Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अन्नपूर्णपछि, कान्तिपुरको कार्यालयमा पनि राजावादीको आक्रमण

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | तीनकुनेमा रहेको अन्नपूर्ण पोस्टको कार्यालयमा राजावादीहरूले आक्रमण गरेका छन् । लगतै प्रदर्शनकारीले तीनकुनेमै रहेको कान्तिपुर टिभीको कार्यालयमा पनि आक्रमण गरेका हुन् ।

कान्तिपुरमा उनीहरूले ढुङ्गा हानेर सिसा फुटाएका छन् ।


तीनकुनेबाट तितरबितर पारेका उनीहरू अहिले प्रहरीसँग भिडन्तमा छन् ।

प्रदर्शनकारीले केही घरमा यसअगाडि पनि ढुङ्गा मुढा गरेर केही घरमा आक्रमण गरेका छन् भने केही घरमा आगजनी समेत गरेका छन् ।