२४ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘४ अर्व नगद धरौटीलाई सामुहिक लगानी गरौँ, युवालाई नेपालमै रोजगारी दिउँ’

६ जेष्ठ २०७७, मंगलवार ११:२३

जेठ ६, काठमाडौं । हालमा बिश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भइरस  (कोभिड-१९ ) कारण लकडाउनमा  बस्नुपरेको अवस्तामा भोलिका दिनमा सृजना हुन सक्ने बेरोजगारी समस्याको बारेमा सरकार र जनताले सुच्नु पर्ने अवस्ता सिर्जना हुँदैछ ।  आगामी सम्भावित अवस्थाले ल्याउन सक्ने समस्याको बारेमा समयमै सरकारले सोच्नुपर्ने बेला आएको छ अन्यथा यसबाट हुन सक्ने बिकराल समस्यालाई न त सरकार वा न त  जनताले नै समाधान गर्न सक्ने अवस्था नहुन पनि सक्नेछ।  

अब कोरोना पछि बैदेशिक रोजगार को अवसर दुइ, तीन वर्ष ठप्प हुन गई वार्षिक ५ लाख जना जनता  वैदेशिक रोजगारबाट बन्चित भई बेरोजगारको संख्या वृद्धि हुन सक्नेछ।  यती मात्र नभए वैदेशिक रोजगार र विदेशमा रहेका खाडी, मलेशिया, जापान, कोरिया, युरोप, अमेरिका, अस्ट्रेलिया, भारत लगाएतका विश्वको विभिन्न मुलुकबाट कोरोना सकिए लगतै नेपाल फर्किनेको संख्या २० लाख भन्दा बढी हुन सक्ने अनुमान लगाउन सकिन्छ।

यसरी कोरोना पछिको  वैदेशिक  रोजगारका प्रभावले हुन सक्ने बिकराल नेपाली बेरोजगारहरुको संख्या लाई सरकारले  सहजै नेपालमा  रोजगारको अवसरहरु सिर्जना गर्न सक्छ होला ? भन्ने अवस्थामा विश्वस्त हुन गार्हो छ किनकि पहिले नै बेरोजगारको संख्यालाई वैदेशिक रोजगारले घटाएर राखेको थियो ।  साथै पुराना उद्योग र कल कारखाना बन्द हुँदै घटीरहेको अवस्थामा नयाँ  थप्ने वा बढाउने भन्ने सरकार ले त्यति धेरै सोचेको थियो भन्ने देखिएको थिएन । त्यसमा पनि हामी जस्तो भूपरिवेष्ठित  मुलुक अनि आयातमा निर्भरता भइ जनताहरु धन्न बाचिरहेका छौ ।

 तसर्थ अब हुन सक्ने जटिल परिस्थितिलाई समाधान गर्न तर्फ सरकार , ब्यवसायी र जनता मिलेर केन्द्रित हुनुपर्ने अवस्था देखिन्छ ।  उक्त अभियान अन्तर्गत सरकारले वैदेशिक रोजगार ब्यवसायीको नगद धरौटी लाई ब्यवसायी मार्फत नै सामुहिक लगानी गर्न प्रेरित गर्नु राम्रो हुनेछ, जसमा सरकारले कृषिविद र अर्थविद सहित को बैदेशिक रोजगार ब्यवसायीको समिति बनाई समुह समुहमा लगानी गर्ने वातावरण बनाई बढी भन्दा बढी रोजगार सिर्जना गर्ने र नेपालमा  खाद्य  खाद्यन्न् अभाब हुन सक्ने अवस्थालाई रोक्नु पर्ने देखिन्छ। जस्अन्तर्गत देश को विभिन्न ठाउँ को खाली जग्गामा  ब्यवसायीक कृषि र पशुपालन गर्न लगाई साथै उत्पादन मुलक ब्यवसाय, कल कारखाना तथा उद्योग हरु को छनोट गरि गाउंका युवाहरु लाई पनि सामुहिक ब्यवसाय गर्न प्रेरित गर्नु पर्दछ। हाल संचालनमा रहेका ८ सय ५३ म्यानपावर कम्पनीले ४ अर्व भन्दा बढी रकम नगद धरौटी राखेका छन् ।

समग्र मा भन्नु पर्दा अब को दिनमा नेपाल सरकार ले समय मै ध्यान पुर्याई वैदेशिक रोजगार र वैदेशिक रोजगार ब्यवसायीको योगदानले गर्दा सिक्नु र जान्नु पर्ने कुरा हरु विदेशमा सिकी कोरोना पछिका दिनमा आफुले जानेका सिप र ज्ञान लाई नेपाल मै सदुपयोग गर्दै नेपाल र नेपाली जनता समृद्दी तर्फ लम्किरहेको उदाहरण विश्वसामु देखाउन सकिने छ।

 लेखक वैदेशिक रोजगार ब्यवसायी हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो