कुनै वेला कर्णालीवासीले विशेष अधिकार सहित स्वायत्त प्रदेशको माग राख्दै आफ्नो ज्य"/>
कुनै वेला कर्णालीवासीले विशेष अधिकार सहित स्वायत्त प्रदेशको माग राख्दै आफ्नो ज्य"/>
– नरेन्द्रनाथ योगी |
कुनै वेला कर्णालीवासीले विशेष अधिकार सहित स्वायत्त प्रदेशको माग राख्दै आफ्नो ज्यानको आहुती दिई पहिलो सहिद घोषणा गरि सकेका छन्, ति सहिद हुन् हरिबहादुर कुँवर । त्यसै ताँका अर्को तिर अधिकार प्राप्ती नभएसम्म आन्दोलन नरोक्ने भनेर कर्णाली दल तथा नागरिक समाज काठमाडौको रिर्पोटर क्लवमा पत्रकार सम्मेलन गर्दै थिए ।अधिकार प्राप्तीको आन्दोलनलाई साम्य पार्न सत्ताधारी दलहरुका नेता तथा कार्यकर्ताहरु २०७२ भान्द्र ५ गते राती सुपबाट कर्णालीका ५ जिल्ला छुट्टाएर, भेरीका ४, राप्तीको १ जिल्ला जोडेर सुर्खेत केन्द्र रहने गरि ६ नम्बर प्रदेश वा कर्णाली प्रदेश घोषण गर्दै थिए । त्यसै बेला जुम्लामा अधिकार प्राप्ती लागि १ शहिद र दर्जनौं घाइते भए । मुगु, कालिकोट, हुम्ला र डोल्पा जिल्लामा आन्दोलन नरोकिने गरि तिव्र रुपमा अगाडि बढी रहेको थियो । २०७२ भान्द्र ५ गतेको राती सुर्खेतलाई केन्द्र मानेर सत्ताधारीहरुले ६ नम्बर प्रदेश घोषणा गरे पछि आन्दोलन शिथिल भयो । आन्दोलनमा लागेका तत्कालिन नेकपा माओवादी केन्द्र, एमाले र नेकाका जिल्ला स्तरिय नेता तथा कार्यकर्ताले सरकारको ६ नम्बर प्रदेशको घोषणालाई स्वागत गरे पछि आन्दोलन तुहाएको थियो । तर आन्दोलन जारी रहेको सन्देश दिनका लागि काठमाडौमा रहेका कर्णालीका दल तथा नागरिकले सयुक्त हस्ताक्षर सहितको प्रेश विज्ञप्ती २०७२ भान्द्र ७ गते काठमाडौमा जारी पत्रकार सम्मेलन गरेका थिए । विशेष अधिकार सहित स्वायत्त प्रदेश घोषणा नगरेसम्म आन्दोलन जारी राख्ने निर्णयमा नागरिक समाजको तर्फबाट हस्तारक्षर गर्ने मध्य म पक्तिकार पनि एक हँु । उनीहरुले एकातिर आन्दोलन जारी राख्ने बक्तव्य दिने अर्को तिर सरकारको घोषणालाई स्वागत गर्ने दोहोरो चरित्र देखाए पछि आन्दोलन तुहीन गयो । म पक्तीकार त्यस वेला नागरिक समाजबाट प्रतिनिधित्व गरेको हुनाले आन्दोलन जारी राख्ने सम्बन्धमा मेरो कुराको कुनै सुनुवाई भएन । अन्ततः म त्यसै समयमा वाध्य भएर नयाँ शक्ति अभियानमा लागे ।जे होस म पनि अहिले एउटा पार्टीमा आवद्ध छु ।
कर्णालीको आन्दोलन मार्फत स्वायत्त कर्णाली प्रदेश र त्यसको केन्द्र विषयमा सयौ पटक कार्यक्रम,अन्तरक्रिया,गोष्ठी , सडक आन्दोलन र हस्ताक्षर कार्यक्रमहरु भएका छन् । तर ती आन्दोलन र कार्यक्रमहरुलाई जिम्मेवार पार्टीका नेताहरुले प्लेट फोरमको रुपमा उपयोग गरे । कर्णाली अधिकार प्रति सचेत र सगठित पात्रहरुले ज्यान गुमाए,कयौ साथीहरु घाईते भए । अनि अपाङ भए । विगतमा गरिएका कर्णालीबाट प्राप्त आंशिक उपलब्धीहरुलाई जिम्मेवार पार्टी नेता कार्यकर्ताहरुका लागि मागी खाने र निहित रुपमा चुनावी एजेण्डा वा नारा बने । यसले गर्दा कर्णाली आन्दोलनबाट प्राप्त आंशिक उपलबधी र आन्दोलनको समिक्षा नहुदै फेरि आन्दोलनका आवाज उठेका छन् ।
अहिले उठेको आन्दोलमा मेरो ह्दयदेखि समर्थन छ । व्यक्तिगत रुपमा म आन्दोलित हुन सक्छु । तर । पुनः पनि यो आन्दोलनको आन्तरिक मर्म भित्र कुनै दल र ब्यक्तिका निहित स्वार्थ प्राप्तीको एजेण्डा बनाइएका हुन भने मेरो नैतिक समर्थन छ । अमुक ढंगले कसैलाई माथि उठाउने वा चढने भरयाङ बनाईने हो मेरो भन्नु केही छैन् । विना समिक्षा र तयारीको अभावमा अहिले उठान गर्न खोजिएको आन्दोलन पनि विगत कै जस्तै हुन जाने निश्चित छ । त्यस्तो मोडेल वा प्रयायोजित आन्दोलनको कुनै औचीत्य र अर्थ छैन । त्यसैले कर्णाली अधिकार प्राप्तीको आन्दोलन जनताको अनिवार्य आवश्यकता र कर्णाली मुक्तीको लागि वाध्यत्मक शर्त बन्नु पर्छ । आन्दोलनको औचीत्य त्यहाको आत्मगत र वस्तुगत परिस्थितिसँग मिल्नु पर्छ । विगतमा गरिएका आन्दोलनको सवल र दुर्वल पक्षको समिक्षा हुनु पर्छ ।रुप र सारमा समिक्षा गर्दै आत्मआलोचना गरिनु पर्छ । आन्दोलनलाई अनिवार्य शर्त बनाउदै योजनाबद्ध रुपमा अगाडि बढनु पर्छ । आन्दोलन कसैको क्षणिक स्वार्थ, लहड, कल्पना र भावनाको आधारमा गरिएको खण्डमा त्यो आन्दोलन अन्ततः सुखात्मकतामा होईन, प्रतिफल विनाको दुःखात्मकतमा टुङ्गिन जान्छ । सोचेको उपलब्धी र परिणाम प्राप्त हुन सकेन भने आन्दोलित शक्तिले ठुलो दुःख र क्षती ब्यहोर्नु पर्ने हुन्छ । विगतका आन्दोलनहरुमा शिर्ष र जिम्मेवार पार्टीका नेता तथा जनप्रतिनिधिहरुले आन्दोलनलाई दुखात्मक बनाए । प्रतिफल विहिन बनाए । आन्दोलनको लक्ष्य र उदेश्यलाई लत्याए । त्यस वेलाको आन्दोलन धोकामा परिणत भयो । भलै त्यस वेलाको वस्तुगत र आत्मगत अवस्था मिलेको थियो, थिएन । त्यसको पनि समिक्षा हुनु पर्छ । आन्दोलनमा शक्ति, तागत, नेतृत्व, आर्थिक, सामाजिक र राजनैतिक पक्षको दरिलो ब्यवस्थापन आवश्यक छ । त्यसको दरिलो व्यवस्थापन हुनु पर्छ । राजनैतिक निणर्य,जिम्मेवारी र साझा नेतृत्वको तयारी विना आन्दोलन अगाडि बढन सक्दैन । लक्ष्य, उदेश्य र त्यसको गन्तब्य विना आन्दोलन अगाडि बढाईएमा त्यो आत्मघाती हुन जान्छ । त्यसैले कर्णालीको अधिकार प्राप्तीको आन्दोलन वा अरु कूनै पनि आन्दोलनहरु विना उदेश्य, लक्ष्य र योजना तथा जिम्मेवार विहिन भएर अगाडि बढाउन सकिदैन । आन्दोलन गर्ने अवस्था, परिस्थिति, जनताको समर्थन ,उनीहरुको स्वार्थ र आन्दोलनले पाउन सक्ने कानुनी मान्यता र दवावबाट गर्न सकिने भ्यालीडीटी ( मान्यता) नै आन्दोलन पुर्व गरिने अध्ययन र योजनाहरु हुन । त्यसैले आन्दोलन आवेश, रनक, सनक र कसैको पदवाहाली अर्थात पदस्थापनासँग जोडनु हुदैन । आन्दोलनको स्वार्थ साझा, सामुहिक, साझा नेतृत्व, साझा तयारी, व्यवस्थापन, त्याग, बलिदान र एक शुत्रिय माग वा एजेण्डाको आधारमा मात्र आन्दोलनलाई परिणामुखी बनाउन सकिन्छ । आन्दोलनको योजना,कार्यदिशा ,ब्यवस्थापन र कार्यक्रममा तारदम्यता मिलाउनको लागि आन्दोलनका अल्पकालिन र दिर्घकालिन कार्यनिति र रणनिति स्पष्ट गरेर आन्दोलनको तयारीका लागी कर्णालीका सरोकारवाला दल,नागरिक समाज र जनता वीच छलफल र वहस गरेर चरण बद्ध रुपमा आन्दोलनका कार्यक्रम बनाईनु पर्छ । यसले मात्र सार्थक वा परिणाम वा प्रतिफल प्राप्त गर्न सक्छ ।
कर्णाली अधिकार प्राप्तीका लागि थुप्रै आन्दोलनहरु विभिन्न कोणबाट गरिए । ती आन्दोलनहरुले निश्चित रुपमा आन्दोलनका लागि उर्जा थप्ने काम त गरेका छन् नै, तर आन्दोलनले निर्णायक दिशा दिन सकि रहेका छैन । त्यसको लागि पात्रहरु जिम्मेवारी वहन गर्न सक्ने र आन्दोलनलाई खुराक व्यवस्थापन गर्न सक्ने तयारी गरेर अगाडि बढनु पर्छ भन्ने यो पक्तिकारको राय छ । विगतमा गरिएका आन्दोलनको रुप र पात्रहरु चयनमा ध्यान दिनु पर्छ । आन्दोलनको मान्यता प्राप्त गर्न सक्ने कार्यनिति र रणनीति तयार गरेर आन्दोलनको गतिलाई तिव्र पार्नुको विकल्प छैन । त्यसका लागि आन्दोलन परिचालन सयोजन समिति जिल्लादेखि केन्द्रसम्म बनाईनु पर्छ । अझ भन्ने हो भने विभिन्न पार्टीहरुसँग लविङ गर्ने केन्द्यि टिम, आन्दोलनको मान्यता प्राप्त गर्नका लागि केन्द्रिय स्तरका तर सम्बधित क्षेत्रका नेतृत्व वीच जिम्मेवारी बाँडफाँड, प्रदेश र जिल्ला स्तरिय सर्वपक्षिय सर्वदलिय संयोजन समिति र आन्दोलनका लागि आवश्यक पर्ने कोष वा आर्थिक व्यवस्थापन लगायत ब्यवसथापन जस्ता विषयमा ध्यान दिनु पर्छ ।
कर्णाली माथिको उत्पीडन, विभेद, असमानता, बहिष्करण र आजसम्म केन्द्रिय सरकार वा सत्ताले गरेका दोयद व्यवहार र सरकारले गर्नै पर्ने कामको समिक्षा तथा आन्दोलनकारीको माग र योजनाको खाँका स्पष्ट तय गरेर आन्दोलनको तयारी गरिनु पर्छ । त्यसका पनि कर्णाली मैत्रीसँग समन्वय र सहकार्य तथा सहयोगका लागि वातावररण सृर्जना गर्ने टिम पनि बनाईनु पर्छ । आन्दोलनलाई देशव्यपी बनाउन वा प्रचार प्रसार गर्नका लागि केन्द्रदेखि प्रदेश र जिल्लासम्म आम सञ्चार माध्यमसँग समन्वय र बलियो सम्बन्ध राख्न सक्ने सयन्त्र निमार्ण गरिनु पर्छ । मानव अधिकार र अन्तराष्ट्रिय माहोल सृर्जना गर्नका लागि पनि त्यस्तै प्रकारको सयन्त्र बनाईनु पर्छ । विशेष गरि कर्णाली आन्दोलनको एजेण्डा एक शुत्रिय बनाईनु पर्छ । आन्दोलनमा सहायक र मुख्य एजेण्डा तयार गरि त्यसको दिर्घकालिन र अल्पकालिन योजना र रणनितिको साथ आगाडि बढनु पर्छ । यसो गर्दा आन्दोलनले प्राप्त गर्न सक्ने प्रतिफलको आङकलन गर्न सकिन्छ । भुगोल र गैर भुगोल वीच समन्वय, सहकार्य र सहभागिताको विषयमा पनि लविङ गर्ने सयन्त्रको विकास गरेर अगाडि बढनु पर्छ । आन्दोलनको समय, अवस्था र समर्थनमा बढी भन्दा बढी ध्यान दिनु पर्छ ।यसको अर्थ केहो भने देश व्यापीरुपमा अरु प्रदेशका जनताको माग र माहोललाई बुझेर आन्दोलनको गतिलाई हाक्नु पर्छ । सरकार र सत्ताको शक्ति विकेन्द्रीत भए नभएको पनि आङकलन गर्नु जरुरी हून्छ ।कर्णाली मैत्री शक्तिलाई साथमा लिन सक्ने मनोवैज्ञानिक क्षमता आन्दोलनकारी शक्तिमा हुनु जरुरी छ । अन्तमा आन्दोलन एजेण्डा र उपलब्धी साझा तथा दिर्घजिवि बनाउने तर्फ अति गम्भिर हुनु पर्छ । निहित स्वार्थका कारण आन्दोलन वीचैमा तुहाउने प्रवृत्तीलाई चिनेर निरुत्साहित गरेर अगाडि बढ्नु पर्छ । सारमा कर्णाली आन्दोलनले ठेक्न सक्ने र उपलब्धी प्राप्ति पछि सामना गर्न सक्ने क्षमताको औचित्य र व्यवस्थापनका सम्बन्धमा आन्दोलन पक्ष पहिले नै स्पष्ट हुनु पर्छ । आवेग र भावना अर्थात् लहड वा कल्पनामा आन्दोलन अगाडि बढाउनु हुदैंन अरु देश र क्षेत्रको परिस्थिति, वस्तुगत तथा आत्मगत अवस्था ठ्याक्क नमिल्न सक्छ । त्यसैले विगतको समिक्षा गरौं आन्दोलनको एजेण्डा सामुहिक तय गरौं ।