को बिबाह गर्छन त कोही निकम्बा भएर आफू केही गर्न नसक्ने र घर परिवारलाई पाल्न नसक्ने अवस्थामा पुग्छन् । अनि त्यो सबै जिम्मेवारी महिलालाई जान्छ । उनिहरु घर परिवारलाई सहयोग गर्ने बालबच्चाको पढाइ लेखाइ राम्रो बनाउने ठूलो सपना बोकेर बिदेश हिडन बाध्य हुने गर्छन।

त्यस्तै सयौ पुरुषको पनि उस्तै स्थिती छ घर परिवारलाई आफुले नै हेर्नु पर्ने सबै जिम्मेवारी बहन गर्नु पर्ने भए पछि नेपालको अस्थिर राजनीतिक घटनाक्रम अनि सरकार परिवर्तनको खेलमा न्यस्त राजनेताहरुको कारण नेपाल एकदम नाजुक स्थितिमा पुगेको यो घडीमा बिदेसिनुको बिकल्प नभएसी आँखा बन्द गरेर बिदेश निस्कछन तर यस पछि के होला कस्तो काम होला कति तलब होला भन्ने कसैको नजर अन्दाज नरहदाको दुस्परिणामले पिरेल्ने हरुको निकै ठूलो जमात युएईका विभिन्न राज्यहरु पाउने गरिन्छ।

बिदेशिनेमा महिला र पुरुष दुबै पाउने गरिन्छ । कोही घुम्न आउने बहानामा अध्यागमनको सेटिङ्गबाट आउछन त कोही तेस्रो मुलुकबाट आउने गर्छन। यसरी युएई भित्रिने क्रम अहिले व्यापक भैसकेको छ। किनभने सरकारले यो बारेमा त्यति चासो देखाएको पाइदैन। विभिन्न समयमा विभिन्न पार्टीका सरकार बने तर पनि यो समस्याको लागि केही पहल भएन । पछिल्लो समयमा युएईमा स्थापना भएका विभिन्न जिल्लागत समाज, पार्टीका भातृ संगठन, पत्रकार महासघ युएई शाखा, नेपाली समाज, गैरआवासीय नेपाली सघ युएई लगायत सस्थाले उद्दार गर्छन । कतिपय त्यसके फाइदा लिदै उनिहरुले आर्थिक सहयोग गर्छन भनेर पनि जानाजानी युएई भित्रीएको घट्ना प्रसस्त पाइन्छ ।

बिडम्बना भन्नू पर्छ, राजदुतावास अबुधाबीले यसरी बिनाहक मोटो रकम लिएर बालुवाको महल बनाउने सपना देखाएर युएई ल्याइ खान बस्न र काम समेत दिन नसक्ने मानव तस्करको नाम पटक पटक गरेर सार्बजनिक गरेको भए पनि त्यसको कुनै सुनुवाइ नभएको दूतावासका उच्चपदस्थ कर्मचारी बताँउछन।

आर्थिक,मानसिक,शारिरिक रुपले पिडित हुनुहुन्छ ।जसले गर्दा धेरै समस्या र यतनाहरु भोग्नु परिरहेको छ भने अर्कोतिर त्यहि काम गर्ने चेलिहरु आर्थिक, मानसिक, शारीरिक रुपमा स्वास्थ र सवल भई राम्रोसँग आफ्नो गुजरा र परिवारको लागि केही सहयोग गरिहनु भएको पनि छ । यस्तो परिस्थितिमा नेपालबाट आउँदा अथवा लामो समय खाडि मुलक बसेर छुट्टि गएका चेलिहरुको श्रम स्वकृतिलाई सम्बन्धि निकायले कसरी हेरेको छ र हेर्नू पर्छ ।.यो बिषय आजको गहन बिषय भएको छ । यहि समस्याले गर्दा धेरै चेलिहरु मेनपावरका दलाललाई मोटो रकम दिएर चोरबाटो हुदै विभिन्न जोखिमको सामाना गर्दै आउनु पर्छ । त्यतिमात्र नभए यहाँ आएपछि पनि काम नपाए अलपत्र पर्नेको त ठुलै जमात रहेको छ। त्यतिमात्र नभए यहाँ आएपछि पनि काम नपाए अलपत्र परेर नेपाल एम्बेस्सी र विभिन्न सामाजिक संघं संस्थाको सहारा लिएर नेपाल फर्किनु पर्छ । यस्तो अवस्थामा अब हाउस मेड भिषामा आउने चेलिबेटीहरुको सहजता र चोरबाटो बन्द गर्न श्रम स्विकृतिलाई व्यबस्थित गर्ने कि नगर्ने? लामो समय बसेका चेलिहरु छुट्टिमा गएर आउन पाउने कि नपाउने ? लामो समय हाउस मेड भिषामा काम गरेका चेलिहरुको लागि बैदेशिक रोजगार बिभिन्न समस्यै समस्याले ग्रस्त छ । यो विषयमा सरकाले ठोस समाधनका लागि ध्यान जानु त पर्ने हो । तर यसतर्फ सरकारको कहिले ध्यान गएन । न त नेपालीका हितमा बिदेशमा खुलेका संघसंस्थाले सरकारलाई दवाव दिन सके। न देशमा रोजगार गरेर खाने वातावरण बन्यो । जेनतेन विदेशमा बसेर परिवारलाई पालीरहेका पचास लाख नेपालीलाई स्वदेशमै काम गर्न प्रोत्साहित गर्दै स्वदेश फर्काउन सरकारले कहिले सक्छ त्यो हेर्न बाँकी छ ।

श्रम स्वीकृति, घरेलु कामदारको भिसा, पर्यटक भिसा लगाउने मात्र होइन घरेलु कामदारमा गएर विदा मनाउन नेपाल आएकाहरुलाई पनि काममा जान दिइएको छैन।  उनीहरुले श्रम कार्यालयले श्रम स्वीकृति नविकरण गर्ने गरेको छैन। पर्यटक भिसा लगाएकाहरुलाई भने त्रिभुवन विमानस्थलमा अध्यागमन कार्यालयले जान  दिएको छैन।घरेलु कामदार जान रोक लगाएपछि सरकारको अहिले चौतर्फी आलोचना भइरहेको छ।

घरेलु कामदार विदामा आएतापनि काम गर्न विदेश पठाउन सरकारले रोक्न नहुने सरोकारबाला बताउँछन् । तसर्थ  घरेलु कामदारमा रोक लगाउ भन्नासाथ रिइन्ट्री, वैध तथा अवैध सबैबाटोबाट जाने पर्ने र कानुनले सबैलाई एउटै तराजुमा राखेर व्यवहार गर्नुपर्ने परिपाटीको अन्त्य हुन आवश्यक छ ।  घरेलु कामदार खाडी मुलुक पठाउने प्रतिबन्ध कहिले खुल्छ त भन्ने प्रश्नको जवाफ अब सरकारले दिनु पर्दछ ।

लेखक:- डिल्ली हुमागाई

बुद्ध शान्ती – ०३, झापा

हाल- युएई


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम