२०८२, ३० माघ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हरेक समस्यामा श्रमिक वर्गले मात्र रुनुपर्ने ? अब ‘बैज्ञानिक समाजवाद’ को विकल्प रहेन

२०७६, २३ चैत्र आईतवार ०४:३०

मुक्ति नाथ चन्द | 

आजको दिनसम्म विश्वका श्रमिक आन्दोलनहरु धेरै ठुल्ठुला भए तरपनि श्रमिकले चाहेको जस्तो उपलब्धि हासिल गर्न सकेनन् । किनभने भुमण्डलीकृत पुजीवादले कुनै न कुनै रुपबाट श्रमिक बर्गलाई अत्याचार दमनकारी भुमिकाबाट उनिहरुको बाच्न पाउने अधिकार पनि बन्चित गर्दै आइरहेको विश्वका इतिहासमा प्रष्ट देख्न सकिन्छ । यस्तै रसियाका श्रमिकले ठूलो योगदानबाट प्राप्त सोभियत संघ विघटन हुनु, दुई-दुई पटक विश्वयुद्ध हुनु, कयौंपटक प्राकृतिक बिपत्ति र विभिन्न महामारीको प्रकोपबाट यीनै गरिखाने श्रमजीवी बर्गलाई ठूलो क्षति बेहोर्नु परेको छ । ती आजसम्म भएको योगदानको कुनै लेखाजोखा छैन । तिनै श्रमजीवी वर्गले अधिकार प्राप्तिका लागि अमेरिकाको शिकागो शहरमा ठूलो रगतको खोला बगाउन पर्यो, आाज एकसय तीस बर्ष पुरा भइ एकसय एकतीस बर्ष लाग्दैछ । विश्वका श्रमिकले एकसय एकतीसौ दिवस मनाउने क्रममा छ, यो दिवस मनाईरहदा हाम्रो ती महान सहिदहरुको सपनाहरू के थिए भन्ने कुरा विश्वका श्रमिकले एकसाथ मनन् गर्नैपर्छ । 

रसियन श्रमिकले अक्टोबर क्रान्तिको समयमा पनि ठूलो योगदान गरेका थिए । श्रमिकलाई क्षति हुने क्रम बढ्दो छ, दोस्रो विश्वयुद्धमा जापानको ठूल्ठूला कलकारखाना भएको हिरोसिमा भन्ने ठाउँमा सन १९४५ अगस्ट ६ मा अमेरिकाद्वारा न्युकिलिएर बम लिट्टलव्योर आक्रमणबाट एकलाख मानिस मारिएका थिए । त्यसको लगत्तै अगस्ट ९ मा नागासिकिको शहरमा फ्यटम्यन बमद्वारा असी हजार मानिसले ज्यान गुमाउनु पर्यो, ती दुवै ठाउँमा श्रमिकहरुकै घनत्व बढी थियो । विश्व इतिहासमै १९औं शताब्दीमा जर्मनीको शासक हिटलरले त्यहाँको श्रमिकलाई खान पनि नदिई काममा लगायो । कयौं भोकभोकै मरे भने नमरेका बाँकीलाई ग्याँस चेम्बरमा जिउँदै हालेर हत्या गरिदियो । विश्वको जुनसुकै परिवर्तनमा चाहेर वा नचाहेर तीनै श्रमिकवर्गले अन्यायपूर्ण भोग गर्नु परेको देखिएको छ । दलाल पुजीवादीको दासको रुपमा उपयोग गर्ने यो कस्तो विडम्बना हो ? 

यस्तै प्राकृतिक प्रकोप अनि विश्वम्भर फैलिने ठूला महामारीको शिकार पनि यीनै वर्गले सहनु पर्ने ? सिमित दलाल पुजीपतिको हातमा सबै स्रोत साधन कब्जा हुँदा श्रमिकले भोकभोकै मर्न बिवश हुनुपर्ने ? विश्वमा अहिले साढे सात अर्ब मानिस छन्, जसमध्ये ८० करोड मानिसले २४ घण्टामा एकछाक खान समेत पाउदैनन् । कार्लमाक्सले भन्नुभएको थियो 'यो पृथ्वीमा सय अर्ब मानव जातीलाई खान-बस्न पुग्ने छ । तर सबैलाई बराबरी गर्नुपर्छ, कसैलाई धेरै कसैलाई थोरै गर्यो भने एक अर्ब मानिसलाई पनि पुग्दैन ।' बास्तविकता यहीँ हो कि साचो अर्थमा भन्ने हो भने श्रमिक वर्गले आजसम्म गरेको योगदान अमूल्य र अतुलनीय छ । तर तिनै योगदानकर्ता श्रमिकहरुले भोकभोकै बस्नु पर्ने र अनेकौं अभाव झेल्नुपरेको हुड्ना यस विषयमा गहकिला प्रश्नहरु खडा भएका छन् । मुलत: आफू र आफ्ना सन्ततिलाई स्वास्थ्य, शिक्षा गाँस-बास कपासको आधारभूत आवश्यकता प्राप्तिका लागि आम श्रमिक वर्गले योगदान दिएका हुन् । ग्लोबल पुजीवादीहरुको दृष्टिकोण के देखिन्छ भने श्रमिक वर्गलाई उठ्ने मौका दियो भने हामीले उनीहरूलाई उपयोग गर्ने बाटोको अन्त्य हुन्छ । अर्कोतिर श्रमिकहरुको समस्या हल गर्न विश्व श्रम संगठनहरु आईएलओ international labour organization र डब्लु एफ टियु  would federation of trade union जस्ता महासंघ पनि छन् । विश्व ट्रेड युनियन महासंघहरुले श्रमिकको हित बिपरित दलाल पुजीपतिहरुकै प्रक्षपोषण गर्दै गए भने अब विश्वका श्रमिकहरुले गाँस-बाँस-कपास प्राप्तिको निमित्त बैज्ञानिक समाजवादको बाटो एकै पटक  लिनेछन् । यो अवस्थामा दलाल पुजीवादको अन्त्य निस्चित नै छ । 

त्यसै गरि हाम्रो नेपालीमा श्रमिक आन्दोलनको इतिहास २००३ साल बिराटनगरको जुटमीलबाट सुरु भयो । त्यस समयमा गिरिजाप्रसाद कोइराला, मनोमहन अधिकारी लगायतले श्रमिक आन्दोलन गरे । त्यसपछि पटक-पटक ठूला-ठूला आन्दोलनहरु भए । ती आन्दोलनमा श्रमिक सहभागी नभएको कुनै आन्दोलननै छैन । तीनै आन्दोलनबाट आएकाहरु सात-आठ पटक देशको प्रधानमन्त्री भए । कोही ठूला-ठूला निकायमा समेत पुगे तर श्रमिकको समस्या ज्युकात्यु रहिरहेका छन् । श्रमिकवर्गले केका लागि यति धेरै योगदान दिए ? श्रमिकवर्गलाई मुक्तिको नारा दिनेहरु आज कहाँ छन् ? श्रमिकहरुले ती गद्दारहरुलाई पानी मुनि गएरपनि छाड्नेवाला छैनन् । एकदिन नाङ्गोझार पार्नेछन् । २०७२ को भुकम्पमा गाँस-बाँस-कपास तथा अन्य अभावको र बिपत्तिमा श्रमिक वर्गले कति रुँदै बस्नुपर्‍यो । आजको दिनसम्म पनि घरबार विहीन भएरै अस्थाई जस्ता टहरामा बस्न श्रमिकहरुको विवशता छ । अहिले फेरि विश्व महामारीको रुपमा कोभिड-१९ (कोरोना)ले नेपालीमा पनि प्रभाव पारेको छ । यसको सबैभन्दा ठूलो प्रभाव गरिखाने वर्गलाईनै छ । अझै अनौपचारिक क्षेत्रमा श्रमगर्ने श्रमिकहरुलाई भोकभोकै लकडाउनको सामना गर्दै बस्नुपरेको छ । के सरकारले उनिहरुको भोकै बस्न नपर्ने प्रत्याभूति छिटोभन्दा छिटो व्यावस्था गर्नुपर्ने होइन ? 

यदी समस्या आईपरेको र खान समेत नपाएर पटक-पटकको अभाव झेल्दै गाँस-बाँस-कपास अनि स्वास्थ्य, शिक्षाको समानताको प्रत्याभूति समेत नपाएको अवस्थामा श्रमिक वर्गले यिनै माग राख्दै 'बैज्ञानिक समाजवाद एकमात्र बिकल्प हो' भनेर सडकमा श्रमिकवर्ग नउत्रेलान् भन्न सकिदैन । किनकि श्रमिवर्गको मुक्ति भनेकै समाजवाद हुँदै साम्यवाद हो ।

लेखक मुक्ति नाथ चन्द नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य हुन्, उनि हाल क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपालका कोषाध्यक्षको जिम्मेवारीमा समेत छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? मलेसियाको बायोमेट्रिक मेडिकलको नाममा ठगी र सिन्डिकेटमाथि श्रम मन्त्रालयको टास्क फोर्सको छापा स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि