प्रेम बहादुर बुढ्थापा | चिनको वुहानबाट सुरु भएको कोरोना भाइरस आज विश्वभरी फैलिएको छ । संसारभरीका ३९ लाख भन्दा बढी मानिसमा अहिले कोरोनाको संक्रमण छ भने २ लाख ७० ह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम बहादुर बुढ्थापा | चिनको वुहानबाट सुरु भएको कोरोना भाइरस आज विश्वभरी फैलिएको छ । संसारभरीका ३९ लाख भन्दा बढी मानिसमा अहिले कोरोनाको संक्रमण छ भने २ लाख ७० ह"/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

COVID-19 ले ल्याएको परिस्थिति र हाम्रो अवस्था

२६ बैशाख २०७७, शुक्रबार ०१:११

प्रेम बहादुर बुढ्थापा | चिनको वुहानबाट सुरु भएको कोरोना भाइरस आज विश्वभरी फैलिएको छ । संसारभरीका ३९ लाख भन्दा बढी मानिसमा अहिले कोरोनाको संक्रमण छ भने २ लाख ७० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । संसारको महाशक्ती मान्ने अमेरीकामा कुल संक्रमित संख्याको झण्डै ४८% संक्रमित र कुल ज्यान गुमाएकाको २७%  मृत्यु भएका छन् । यतिबेला अमेरीका, बेलायत, फ्रान्स, इटाली, स्पेन लगायतका विकसित देशको हालत कोरानाले टिठलाग्दो बनाइदिएको छ । दिनदिनै थपिने लासले यि देसमा स्वास्थ सम्बन्धमा गरिएको उन्नतीलाई चुनौती दिइरहेको छ ।

विकासको दृष्ट्रिकोणले नेपाल सानो र बिकासोन्मुख देश हो । हामीमा देशमा संकलन हुने राजश्वले कर्मचारीतन्त्र धान्न सक्ने हैसियत छैन । त्यसमाथी पछिल्लो समय संघिय व्यावस्थाले थोपरेको आर्थिक बोझले आर्थिक विकासको लागि गतिल्लै चुनौती थपेको छ । कुल ग्राहस्थ उत्पादनको ३०% भन्दा माथि रहेको बैदेशिक रोजगारलाई एकातिर व्यावस्थित बनाउनु पर्ने छ भने अर्कोतिर ति उत्पादनसिल ४० लाख युवालाई नेपालको विकास निर्माणमा संलग्न गराउनु पर्ने छ । सबै तहका सरकार यसका लागि संबेदनसिल भएर लाग्नु पर्ने अवस्था उत्पन्न भएको छ ।

माघको सुरुबाट देखिएको कोराना भाइरसले बिदेसमा रहेका हाम्रा श्रमिक दाजुभाईलाई यतिबेला त्रसित बनाएको छ । नेपालमा मलेसिया, कोरीया लगायत खाडी देशमा काम गर्न गएका नेपाली श्रमिक दाजुभाईको नेपाली अर्थतन्त्रमाथीको योगदान सराह्रनिय छ । यद्यपी नेपालबाट अध्यानको लागि युरोप, अमेरीका तथा अष्ट्रेलिया गएका नेपालीहरुको ती देशका पिआर तथा नागरीक बन्ने चाहनाको बृद्धिले नेपालको बौद्धिक अर्थ धरासायी बन्दै गएको छ । तर यतिबेला कोरानाले बिदेशमा रहने नेपालीहरुमा देश सम्झिनेको संख्या बढ्दै गइरहेको छ, यसले सबै नेपालीहरुमा सरकारप्रतिको आशा र भरोसा समेत थपिएको पाइएको छ । 

गैर नेपाली संघले दिएको जानकारी अनुसार अमेरीकामा १५, बेलायतमा ४९, UAE मा ५, जापानमा १ सहित विश्वका विभिन्न देशमा ७३ जना नेपालीको मृत्यु भएको छ । हालसम्म विश्वका २७ देशका नेपालीमा कोरोना सङ्क्रमण भएको कुरा सरोकारवालाको तथ्याङ्कमा छ । सरकारले यतिबेला यिनै बौद्धिक अर्थलाई समेत राष्ट्रहितमा ल्याउन सक्नु पर्छ ।

नेपालको भारतसंग तीनतिर खुला सिमाना जोडिएको कारण यस क्षेत्रलाई zone of exposure पनि भन्ने गरिन्छ।यसका साथै नेपालबाट भारतमा आवतजावत गर्न भिसा र पासपोर्ट चाहिदैन, यो नै नेपालको लागि अप्रत्क्ष भारतमाथीको निर्भरताको कारण हो । लकडाउन पछिका ४२ दिनमा मात्र भारतबाट ४ अर्ब बढिको तरकारी भित्रिएको छ यद्यपी नेपालका विभिन्न ठाँउमा तरकारी बारीमै सडेका समाचार आएका छन् । यतिमात्र हैन भारतमा यतिबेला ५६ हजार माथि संक्रमित छन भने १८ सय भन्दा बढीको मृत्यु भईसकेको छ । यो तथ्यले अब पछिल्लो समयमा भारत कोरोना भाइरसको हटस्पट बन्ने धेरैको अनुमान छ । नेपालमा भारतबाट आएको भनिएका १ जनाले पुर्व उदयपुरमा धेरैलाई कोरोना सारेको अनुमान छ, भने नेपालगंजमा भारतको बहराइचबाट आएका १ जना बृद्धका कारण नेपालगंज क्षेत्र त्रसित छ ।

भारत र नेपालको अन्तराष्ट्रिय सिमाना १८८० किलोमिटर छ र यसको सुरक्षाको लागि सशस्त्र प्रहरी बलका १२१ बि.ओ.पी विद्यमान छन् । यसमा प्रत्येक बि.ओ.पी ले १५ किलोमिटर भन्दा धेरै सिमानाको हेरविचार गर्नुपर्छ । भारतीय एस.एस.बीको तुलनामा नेपाली जनसक्ति कम भएको कारण हालै सरकारले यसको संख्या बढाएर ५१७ पुर्याउने तयारी गरिरहेको छ । जसले नेपालको लकडाउनको अन्तराष्ट्रिय सिमानामा सफल बनाउन भूमिका खेल्नुपर्ने छ । 

नेपाल-भारतको खुला सिमानाको कारण भारतबाट नेपाल धेरै प्रभावित छ । भारतमा काम गर्न र अन्य व्यापारिक आवाश्यक्ताले त्यहा गएका धेरै नेपाली नागरिक नेपालमा कोरोना जोखिमका माध्यम हुन्। यसका साथै नेपालको सानो अर्थतन्त्रका कारण कोरोनाको डरलाग्दो जोखिम हामीले बहन गर्न सक्ने अवस्था छैन । यसैले लकडाउनको इमान्दारी पालना र क्वारेन्टाइनको अनुसरण नै हाम्रो आजको विशेष आवश्यक्ता हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की