१२ बैशाख २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अराजकताको जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र र दुर्गा प्रसाईंलाई बनाउँछौं– गृहमन्त्री लेखक

१५ चैत्र २०८१, शुक्रबार १७:२५

काठमाडौँ | सरकारले तीनकुनेमा आज राजावादीहरूले प्रदर्शन गरेको उदण्डताको दोषी पूर्वराजा ज्ञानेन्द्र शाह र दुर्गा प्रसाईंसहितका व्यक्तिहरूलाई ठहराएको छ ।

गृहमन्त्री रमेश लेखकले प्रदर्शन गर्न निर्देशन दिने पूर्वराजा शाह र अराजकता मच्चाउने विवादास्पद मेडिकल व्यवसायी प्रसाईं नै आजको अराजकताको मुख्य दोषी रहेको बताए ।

उनले भने, ‘शान्तिपूर्ण भनेको प्रदर्शन यही हो ? अराजक भीड देखाएर व्यक्तिको सम्पत्ति तोडफोड गर्न र जलाउन पाइँदैन, जसले प्रदर्शन गर्न निर्देशन दियो, उनीहरू नै दोषी हुन्, कारबाहीको दायरामा ल्याइन्छ ।’

प्रसाईंले शुक्रबार शाहलाई भेटेर आन्दोलनको ब्रिफिङ गरेका थिए ।

उनी घरबाट बाहिर निस्किने बेलामा शाहको फोटो लिएर गाडी अगाडि बढाउँदै भीडलाई उत्तेजित तुल्याएका थिए ।

पूर्वराजा शाहको जयजयकार गरेर प्रसाईंले आन्दोलनलाई थप उत्तेजित बनाएका थिए ।

गृहमन्त्री लेखकले निजी सम्पत्ति तोडफोड गर्ने र आगजनी गर्नेलाई कारबाहीको दायरामा ल्याउने र आन्दोलन गर्न निर्देशन दिने नाइकेलाई पनि कारबाही गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्यामा महिलामाथि बढ्दो हिंसा : न्याय प्रणालीमाथि प्रश्न उठ्दै काश्मीर आक्रमणपछि भारत र पाकिस्तानलाई ‘अधिकतम संयम’ अपनाउन आग्रह प्रतिनिधिसभा बैठक सुरुः वैकल्पिक विकास वित्त परिचालन विधेयक पेस हुँदै भुजी र दरमखोला पुल निर्माणमा लापरबाही ‘दर्शकको गोपनीयताप्रति सजग हुनुपर्छ’ लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृत्यु धनगढी–खुटिया सडकखण्डमा दुई वटा पक्की पुल निर्माण गरिँदै सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण लोकतन्त्रको ऐना हो संसद् सिन्धुपाल्चोकको फुल्पिङ्कोट केन्द्रबिन्दु भएर भूकम्प सगरमाथा संवादमा सहभागी विश्वव्यापी नेतृत्वलाई आग्रह नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घको अध्यक्षमा कर्माचार्य प्रधानमन्त्रीसँग एनआरएनए अष्ट्रेलियाका अध्यक्ष पोख्रेलको भेटघाट मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे बारपाकीले बिर्सन नसकेका भूकम्प पूर्वप्रमुख सूचना आयुक्त गुरुङको संयोजकत्वमा सूचना आयुक्त समाज गठन प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँ : गृहमन्त्री लेखक मोटरसाइकलको ठक्करबाट एकको मृत्यु चालु आवमा सप्तरीमा १३ वटा पुल निर्माण सुनको मूल्य घट्यो