२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा हुने हवाई दुर्घटनाको जिम्मेवार को ?

२०७५, १६ फाल्गुन बिहीबार ०३:३१

सचिन्द्र श्रेष्ठ । हिजो आज नेपाल होस् या बिश्वका अनेक देशहरुमा मौसमको प्रतिकूल असर परेको छ। यसको प्रत्यक्ष असर अहिले हवाई मार्गमा समेत देखिएको छ। जसको असर आज ताप्लेजुङमा भएको हवाई दुर्घटनालाई मान्न सकिन्छ ।

नेपालको हवाई दुर्घटनाको इतिहासलाई हेर्ने हो भने हालसम्म छ दर्जन भन्दा बढ़ी विमान दुर्घटनामा परेको तथ्यांक छ । नेपालमा पहिलो हवाई दुर्घटना ६ अक्टोबर १९७३ मा भएको पाईन्छ । सोही आधारमा हेर्ने हो भने हालसम्म नेपालमा ७२ हवाई दुर्घटना भएका छन् ।

नेपाली आकाशमा भएको सबैभन्दा ठूलो जहाज दुर्घटना सन् १९९२ मा काभ्रेको भट्टेडाँडामा पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए)को जहाज दुर्घटना हो । त्यो जहाज दुर्घटनामा एक सय ५७ जनाले ज्यान गुमाउनुपरेको थियो।

त्यसपछि पनि अनेक दुर्घटना नेपाली आकासमा दोहोरिएको छ तर त्यसको निराकरण भने अहिलेसम्म हुन नसकिरहेको अवस्था छ । हवाई दुर्घटना यस्तो दुर्घटना हो जसले जन धनको क्षति पूर्ण रुपमा गर्ने गर्दछ। यसको दुर्घटनाबाट मानबिय क्षति हुने सम्भावना बढी हुन्छ । मानिस बाच्न सक्ने सम्भावना न्यून रहन्छ । जसका कारण ठुलो क्षति ब्यहोर्नु परेको छ।

हवाई उड्डयनसम्बन्धी अन्तर्राष्ट्रिय संस्था आइकाओले जुन देशमा हवाई दुर्घटना हुन्छ त्यस देशमै दुर्घटनासम्बन्धी छानबिन आयोग गठन गर्नुपर्ने प्रावधान राखेको छ तर पनि त्यसले गतिलो समाधान दिन सकेको छैन । अझ अचम्म त यो छ की हिजो भएको दुर्घटनाका पीडित स्वयंम मन्त्रि नै यससँग सम्बन्ध हुनुहुन्छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई दुर्घटना छानबिन समितिको प्रतिवेदन पूर्णरुपमा लागू गरिए पनि कतिपय मानवीय त्रुटिका कारणले दुर्घटना दोहोरिएको बताएको छ । तर सत्य अझै प्रस्ट छैन।

हवाई दुर्घटनाका विभिन्न कारण रहे पनि यसको उड़ान हुनुपूर्ब नियमित जाँच, पाइलटको स्वास्थ्य चेकअप, मौसमको पूर्ब र पूर्ण जानकारीमा कमी हुनुले यस्ता घटना नेपालमा दोहोरिएको पाइन्छ । यस्ता घटनामा कस्को लापरबाही भनेर खण्ड़न गरेर, सरकार छानबिन समिति बनाएर समय बर्बाद गरी रहनु भन्दा अब यो खालको दुर्घटनामा कमी ल्याउन कसरी सकिन्छ भनेर राय सल्लाह लिनु पर्दछ।

नेपालमा हवाई क्षेत्रले ६८ वर्षको यात्रा पूरा गरिसकेको छ । तर समय समयमा हुने हवाई दुर्घटनाका कारण युरोपियन युनियन (ईयू)ले नेपालको हवाई सुरक्षा अवस्था सन्तोषजनक नभएको भन्दै सुरक्षा चासोको लिस्ट (कालोसूची)मा यसलाई राखेको थियो। यसअघि विश्व नागरिक उड्डयन (आईकाओ)ले पनि देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल (त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल)लाई कालोसूचीमा राखेको थियो । पहिले भन्दा केहि सुधार त अंतरराष्ट्रीय बिमान स्थलमा स्वयं पर्यटन मन्त्री रबिन्द्र अधिकारीको समेत हात रहेको छ।

तर नेपालको पर्यटन मन्त्रीले आगामी दिनमा प्रदेश ४ को राजधानी पोखरा होस् या अन्य स्थानमा हवाई बिमान स्थललाई सुधार र नया गति दिने काम भने उनको पालामा अधुरो नै रहयो । अलबिदा मन्त्री साब !

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना