दामोदर रेग्मी । भदौ ३१, काठमाडौं । पेफा सार्वजनिक वित्त व्यवस्थापनको प्रभावकारिता मापन रसुधारका लागि निश्चित समायाबधीमा वित्त व्यवस्थापनका विभिन्न आयामहरुको कार्यसम्पादनस्तर मापन गर्ने सर्वस्वीकार्य औजार हो ।
पेफा अंग्रेजी शव्दावली Public Expenditure and Financial Accountability- PEFA को संक्षिप्त रुप हो । सार्वजनिक खर्च र वित्तीय उत्तरदायित्वको अवधारणाको विकास वित्तीय व्यवस्थापनका समग्र पक्षको प्रभावकारी रुपमा मापन गर्नको लागि एउटा सर्वस्वीकार्य मापन संयन्त्रको विकास गरिनु पर्दछ भन्ने सन्दर्भमा सन् २००१ मा भएको हो र यूरोपेली आयोग, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक, फ्रान्स, नर्वे, स्वीजरल्यान्ड र संयुक्त अधिराज्यले ती देशहरुमा सार्वजनिक वित्त व्यवस्थापनको साझा मापन सूचक बनाउनु पर्ने आवश्यकता बोध भए अनुरुप पेफा अवधारणा अगाडि वढेको हो । पछि सन् २००५ को पेरिस घोषणपत्र, २००८ को आक्रा एजेण्डा र २०११ को प्रभावकारी विकास सहायताको लागि वुसान साझेदारिताले समेत पेफा अवधारणालाई सवल बनाउने काम गर्यो । यो सार्वजनिक वित्त व्यवस्थापनको निश्चित समायाबधीमा वित्त व्यवस्थापनका विभिन्न आयामहरुको कार्यसम्पादनस्तर मापन गर्ने सर्वस्वीकार्य औजार हो ।
सार्वजनिक वित्त व्यवस्थापनका क्षेत्रहरुमा करारोपण तथा राजस्व व्यवस्थापन, आम्दानीका अन्य श्रोतहरुको व्यवस्थापन, प्रभावकारी न्यून वित्त परिचालन : सार्वजनिक ऋण व्यवस्थापन , वितरणमा पारदर्शीता र प्रभावकारिता, व्यवस्थित खर्च प्रणाली , बाह्य निगरानी, लेखापरीक्षण, समग्र जिम्मेवारी र जवाफदेहिता, वित्तीय सुशासनलगायतका विषयहरु पर्दछन् । सार्वजनिक खर्च र वित्तीय उत्तरदायित्वको अवधारणाले यी सवै पक्षको प्रभावकारिताको सामयिक मूल्यांकन र सुधर गरिनु पर्ने मान्यता राख्दछ ।
पेफा अर्थात सार्वजनिक खर्च र वित्तीय उत्तरदायित्व अवधारणा अन्तरगत सार्वजनिक वित्तिय व्यवस्थापनको समग्र अवस्थाको मापनका लागि देहाय बमोजिम ७ आधार स्तम्भ , ३१ वटा सूचकहरु र ९४ उपसूचकहरु निर्माण भएका छन्।
प्रभावकारी सार्वजनिक वित्त व्यवस्थापन अन्तर्राष्ट्रिय रुपमा सर्वाधिक चासो र सार्वजनिक सरोकार को विषय हो ।सार्वजनिक वित्त व्यवस्थापनको प्रभावकारिता अभिवृध्दिका लागि सुधार एउटा निरन्तर चलिरहने प्रक्रिया पनि हो । प्रभावकारी वित्त व्यवस्थापनले आम्दानीका श्रोतहरुको भरपूर उपयोग गर्ने, वितरणमा प्रभावकारिता ल्याउने र प्रभावकारी खर्च गर्न सक्ने क्षमतामा वृद्धि ल्याउनुको अतिरिक्त वित्तीय जोखिमहरुको पूर्वानुमान गरी जोखिमहरुबाट निम्तिन सक्ने नकारात्मक प्रभावहरुको न्यूनीकरण गर्नमा सहयोग पुर्याउदछ । सवल राजनैतिक इच्छाशक्ति र प्रतिबद्धता तथा प्रशासन संयन्त्रको सकारात्मक सक्रियता प्रभावकारी सार्वजनिक वित्तीय व्यवस्थापन सुधारका अपरिहार्य आवश्यकता हुन् । देहायको कारणले प्रभावकारी सार्वजनिक वित्त व्यवस्थापनको आवश्यकताको अवश्यकता महशुस भएको हो : राजस्व, ऋण तथा वैदेशिक सहायता लगायतका श्रोतहरुको प्राप्तिमा प्रभावकारीता ल्याउन , प्राप्त श्रोतको मितव्ययी, दक्षतापूर्वक, प्रभावकारी एवम् पारदर्शी रुपमा खर्च गर्न , साधन श्रोतको प्राप्ति, उपयोग र उपभोगको प्रभावबीच सामञ्जस्यता कायम गर्न , आन्तरिक र वाह्य निगरानीलाई सशक्त वनाउदै पारदर्शिता र उत्तरदायित्वमा अभिवृध्दि गर्न ।
वित्तीय अनुशासन र सार्वजनिक जवाफदेहिता प्रजातान्त्रिक शासन प्रणालीका आधारभूत अपरिहार्य अवयबहरु हुन् । वित्तीय अनुशासन र सार्वजनिक जवाफदेहिता राज्यका सवै तहका लागि आवश्यकीय विषय हो ।संघीय संरचनामा यी अवयबहरुको अझ वढी महत्व हुनु स्वभाविकै हो किनकी वित्तीय अनुशासन र सार्वजनिक जवाफदेहिताको प्रत्याभूतिले संघीय सुशासनलाई दिगो बनाउंछ ।
पेफा अर्थात सार्वजनिक खर्च र वित्तीय उत्तरदायित्व अवधारणा अन्तरगत सार्वजनिक वित्तिय व्यवस्थापनको समग्र अवस्थाको मापनका लागि देहाय बमोजिम ७ आधार स्तम्भ, ३१ वटा सूचकहरु र ९४ उपसूचकहरु निर्माण भएका छन् :
१. यथार्थ जम्मा खर्च
२. यथार्थ खर्च बनावट (शिर्षक) अनुसार
३.यथार्थ राजस्व आम्दानी
४.बजेट बर्गीकरण
५.बजेट पुस्तिका
६.आर्थिक प्रतिवेदनमा समावेश नभएका वा बाहिर भएका केन्द्रिय सरकार संचालन
७.स्थानीय सरकारलाई बांडफांड हस्तान्तरण
८.सेवा प्रवाह गर्ने ईकाइको लागि बजेट र स्रोत साधन सम्बन्धी सूचना
९. वित्तीय सूचनामा सार्वजनिक पहुंच
१०. वित्तीय जोखिम प्रतिवेदन
११.सार्वजनिक लगानी व्यवस्थापन
१२.सार्वजनिक सम्पत्तीको व्यवस्थापन
१३. ऋण व्यवस्थापन
१४.समष्टीगत आर्थिक तथा वित्तीय प्रक्षेपण
१५. वित्तीय रणनीति
१६. खर्चको बजेट तर्जुमामा मध्यकालीन अवधारणा
१७. बजेट तर्जुमा प्रक्रिया
१८. व्यवस्थापिकाद्धारा प्रस्तावित बजेटको निगरानी र परिनिरीक्षण
नेपालमा सन् २००८ र २०१४ मा भएको सार्वजनिक खर्च र वित्तिय उत्तरदायित्व सम्बन्धी मूल्यांकनको अवस्था सन् २००८ को तुलनामा सन् २०१४मा सुधार भएको छ ।
१९. राजस्व प्रशासन
२०. राजस्व लेखापालन
२१. चालु बर्षमा स्रोतको बांडफांडको पूर्वानुमान
२२. भुक्तानी बांकी खर्च
२३. तलबी प्रतिवेदन नियन्त्रण
२४. खरीद
खरीद अनुगमन
२५. गैरतलबी खर्चमा आन्तरिक नियन्त्रण
२६. आन्तरिक लेखापरीक्षण
२७. वित्तीय तथ्यांकको समग्रता
२८. चालु बर्षको बजेट प्रतिवेदन
२९. बार्षिक आर्थिक प्रतिवेदन
३० बाह्य लेखापरीक्षण
३१ लेखापरीक्षण प्रतिवेदनको व्यवस्थापकीय निगरानी
आज भन्दा एक दशक अगाडी नेपालमा पेफा अबधारणाको शुरुवात भए पश्चात निम्न उपलब्धीहरु हासिल भएका छन्:
क. पेफा मूल्यांकनमा सुधार
पेफा मूल्यांकन प्रणाली ले ३१ वटा सूचकहरुलाई ए , बि ल्पस, बि , सि ,सि , डि ल्पस र डि गरि सात वटा वर्गमा वित्तिय प्रभावकारिता को अवस्था जनाउने गर्दछ । सन् २००८ र २०१४ मा भएको सार्वजनिक खर्च र वित्तिय उत्तरदायित्व सम्बन्धी मूल्यांकनको अवस्था सन् २००८ को तुलनामा सन् २०१४मा सुधार भएको छ। सन् २००८मा गरिएको मूल्यांकनमा ए मा १, बि ल्पसमा शुन्य, बि मा ३, सि ल्पसमा ९,सि मा ८, डि ल्पसमा ६ र डि मा४ सूचकहरु रहेका थिए भने सन् २०१४ मा भएको दोश्रो मूल्यांकनमा ए मा ७, बि ल्पसमा ३, बि मा ३, सि ल्पसमा ९,सि मा ३, डि ल्पसमा ४ र डि मा२ सूचकहरु रहेका छन् । यसवाट सन् २००४ को तुलनामा सन् २०१४ मा नेपालको वित्त व्यवस्थापनका केही सूचकहरुमा सकारात्मक प्रगति भएका छन्
ख. अन्य सुधारहरु
प्रभावकारी सार्वजनिक वित्त व्यवस्थापन अन्तर्राष्ट्रिय रुपमा सर्वाधिक चासो र सार्वजनिक सरोकार को विषय हो । सार्वजनिक वित्त व्यवस्थापनको प्रभावकारिता अभिवृध्दिका लागि सुधार एउटा निरन्तर चलिरहने प्रक्रिया पनि हो ।
पेफा अवधारणाका दुई वटा सूचकहरु स्थानीय सरकारलाई बांडफांड हस्तान्तरण ( बांडफांड हस्तान्तरण सम्बन्धी विद्यमान प्रणाली र बांडफांडको सराई वारेमा समयमा सूचना प्रवाह ) तथा सेवा प्रवाह गर्ने ईकाइको लागि बजेट र स्रोत साधन सम्बन्धी सूचना ( सेवा प्रवाहको लागि कार्यसम्पादन योजना , सेवा प्रवाह गर्ने ईकाइको कार्यसम्पादन उपलब्धी , सेवा प्रवाह गर्ने ईकाइव्दारा स्रोतसाधन प्राप्ती , सेवा प्रवाहको कार्यसम्पादन मूल्यांकन) प्रत्यक्ष रुपले प्रादेशिक र स्थानीय तह संग सम्बन्धित छन् ।अरु सूचकहरु पनि ती तहहरुसंग सान्दर्भिक छन् । वित्तीय अनुशासन र सार्वजनिक जवाफदेहिता प्रजातान्त्रिक शासन प्रणालीका आधारभूत अपरिहार्य अवयबहरु हुन् । वित्तीय अनुशासन र सार्वजनिक जवाफदेहिता राज्यका सवै तहका लागि आवश्यकीय विषय हो ।
संघीय संरचनामा यी अवयबहरुको अझ वढी महत्व हुनु स्वभाविकै हो किनकी वित्तीय अनुशासन र सार्वजनिक जवाफदेहिताको प्रत्याभूतिले संघीय सुशासनलाई दिगो बनाउछ । वर्तमान संविधानले संघ, प्रदेश र स्थानीय तहले योजना तर्जुमा गर्ने राजस्व श्रोतको प्राप्तिको अनुमान, खर्चको अनुमान गर्न सक्ने र सोको आधारमा बजेट तर्जुमा गर्न सक्ने, खर्चको आधार तय गर्न सक्ने अधिकार दिएको छ । साथै प्रत्येक तहको आ–आफ्नो सञ्चित कोष हुने र आ–आफ्नो सञ्चित कोषको व्यवस्थापन गर्न तत् तत् तहको आ–आफ्नो अधिकार रहने निश्चित छ । यस सन्दर्भमा राजस्वका श्रोतको प्रभावकारिता बृद्धि, श्रोतको वितरण र खर्च गर्न सक्ने क्षमताको प्रभावकारिता, गरिएको खर्चको अपेक्षित उपलब्धी, राजस्व प्राप्ति देखि खर्च सम्मको व्यवस्थित अभिलेख प्रणाली, लेखा परीक्षण, सार्वजनिक पारदर्शिता र उत्तरदायित्वको थप सुनिश्चितताका लागि वित्तीय व्यवस्थापन र वित्तीय सुशासनका समग्र पक्षहरुको तीनै तहमा पेफा अवधारणा अनुरुप अभ्यास र प्रयोग हुनु आवश्यक छ ।
(प्रशासन र संघीयताका विषयका विश्लेषक तथा कुशल प्रशिक्षक दामोदर रेग्मी साझासबाल डट कमका नियमित लेखक हुन् ।)