२४ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘साहुहरुले घर घेर्न लागिसके, ऋणको ब्याज ले नै डुबाऊछ कि भन्ने डर छ’

२६ जेष्ठ २०७७, सोमबार ०७:३५

मदन विष्ट | जेठ २६, काठमाडौँ | म यूएईमा  काम गरिरहेको थिएँ । सबै राम्रै चल्दै थियो । गत फेब्रुअरी २७ (फागुन १५ ) मा ईमर्जेन्सी काम परेर १५  दिनको छुट्टीमा यूएईबाट काठमाडौँ आएको हुँ। जति बेला चीनमा कोरोनाले महामारीको रुप लिइसकेको थियो। नेपालमा भने छिमेकी भएर पनि खासै प्रभाव देखिएको थिएन। त्यतिबेला नेपाल सुरक्षित नै लाग्दै थियो । 

घरको बसाई १५ दिन भएकोले म चैत महिनाको  २/३ गते काठमाडौ फर्किए । काममा फर्किनलाई श्रम कार्यालय पुग्दा एकाबिहानै गेटमा ठूलो भोटे ताल्चा देखे । नजिकै रहेका प्रहरी दाईलाई सोधे कती बेला खुल्छ दाई श्रम ?? उहाँले भन्नु भो खुल्दैन,अनिश्चितकालको लागी बन्द भो भाई कोरनाले। 

म फर्केर भाईको रुम तिर लागें । २\४ दिन मै खुल्छ कि भन्ने आशमा काठमाडौ बसें । राम्रै बितिरहेको थियो ।  यत्तिकैमा ३ जनामा संक्रमण देखिएको अवस्थालाई भयावह मानेर सरकारले चैत ११ गतेबाट देशभरि नै लकडाउनको घोषणा गर्ने तयारी गर्यो । लकडाऊन खुले पछी फर्कन्छु भनेर म पनी फेरी चैत ७ गते गाउँ फर्के ।एक साताका लागि गरिएको लकडाउन यत्तिका दिनसम्म खुल्ला गरिएको छैन।

एउटा सिङ्गो जीवन बोकेर हतारमा हिड्नु छ। असंख्य दौडधुपको यात्रामा थुप्रै भारीको बोझ उठाउनु छ,  घमण्ड र स्वार्थको संकल्प होइन, व्यबहारले चलाएको जिन्दगी नै यही हुन्छ।  पहिलो, दोस्रो, तेस्रो, चौथो चरण पार गर्दै अब कतिऔं चरण पार गर्नु पर्ने हो थाहा छैन। तर अब चाहिँ भबिस्यको चिन्ता लाग्न थालेको छ। अ

लमलमा छु १५ दिनको छोटो बिदामा आएको ३ महिना हुन लागिसक्यो। अब कम्पनीले बोलाए जाउला, नबोलाए नेपालमै केही गरुम्ला भन्ने छ तर नेपालमा पनि के गर्ने हो ? ऋणले साहुहरु घर घेर्न लागिसके, ब्याज ले नै डुबाऊछ कि भन्ने डर छ । शारीरिक रुपमा त म एकदम स्वस्थ छु । तर यत्तिका दिन घरमा नै थुनिएर बस्नु पर्दा मनोबैज्ञानिक असर भने धेर थोर पर्दो रैछ।

सिङ्गो भविस्य नै कर्कलाको पानी जसरी अड्याउनु पर्ने अवस्थामा यस्ता खाले लकडाउनले म जस्ता लाखौ युवाहरुलाई कुनै न कुनै रुपमा मानसिक उल्झनमा पक्कै पारेको छ। यो अवधिलाइ कसरी उपयोगी बनाउने भन्ने लागेर आजभोलि किताब पढ्न थालेको छु।  रामायण पनि हेर्न थालेको छु । फेसबुक टुईटर मा पनि बसीरहन्छु । समाचारहरु हर बखत सुनिरहेकै हुन्छु। सिङ्गो नेपाललाई आज नजिकबाट हेर्ने मौका पनि पाइरहेको छु। 

हाम्रा देशका नेताहरूलाई नजिकबाट बुझ्न कोसिस गरिरहेको छु।  सामाजिक आर्थिक रुपमा नेपाल कुन अवस्थाबाट गुज्रदै छ भन्ने पनि भेउ पाउन थालेको छु। यो चाहिँ लकडाउनकै बिच भएका उपलब्धी हुन् मेरा।

यदि महामारी आउन्न थ्यो र लकडाउन हुन्नथ्यो भने म मेरो काम, व्यस्तता र रमाइलोमै झुमिरहेको हुन्थे। मान्छेले एउटा काममा मात्र ध्यान केन्द्रित गर्न हुन्न। समयले भ्याएसम्म अरु एक दुइटा वा बढी  इलम गर्नु पर्छ भन्ने पाठ पढाइ रहेको छ कोरोनाले मलाई। आशा छ यो महामारी माथि चाडै नै  विजय पाउनेछौं र फेरि घरबाहिर हुनेछौं। अनि म विश्व घुम्न निस्कने छु।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो