प्रेम बहादुर बुढ्थापा | चिनको वुहानबाट सुरु भएको कोरोना भाइरस आज विश्वभरी फैलिएको छ । संसारभरीका ३९ लाख भन्दा बढी मानिसमा अहिले कोरोनाको संक्रमण छ भने २ लाख ७० ह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम बहादुर बुढ्थापा | चिनको वुहानबाट सुरु भएको कोरोना भाइरस आज विश्वभरी फैलिएको छ । संसारभरीका ३९ लाख भन्दा बढी मानिसमा अहिले कोरोनाको संक्रमण छ भने २ लाख ७० ह"/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

COVID-19 ले ल्याएको परिस्थिति र हाम्रो अवस्था

२०७७, २६ बैशाख शुक्रबार ०१:११

प्रेम बहादुर बुढ्थापा | चिनको वुहानबाट सुरु भएको कोरोना भाइरस आज विश्वभरी फैलिएको छ । संसारभरीका ३९ लाख भन्दा बढी मानिसमा अहिले कोरोनाको संक्रमण छ भने २ लाख ७० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । संसारको महाशक्ती मान्ने अमेरीकामा कुल संक्रमित संख्याको झण्डै ४८% संक्रमित र कुल ज्यान गुमाएकाको २७%  मृत्यु भएका छन् । यतिबेला अमेरीका, बेलायत, फ्रान्स, इटाली, स्पेन लगायतका विकसित देशको हालत कोरानाले टिठलाग्दो बनाइदिएको छ । दिनदिनै थपिने लासले यि देसमा स्वास्थ सम्बन्धमा गरिएको उन्नतीलाई चुनौती दिइरहेको छ ।

विकासको दृष्ट्रिकोणले नेपाल सानो र बिकासोन्मुख देश हो । हामीमा देशमा संकलन हुने राजश्वले कर्मचारीतन्त्र धान्न सक्ने हैसियत छैन । त्यसमाथी पछिल्लो समय संघिय व्यावस्थाले थोपरेको आर्थिक बोझले आर्थिक विकासको लागि गतिल्लै चुनौती थपेको छ । कुल ग्राहस्थ उत्पादनको ३०% भन्दा माथि रहेको बैदेशिक रोजगारलाई एकातिर व्यावस्थित बनाउनु पर्ने छ भने अर्कोतिर ति उत्पादनसिल ४० लाख युवालाई नेपालको विकास निर्माणमा संलग्न गराउनु पर्ने छ । सबै तहका सरकार यसका लागि संबेदनसिल भएर लाग्नु पर्ने अवस्था उत्पन्न भएको छ ।

माघको सुरुबाट देखिएको कोराना भाइरसले बिदेसमा रहेका हाम्रा श्रमिक दाजुभाईलाई यतिबेला त्रसित बनाएको छ । नेपालमा मलेसिया, कोरीया लगायत खाडी देशमा काम गर्न गएका नेपाली श्रमिक दाजुभाईको नेपाली अर्थतन्त्रमाथीको योगदान सराह्रनिय छ । यद्यपी नेपालबाट अध्यानको लागि युरोप, अमेरीका तथा अष्ट्रेलिया गएका नेपालीहरुको ती देशका पिआर तथा नागरीक बन्ने चाहनाको बृद्धिले नेपालको बौद्धिक अर्थ धरासायी बन्दै गएको छ । तर यतिबेला कोरानाले बिदेशमा रहने नेपालीहरुमा देश सम्झिनेको संख्या बढ्दै गइरहेको छ, यसले सबै नेपालीहरुमा सरकारप्रतिको आशा र भरोसा समेत थपिएको पाइएको छ । 

गैर नेपाली संघले दिएको जानकारी अनुसार अमेरीकामा १५, बेलायतमा ४९, UAE मा ५, जापानमा १ सहित विश्वका विभिन्न देशमा ७३ जना नेपालीको मृत्यु भएको छ । हालसम्म विश्वका २७ देशका नेपालीमा कोरोना सङ्क्रमण भएको कुरा सरोकारवालाको तथ्याङ्कमा छ । सरकारले यतिबेला यिनै बौद्धिक अर्थलाई समेत राष्ट्रहितमा ल्याउन सक्नु पर्छ ।

नेपालको भारतसंग तीनतिर खुला सिमाना जोडिएको कारण यस क्षेत्रलाई zone of exposure पनि भन्ने गरिन्छ।यसका साथै नेपालबाट भारतमा आवतजावत गर्न भिसा र पासपोर्ट चाहिदैन, यो नै नेपालको लागि अप्रत्क्ष भारतमाथीको निर्भरताको कारण हो । लकडाउन पछिका ४२ दिनमा मात्र भारतबाट ४ अर्ब बढिको तरकारी भित्रिएको छ यद्यपी नेपालका विभिन्न ठाँउमा तरकारी बारीमै सडेका समाचार आएका छन् । यतिमात्र हैन भारतमा यतिबेला ५६ हजार माथि संक्रमित छन भने १८ सय भन्दा बढीको मृत्यु भईसकेको छ । यो तथ्यले अब पछिल्लो समयमा भारत कोरोना भाइरसको हटस्पट बन्ने धेरैको अनुमान छ । नेपालमा भारतबाट आएको भनिएका १ जनाले पुर्व उदयपुरमा धेरैलाई कोरोना सारेको अनुमान छ, भने नेपालगंजमा भारतको बहराइचबाट आएका १ जना बृद्धका कारण नेपालगंज क्षेत्र त्रसित छ ।

भारत र नेपालको अन्तराष्ट्रिय सिमाना १८८० किलोमिटर छ र यसको सुरक्षाको लागि सशस्त्र प्रहरी बलका १२१ बि.ओ.पी विद्यमान छन् । यसमा प्रत्येक बि.ओ.पी ले १५ किलोमिटर भन्दा धेरै सिमानाको हेरविचार गर्नुपर्छ । भारतीय एस.एस.बीको तुलनामा नेपाली जनसक्ति कम भएको कारण हालै सरकारले यसको संख्या बढाएर ५१७ पुर्याउने तयारी गरिरहेको छ । जसले नेपालको लकडाउनको अन्तराष्ट्रिय सिमानामा सफल बनाउन भूमिका खेल्नुपर्ने छ । 

नेपाल-भारतको खुला सिमानाको कारण भारतबाट नेपाल धेरै प्रभावित छ । भारतमा काम गर्न र अन्य व्यापारिक आवाश्यक्ताले त्यहा गएका धेरै नेपाली नागरिक नेपालमा कोरोना जोखिमका माध्यम हुन्। यसका साथै नेपालको सानो अर्थतन्त्रका कारण कोरोनाको डरलाग्दो जोखिम हामीले बहन गर्न सक्ने अवस्था छैन । यसैले लकडाउनको इमान्दारी पालना र क्वारेन्टाइनको अनुसरण नै हाम्रो आजको विशेष आवश्यक्ता हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना