प्रेम सुनार | भदौ ६, बुटवल | यति वेला एकथरीले हरेक क्षेत्रमा सरकारले कर बृद्धि गरेको भन्दै विरोधमा उत्रिएका छन । ति एकथोरीको विरोध पनि जायज होला । तर विगतमा कर छल्दै राज्य ठग्नेहरुले अचुक सम्पत्ति मालिक बन्ने राज्य र जनतालाई सधै गरिव बनाई राखेको कुरा पनि नभुलौं । विभिन्न विकासित मुलुकमा पनि राज्य र नागरिक विच ‘टेक एण्ड गिभ’ मा ति दुबै दायित्वमा छन् ।
राज्यबाट दिनु पर्ने सुविधा र सामाजिक सुरक्षा भत्ता , जिवन विमा, उपचार विमा जस्ता कार्यक्रमहरु विकासित मुलुकमा जस्तै नेपालमा पनि उपलब्ध गराउँदै आईएको छ । विगतका कैयौं सरकारले धेरै जस्ता ठुला ब्यापारीहरुलाई एक प्रकारले छाडा छोडेकै हो ।
सामन्य एउटा जिल्लामा समेत कैयौ ठुला ब्यापारिहरुले कर छल्ने गरेको हर्कत अहिले पनि नजिकबाट नियाल्न सक्छौ । उनिहरुका देखालो ब्यापार र लुकाईदो ब्यवासय राज्यले खोज्न र करको दायरामा ल्याउन बाँकी छ ।
बर्षऔं देखि विभिन्न पार्टीको छत्रछायाँमा रहेर, चुनावताका नेताहरुलाई टन्न चुनाव खर्च दिएर ढाकछोपमा परेका त्यस्ता ब्यापारिहरुको कर्तुत अब सर्वसाधरण नागरिक आफैले पनि खोतल्न पर्ने जरुरी भई सकेको छ ।
रातौरात प्राकृतिक श्रोत साधनको दोहन भई रहेको छ । काठ, जंगली जनावर देखि जडिबुढीको तस्करी रोकिन सकेको छैन । ३३ किलो सुनकाण्डका भुरे माछाहरु त समाईयो तर सायद ठुला माछ अजिङ्गार भन्दा ठुला र खतरनाक भएर पो हो कि ? त्यति कै बिच्कीएको जस्तो महशुस गर्न थालिएको छ ।
जसरी बिकासित मुलुकमा हरेक करामा करको दायरा छ, त्यसरी नै हरेक कुरामा राज्यबाट पनि सुविधा छ । त्यस्तै हाम्रो मुलकमा पनि भई दियो भने राज्य र जनता संग संगै माथी उक्सीन सक्ने देखिन्छ ।
हामीले हामीलाई नै एकचोटी नियालौं त ? हामी नेपालीहरुको आर्थिक अनुशान कस्तो छ ? अझ अन्य कुरामा हामी मध्ये धेरैको अनुशासन कस्तो छ ? विकासित मुलुकमा बाटोमा थुके पनि सानो कागजको टुक्रा फाले पनि नियम अनुसार तत्काल जरिवाना हुन्छ ।
हामीले कसैले नदेखे बाटैमा दिशा पिशाव गर्छौ । मुलुकमा डिटरशिप साहितको राज्य सञ्चालन हुनु पर्दो रहेछ । विना अनुशासनको जनता र राज्य संञ्चालक दुवै छाडा हुँदो रहेछन विगत देखि तिनै छाडा राज्य संञ्चालक र जनताको परिणती भोग्दै छौं हामी ।
आफु सरकारमा छँदा सिन्को भाँचेर देखाउन नसक्ने, अरु सरकारमा गयो कि राम्रै खालको सुरुवातलाई पनि विरोध नै गर्नु पर्ने राजनैतिक संस्कारमा हुर्केका हामीले हाम्रो त्यो संस्कार र मानसिकता पनि त्याग्न जरुरी छ ।
विकासित भन्दा बढि अनुशासित मुलुकहरुमा पुगियो । जहाँ दिनै रातैभर कसैका सर–समान जहाँको त्यही हुन्छन । कसैले चोररे लैजाँदैन । यति वेला हामी संघियता कार्यन्वयनको अभ्यासमा छौं । यसलाई सफल पार्ने दायित्वबोध राज्यले मात्र होईन सर्वसाधरण जनताले समेत गर्नु पर्छ ।
जसरी गाउँमा विकास निर्माणमा जनश्रमतानमा जुटिन्छ त्यसरी नै स्थानिय सरकारलाई बलियो बनाउन जुट्नु पर्दछ । जुन सरकारलाई जति बलियो आत्मनिर्भर बनाउन सकिन्छ त्यसरी नै जनता बलियो र आत्मा निर्भर हुन सकिन्छ ।
हामी जनता पनि खाली नकरात्मक सोचका पछाडी पछाडी मात्र बढि लाग्यौ कि भन्ने विवेचना गरौं । हामीलाई कसैले विरोधको स्वर निकाल्यौं कि ओईरो लाग्छौं तर सकारात्मक कुरा कमै सुन्छौ । खास विरोध गर्नु पर्ने कहाँ हो ? तपाई गाउँ टोलमा हेर्नुहोस ।
५० वर्ष अघि देखि त्यही गाउँको एउटा ठुलो बडो मात्रै सामुदायिक वन देखि कोट मन्दिर र अन्य थुप्रै स्थानको उपभोक्ता समितिको अध्यक्ष र पदाधिकारी किन छाड्न सक्दैन ? किन ति समितिको वर्षेनी खर्च आम्दानी बरावरी मात्रै देखिन्छ ? किन खोतल्दैनौ हामी ?
स्थानिय सरकारले के हेरेर बसेको छ ? खारेज गरे त्यस्ता लामो समय देखि एउटै ब्यक्ति रहेका उपभोक्ता समितिहरु । कोट मन्दिरका गुठीका ति प्रशस्त खेतहरु कहाँ छन । अन्य धार्मिक स्थानका पनि प्रशस्त जमिन र अन्य आम्दानीका श्रोत स्थानिय सरकारको मातहतमा नल्याए सम्म स्थानिय सरकारको ढुकुटी बलियो हुनेवाला छैन ।
जल जंगल खाली जमिन लगायतको श्रोतको पहिचान र परिचालन गर्न नसके संघियता सफल बनाउन गाह्रो पर्ने छ । अनिवार्य वर्षमा सय दिन रोजगार नसके बेरोजगार भत्ता , बैदेशिक राजगारमा जानेहरुलाई विमा र उद्धार लगायतका थुप्रै सुविधा राज्यले दिई रहँदा हामीले के दिने ?
भन्ने पनि सोचौं त ? हामी सधै अधिकार मात्रै खोज्यौ तर कर्तब्य खोजेनौ । यसर्थ अधिकार सहितको कर्तब्य पालना पनि गरौं । हामी सवैमा यस्तो खाले सकारात्म सोच र ब्यवहारको विकास भएन भने मुलुकको पनि विकास हुने छैन । राज्यलाई कर तिर्नु , गल्ती गरे नियम अनुसार जरीवाना तिर्नु एउटा असल नागरिकको कर्तब्य हो । त्यही असल नागरिकको ब्यवहार देखाऔं । पहिलै देखि राज्य ठग्नेहरु पनि अब दायरामा आउनु होस । विना अनुशासनको लोकतन्त्र मात्रै ओकल्नु र राज्यलाई नटेरेर हिड्न खोज्नु भनेको छाडा साँढे झै हुन खोज्नु जस्तै हो कि ?