सुनिल कुँवर, विचार | नेपालको राजनीतिक इतिहासमा १०४ वर्ष लामो जहाँनिया निरंकुश राणा साशनको अन्त्य गरेर प्रजातान्त्रिक क्रान्ति भएको ६ दशक भइसकेको छ | तत्कालिन नेपाल प्रजापरिष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सुनिल कुँवर, विचार | नेपालको राजनीतिक इतिहासमा १०४ वर्ष लामो जहाँनिया निरंकुश राणा साशनको अन्त्य गरेर प्रजातान्त्रिक क्रान्ति भएको ६ दशक भइसकेको छ | तत्कालिन नेपाल प्रजापरिष"/>
२२ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रजातन्त्रको छ दशक र नेपाली जनताको वास्तविकता

७ फाल्गुन २०७६, बुधबार ११:१३

सुनिल कुँवर, विचार | नेपालको राजनीतिक इतिहासमा १०४ वर्ष लामो जहाँनिया निरंकुश राणा साशनको अन्त्य गरेर प्रजातान्त्रिक क्रान्ति भएको ६ दशक भइसकेको छ | तत्कालिन नेपाल प्रजापरिषद नेपाली काँग्रेसको नेतृत्वमा भएको देशव्यापी सशत्र क्रान्तिपछि विभिन्न ठाउँका राणा बडाहाकिमहरुले आत्मासमर्पण गर्दै आएपछि तत्कालिन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको संयोजकत्त्वमा नयाँदिल्लीमा राणा, कांग्रेस र राजाबीच त्रिपक्षीय सम्झौता भएको थियो | लामो समय देखि भारत गएर बसेका राजा त्रिभुवनले नेपाल आएर फागुन ७ गते नेपालमा प्रजातन्त्रको स्थापना गरे | 

यो नै नेपालको इतिहासमा सबैभन्दा पहिलो जनक्रान्तिको उपलब्धि थियो | परिवर्तित राजनीतिक क्रान्ति मात्र नभएर नेपालको सामाजिक,आर्थिक तथा शैक्षिक विकासको कोसेढुंगा बन्न पुग्यो | जनतामा आएको खुसि र अधिकार, धेरै समय टिक्न सकेन, २०१७ सालमा राजाले गरेको शाही 'कू' ले नेपाली राजनीतिक भविष्यलाई अस्थिरता तर्फ धकेल्यो | २००७ सालको क्रान्तिले सिकाएको पाठ र तिन दशकलामो निरंकुश पंचायतले जनताको अधिकार मात्र कुण्ठित गरेंन,अन्तत आफ्नै राजतन्त्रको समाप्ति तर्फ उन्मुख भइरह्यो | निर्दलीय पञ्चायती व्यवस्था हटाउन र बहुदलीय व्यवस्थाको लागि २०४६ सालमा भएको क्रान्तिले प्रजातन्त्रको पुनर्स्थापना गर्यो | पंचायत व्यवस्थाप्रति जनतामा छाएको वितृष्णा,राजाको शोषण,जनाधिकार कुण्ठितले गर्दा प्रजातन्त्रको पक्षमा आवाज बुलन्द भइरह्यो | 

बहुदलको स्थापनापश्चात पनी राजनीतिक उथलपुथल रोकिएन | दश बर्षेलामो जनयुद्ध र ३०६२/६३ को क्रान्तिले नेपालमा राजतन्त्रको अन्त्य गरि १७ हजार जनताको बलिदानीले गणतन्त्रको स्थापना भयो | राजनीतिक सक्रमणकालको अन्त्य गरी नेपालको संविधान सभाबाट २०७२ असोज ३ गते तत्कालिन प्रधानमन्त्री शुशिल कोइरालाको नेतृत्वमा संविधान जारी भयो | जनताका हक अधिकार र स्वतन्त्राको सुनिशित्ताकोलागि महत्वपूर्ण दस्तावेज बन्यो | मुलुकले पाएको संविधान पश्चात तत्कालिन नेकपा एमाले र मावोओवादी केन्द्रको एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको दुई वर्ष पुरा भइसकेको छ | प्रजातन्त्र स्थापना भएको  छ दशक भइसकेको नेपालको इतिहासमा सबैभन्दा बलियो सरकार बनेपनि माफिया र दलालको जालोबाट उम्कन सकेको छैन | 

आजको दिनसम्म गणतन्त्र स्थापनाले नजनताको आशा पूरा गर्न सकेको छ नदेशलाई सहि मार्ग र अग्रगामि विकासको दिशामा अघि बढाउन सकेको छ | सशत्र क्रान्तिले जनजिविकामा कुनै परिवर्तन आएन,सामन्ती राज्य व्यवस्थाले निम्त्याएको अस्थिरता र संघर्ष हो भन्ने हिजोका ति क्रान्तिकारीले आफ्नो जीवनमा मात्रै परिवर्तन ल्याए | मुलुकलाई भ्रष्टाचारको दलदलमा राखेर सुशासनको गुनगान गाउने नैतिक अधिकार नआजका नेतृत्वमा छ, नब्रह्म लुट सहने, राष्ट्रियताको सवालमा धावा बोल्ने,विदेशी विस्तारवाद सहने जनतालाई | सामाजिक परिवेशमा हावी भएको राजनीतिलाई परास्त गर्न नसक्नु आजको समस्या हो | देशको ७० हजार हेक्टर जमिक छिमेकि मुलुक भारतले हडपी सक्दा समेत एक शब्द बोल्न नसक्ने आजका राष्ट्रवादी छोटे राजाहरुबाट देश र जनताले के विकास र सर्वभौमसत्ता, स्वाधिनताको अपेक्षा गर्न सकिन्छ ? भारतले आफ्नो राजनैतिक नक्सामा औपचारिक रुपमा नेपाली भूमि कालापानी,लिपूलेक,लिम्पियाधुरा समेटी सकेको छ, भने दार्चुलाको व्यास गाउँपालिकामा पर्ने उक्त क्षेत्रमा नेपालभित्र एक किलोमिटर सडक खनिसकेको छ | तराई क्षेत्रको त कुरै न गरौं | हरेक दिन जंगे पिल्लर सारिदै छन् | राष्टिय स्वाधिनता र सर्वोभौमका विषयमा समेत बोल्न सक्दैन् देशका प्रधानमत्री | देशको सिमाना मिचिएको विषयमा भारतसँग बोल्न जरुरी छ | कुटनीतिक पहल गर्नु आवश्यकता छ | तर बिडम्बना जिम्मेवार नेतृत्वले राष्ट्रियताको सवालमा मजाग नै उडाई दिने गरेका छन | यस्ता गैरजिम्मेवारपूर्ण अभिव्यक्तिले नेतृत्वको जिम्मेवार र विश्वसनीयता प्रष्ट देखाउँछ |  

हिजोको पंचायत व्यवस्था र निरंकुश शासनको संस्कारको निरन्तरता आजका छोटे राजाहरुबाट पनि हट्न सकेन | स्वतन्त्रताकोलागि बुलन्द आवाज उठाएका योद्धा र द्वन्द्व पिडितहरुको समस्या आजपनि जहाँको त्यँही छ | रगतको खोला बगाएर,बन्दुकको नालमा सिरानी राखेर लडेहरुको बिचल्ली मात्र भयो | गर्भमै बुबा गुमाएर टुहुरो जीवन बिताई रहेका छोराछोरीका बुबाले,सिन्दुरको टिका पुछिएर एकल जीवन बिताईरहेका ति महिलाका श्रीमानले परिकल्पना गरेको गणतन्त्र यहि हो ? हिजोका सामन्ती राजाको व्यवहार आजका गणतन्त्रवादीले गर्दछन भने राजा र यी गणतन्त्रका नायकमा के फरक छ ? 

आजका नेतृत्वले विलाशिताको जीवन बिताउन र राजकीय शैलीमा बाच्नकालागि जनताका छोराछोरीलाई क्रान्ति,संघर्ष भनेर बन्दुक बोकाएको प्रष्ट हुन्छ | शक्ति र शत्ताको उन्मादले भरिएको आफ्नो चरित्रलाई फेर्नु जरुरी छ | फेरी पनि जनताको शब्द र स्वतन्त्रतालाई कुण्ठित गर्नका लागि प्रजातन्त्रलागि रगत बगाएको होइन | मैले ५ हजार मान्छे मात्रै मारेको हुँ भन्दै गैरजिम्मेवार पूर्ण अभिव्यक्ति दिने आजका नेतृत्वबाट के अपेक्षा गर्न सकिन्छ ?

जताततै दण्डहीनता मौलाए छ | शक्ति र सत्ताको भरमा बलात्कारी,हत्यारालाई उन्मुक्ति दिने निर्णयले अदालतको विश्वशनीयतामाथि प्रश्न खडा हुन् थालेको छ | अर्जुन लामाको हत्याको आरोप लागेका अग्नि सापकोटालाई सभामुख बनाउनु,तथ्य र प्रमाण हुँदाहुँदै बलात्कारका आरोपित कृष्णबहादुर महरालाई सफाई दिनु,आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोप लागेका सुनसरीको चतरा धामका शिद्द्द बाबालाई धरौटीमा छोड्नु,बालुवाटार जग्गा प्रकरणमा नेकपाका महासचिव बिष्णु पौडेल,तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई र माधव कुमार नेपाललाई उन्मुक्ति दिनुले राज्यका संयन्त्र र संविधानिक अंगहरुमाथि आशंका उब्जिएको छ भने जनमानसमा विश्वशनीयता घट्दै गएको छ | शक्ति र पहुँचको भरमा जसले जे गरेपनि हुने,राजनीतिक आडमा ठुलालाई कानुन नलाग्ने सानाले मात्रै भोग्नु पर्ने 'सानालाई ऐन ठुलालाई चैन' बनाउनकै लागि,हो त् प्रजातन्त्रको परिकल्पना गरिएको ? 

जिम्मेवार राजनीतिक नेतृत्व र देशलाई कुन गति र दिशामा हाक्ने भन्ने व्यक्तिबाट भाषणमात्रै आउनुले जनतामा चरम वितृष्णा छाएको छ | देशमा बढ्दै गएको बेरोजगारी,कृषि क्षेत्रको समस्या,भोकमरी, शिक्षा,स्वास्थ्य क्षेत्रको विकृति,स्थानीयतहमा मौलाएको भ्रष्टाचारले गर्दा शासकीय शैली र शासन प्रणाली नै संकटमा पर्न सक्छ | जिल्ला सदरमुकाम सम्म जोड्ने सडक संजाल पुगिसकेका छैनन,जनता सिटामोल खान नपाएर ज्यान गुमाई राखेका छन् | यस्तो अवस्थामा सरकारको विकासे नारा र सपना मृगमरिचिका मात्र बन्न पुगेको छ | चिनि उत्पादन गर्ने किसानले भोग्नु परेको पिडा र सरकारको आश्वासनले कान फुटी सकेका छन् | उद्योग मन्त्री लेखराज भट्ट आफैले मन्त्रालयमा बोलाएर सर्लाहीका चिनि किशानसंग गरेको सम्झौता कागजमै सिमित बनेको छ | किसानले अहिले सम्म पैसा पाएका छैनन | प्राकृतिक स्रोत र साधनको चरम दोहन भएको छ | स्थानीय तहमा विकासको नाममा बनजंगल फडानी गर्ने र नदि उत्खनन गर्ने होड नै चलेको छ | व्याप्त रुपमा रहेको सामाजिक समस्या र भ्रष्टाचारलाई सरकारले नै प्रोत्साहन दिईरहेको छ | द्वन्द्व र राजनीतिक अस्थिरताको अन्त्य भइसकेको छ | 

एउटा निजि कम्पनीलाई कौडीको भाउमा सम्पूर्ण सरकारी जमीन सयौ बर्षका लागि दिइन्छ | योग्यता र क्षमताको भरमा नभएर केवल राजनीतिक दोसाधमा मात्र आफ्नालाई राख्ने गरिन्छ| अर्बौ कर छली गरिरहेका व्यापारिक कम्पनिलाई कारबाही गर्न कसले रोक्यो सरकारलाई ? बर्षौ-बर्ष ठेकेदारले  योजना अलपत्र छोड्दा समेत कारबाही केहि गर्न सक्दैनन, राज्यका उच्च ओहोदामा बसेका निर्लज्ज सत्ताका हस्तीहरुले | भक्तपुरको सडक अलपत्र पार्ने ठेकेदार प्रचण्डका घरपेटी शारदा अधिकारी, पप्पु कन्स्ट्रक्सन जस्ता ठेकेदार कम्पनीलाई किन कारबाही हुँदैन ? जबसम्म जनतामाझ छाएको वितृष्णाको अन्त्य हुँदैन तब सम्म नेपाली वीर शहिदले शान्ति पाउने छैन् | राणा शासन विरुद्ध ज्यानको बाजी थापेका, रगतको भेल बगाएर स्थापना गरेको प्रजातन्त्रले देखाएकोबाटो नेपाली राजनीतिले बिराएकै हो त् ?

-सुनिल कुँवर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जय ट्रफी : अंक तालिकामा तीन टोलीको समान अंक, आर्मी चौथो स्थानमा भुटानी शरणार्थी प्रकरणः थापाको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश शपथग्रहण समारोहबाटै पक्राउ परेका वडाध्यक्ष जेल चलान सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँ को कति? सेयर बजारमा हरियाली, ६ अर्ब बढिको कारोबार जय ट्रफीमा मधेशका युवा ब्याटर मयानले खेले शतकीय पारी भद्रपुर उडेको बुद्धको जहाज : आगो देखिएसँगै बायाँ इन्जिन फेल भएको थियो ‘बाहुबली २’ लाई उछिन्दै ‘पुष्पा २’ बन्यो भारतभर धेरै कमाउने फिल्म भारतमा एचएमपीभीको थप दुई संक्रमित भेटिए आर्मीले पुलिसलाई दियो १७२ रनको लक्ष्य, सोमपालको उत्कृष्ट ब्याटिङ साउदीमा परिवारको निधन भए श्रमिकले ५ दिन तलबी बिदा पाउने वैदेशिक रोजगारका नाममा ठगी गरेको आरोपमा तीन पक्राउ मायन यादवले पनि प्रहार गरे अर्धशतक जय ट्रफी : सोमपाल कामीले बनाए पहिलो अर्धशतक रवि लामिछानेतर्फको थुनछेक बहस सुरु, क-कसले गर्दै छन् बहस? सिंहदरबार गेटबाट फणिन्द्र नेपाल पक्राउ सेनिटरी प्याडमा लुकाएर अवैध रूपमा सुन ल्याइएको सुन लुट्ने तीन जना पक्राउ विश्वको ५औं प्रदूषित सहरमा काठमाडौँ उपत्यका, पहिलो कुन ? भद्रपुर उडेको बुद्ध एयरमा प्राविधिक समस्या देखिएपछि काठमाडौँमा अवतरण हमास ३४ बन्धक छाड्न तयार हुँदा नेपालका विपीनको के होला अवस्था ?