अर्जुन बराल | दक्षिण कोरिया | सन् १९९६ फ्रेब्रुअरी १३ बाट देशमा एउटा मिठो नारा तय गरेर शुरुवात गरेको त्यो जनयुद्ध अब त सायद पद, शक्ति र सत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अर्जुन बराल | दक्षिण कोरिया | सन् १९९६ फ्रेब्रुअरी १३ बाट देशमा एउटा मिठो नारा तय गरेर शुरुवात गरेको त्यो जनयुद्ध अब त सायद पद, शक्ति र सत"/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वीजरल्याण्ड बनाउछु भने, अनेक सपना देखाए… तर देश बनेन !

२०७६, १९ जेष्ठ आईतवार १६:५४

अर्जुन बराल | दक्षिण कोरिया | सन् १९९६ फ्रेब्रुअरी १३ बाट देशमा एउटा मिठो नारा तय गरेर शुरुवात गरेको त्यो जनयुद्ध अब त सायद पद, शक्ति र सत्तामा पुग्नेले बिर्सिपनि सके होलान् । हिजो कति मरे त्यसको लेखाजोखा नगरौ त्यस घटनाको जिम्मा केवल सत्ता, शक्ति र कुर्चीसँग गाँसिएको छ, केवल सत्तामा पात्र फेरिएका छन् पात्रको चरित्र फेरिएको छैन, जनजिवीका मागहरुका ति कागजका पानाहरु चटपटको प्याकेजिङ्गमा पनि काम नलाग्ने जसरी मिल्काईएका होलान जसरी शान्तिप्रक्रियामा आएपछि नेपाललाई स्विजरल्याण्ड बनाउँछु भनेर दिएको आश्वासन मिल्काईएको छ । आखिर सत्ता र शक्तिमै रहेर पनि देशको बिकाश कसरी गर्न सकिन्छ ? 

ज्वलन्त उदाहरण मध्य करीब पचास लाख जनसंङख्या भएको रुवाण्डामा सन् १९९४ को ७ अप्रिल देखि जुलाई सम्म चलेको  गृहयुद्धमा तुत्सी र पिग्मी बेतवा गरि दशलाख मानिस मारिए अर्थतन्त्रमा नराम्ररी क्षती पुगेको राष्ट्र र गृहयुद्धबाट शान्तिप्रक्रियामा आउँदा अन्तरिम सरकार बनाउँदा उपराष्ट्रपति बनाईएका पाउल कागामे पश्चिमा राष्ट्रको दृष्टिमा एक कट्टर तानाशाह मानिएपनि सन् २००० देखि हालसम्म राष्ट्रपति पदमै छन् राष्ट्रपति पदमा रहँदादेखि हालसम्म उनले लगातार आठ प्रतिशतको बृद्धिदरले देशको बिकास गर्दैछन् ।

सन् १९९६ मा ब्रिटिस उपनिबेशबाट स्वतन्त्र भएको जिम्बाब्बे, अंगोला र दक्षिण अफ्रिकी मुलुकको छिमेकी राष्ट्र बोत्स्वाना एक भुपरिबेष्ठित देश थियो तत्कालीन समयमा त्यस देशको प्रतिब्यत्ति आय ७० डलर थियो भने नेपालको त्यस समयमा प्रतिब्यत्ति आय ८० डलरको हाराहारीमा थियो तर आज बितेको दुई दशकमै बोत्स्वाना देशको प्रतिब्यत्ति आय आठ हजार डलर पुग्दा नेपालको कति छ आखिर किन अनि कसको कारणबाट ?

दक्षिण कोरियामा सन् १९८० मा भएको जनआन्दोलनपछि तानाशाही सरकार पतन भएर लोकतान्त्रीका सरकार गठन पश्चात अपत्यारिलो रुपबाट बिकाशले फड्को लियो आज दक्षिण कोरियाको प्रतिब्यत्ति आय बिश्वको उत्कृष्ट दश भित्रै पर्न आउँछ । जबकी सन् १९५० मा नेपाल र दक्षिण कोरियाको आर्थिक अबस्था एउटै थियो । सन् १९२३ सेप्टेम्बर १६ मा जन्मिएका चिनियाँ आप्रबासी परिवारको तेस्रो पुस्ताका लि क्वान अर्थात हारी लि ले माझीहरुको सानो मुलुक सिंगापुरलाई बिश्वमा चिनाए । सन् १९८८ मा भारत सरकारको ऋण सहयोगमा निर्मित ३६० मेघावाटको चुखा जलबिधुत आयोजनाबाट सुरु भएको भुटानको जलबिधुत यात्रा अहिले सोह्र सय मेघावाट भन्दा बढी भैसकेको छ भने कुल उत्पादनको ७२ प्रतिशत बिजुली भारतमै निर्यात गरि भुटानको राजस्वको ३० प्रतिशत स्थान लिएको छ तर काठमाण्डौ उपत्यकाभित्र सातवटा बिश्वसम्पदा सुचीमा परेका स्मारक छन् नेपालले त्यसको उचित संरक्षण र प्रबद्धन गर्न सक्दैन ।

२ डिसेम्बर १९७१ मा ब्रिटिस  उपनिबेशबाट आफनो स्वतन्त्रता हासिल गरेको देश संयुक्त अरब ईमिरेट्सले बिश्वको सबैभन्दा अग्लो टावर बुर्ज खलिफा बनाएर चकित पारेको छ । बिकाशको हिसाबले युरोपका सम्पन्न मुलुकलाई उसले जितेछ तर बिडम्बना एउटा भुकम्पले भत्काएको पुर्खाहरुले जोडिदिएको सम्पति पुनःनिर्मार्ण गर्न सकेका छैनौ हामी नेपालीहरुले ।

दक्षिण एसियामा रहेको टापुनै टापुले बनेको देश ईन्डोनेसियाको बिकाशले बिश्वलाई लोभ्याईरहेछ । ईजराईलले पाकिस्तानबाट लाखौ मेट्रिक टन माटो लगेर बगरमा टमाटर फलाएर बिश्व बजार ओगटेर कृर्षि उपजले अर्थतन्त्र मजबुत बनाउँदै छ । अष्ट्रेलीयाले दुधको ब्यापारबाट अर्थतन्त्रलाई उचाईमा पुरयाएको छ । कतारले पुरै कृत्रिम बगैचा बनाएर पर्यटन तानिरहेको छ तर हाम्रो देश नेपाल आफना युवाहरुलाई बिदेश पलायन बनाउँन बाध्य पार्छ अनि बार्षिक खरबौको आयात गर्छ ।

हुँन त हामी नेपाली साम्यबाद–पूँजीबाद, जनबाद वा समाजबाट अनि पार्टीभित्रका लगौटे कार्यकर्ता बनेर गलत क्रियाकलापको बिरौध होईन समर्थन गर्दछौ । देशमा आमुल परिबर्तन गर्न कुनै बादको आबश्यकता पदैन असल नेतृत्वकर्ता भए पुग्छ । हिजो राणाशासनपछि सबैभन्दा बढी कांग्रेसले शासन गर्दा जनता कांग्रेस भए खबरदारी गरेनन् आधा शताब्दी त्यसै गुज्रियो खाली बहुमत र स्थायी सरकारको अभाब देखायौ अहिले कम्युनिष्टको नेतृत्वमा स्थायी सरकार छ खोई बिकाशको गति ? हुँन त २०४६ साल अघि युरोप देखि एसिया तथा अफ्रिकाका गरि झण्डै तीन दर्जन मुलुकहरुमा साम्यबादीहरुले बहुमतले शासन गरेका थिए तर अहिले पाँच मुलुकहरुमा मात्र साम्यबादी शासन ब्यबस्था छ । चीनमा माओत्सेतुङ्गको शासनको अन्त्यपछि नेता देङ सिआओ पिङ्गले चीनलाई शत्ति राष्ट्रको रुपमा उभ्याईदिए । राज्यभारले थिचिएर कमजोर भएको बेलायति अर्थतन्त्रलाई तत्कालीन प्रधानमन्त्री मार्गरेट थ्याचरको उदारीकरणको अर्थनीतिबाट गतिदिन सफल भए । दक्षिण कोरियामा पार्कचङ हि ले देशमा आमुल परिबर्तन गरे ।

नेपालमा एकदशक लामो जनयुद्धपछि शान्तिप्रक्रियामा आएर देशलाई स्विजरल्याण्ड बनाउँछु भन्ने पुष्पकमल दाहाल “प्रचण्ड” ले शुसिल कोईराला, बाबुराम भट्टराई, माधब नेपाल, झलनाथ खनाल, खड्क ओली, शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाए, रेणु दाहाललाई मेयर र बिना मगरलाई मन्त्री । जनताको समस्या जस्ताको तस्तै, राज्यको सम्पति भुमाफियाका हातमा सुम्पिए । हुँदै नभएको पानीजहाजका लागि हास्यासपद कार्यालय खोले । अनि हामी नेपाली जनता ईजराईल, बेलायत, सिंगापुर, जापान, कोरिया, कतार, अरब गयो यहि हो नेपालको आर्थिक समृद्धि ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना