मनोज बोहोरा | श्रृीजनशील, जोश जागर, शाहष, अनि धेरै राम्रा विशेषणका पर्याय हुन आजका युवाहरु । तर आज युवाको वास्तविक पिडालाई नजिकबाट सरकारले आत्मासात गरेको महसुस अझ गर्न सकेको छैनन् म लगायतका युवा पुस्ताहरु ।
अन्तराष्ट्रिय युवा दिवसले सोचमग्न बनायो मलाई । हामी युवा पढ्दा पास–फेलको पीर, पढाई सक्दा जागीरको । यस्तो पिडाबाट पिडित नहुने शायद कमै होलान् । संविधान जारी भएसँगै रोजगारको प्रतिबद्धता अनुभव गरेका अधिकांश युवा अहिले पनि रोजगारी पाउनेमा ढुक्क हुन भने सकेका छैनन् । बेरोजगार भएर के बस्नु भनेर विदेशीनेको संख्या अधिकांश छ । सामान्य लेखपढ गर्न जान्नेका लागि त बेरोजगारीको आफ्नै पिडा थिए, अब त शिक्षित बेरोजगारको समस्याले देशबाट बिस्तारी दक्ष जनशक्ति दिनानुदिन विदेशिनु पर्ने आफ्नै मर्मस्पर्शी एवंहृदय-विदारक सत्यताबाट सबै जानकार नै छन् । शिक्षित बेरोजगार कसलाई भनिन्छ ? यसबारे केहि व्याख्या गरिन् मैले किनकी यसको वास्तविक पिडा धेरैले नजिकबाट नियालेका छन् । जीवनभरको खाई न खाईको लगानी को प्रतिफल पर्खिएर बसेका ति आशावादी अभिभावकलाई शिक्षित बेरोजगारका पिडा नजिकबाट थाहा छन् । शिक्षित बेरोजगारका आफ्नै पिडा छन् । प्राय सबैका पिडाहरु मिल्दाजुल्दा जस्ता देखिन्छन् ।
बाल्यावस्थामा भविष्यको सुन्दर कल्पना गर्दा जति मिठास पाउथ्यौ, त्यो मिठास आज यथार्थको धरातालमा उभिदा धेरैलाई विषाद बन्ने गरेको यथार्थ हामी माझ छ । आखिरमा हाम्रो सरकारले, अभिभावकले शिक्षामा गरेको लगानीको प्रतिफल यही नै हो त । शिक्षाले मान्छेलाई शिक्षितसँगसँगै स्वाभलम्बी बनाउनु पर्नेमा यहाँ त केबल शिक्षाले जागिरका लागि आवेदन भर्न सर्टिपिकेट हातमा थमथमाउने गरेको छ । हरेक अभिभावक यही चाहन्छ कि आफ्ना सन्ततिले समाजमा नामसँग-सँगै राम्रो दाम पनि कमाओस् तर यहाँको यथार्थ एवं तीतो वास्तविकताका आफ्नै मर्म स्पर्शी बेदना र अलिखित गुनासाहरु छन् । पढ्दा पास फेलको पीर, पढाई सक्दा जागीर खोज्दा उठ्ने रिसले पिडित नभएका कमै भेटिन्छन् । सकी नसकी अभिभावकका लगानीको प्रतिफल भित्राउने बेलामा आज अभिभावक पनि स्वयं बेरोजगारको पिडा देखेर पिडित छन् ।
देशमा रोजगारीको सृजना गरिने वातावरण बनाउन सरकारबाट कुनै प्रभावकारी पहल नै पो भएको छ । व्यवहारीक एवं प्रयोगात्मक शिक्षा हाम्रा स्कूल कलेजले दिएँ पक्कै पनि हामी जस्ता हजारौ विद्यार्थी आज यसरी लक्ष्यहीन भएर हिडनु पर्देन थियो कि ? कुन जागिर कहाँ कहिले भेट्छु त्यही दिन मेरो लक्ष्य यो हो भनेर भन्नु शिवाय के नै पो गर्न सक्छु र म । शिक्षित बेरोजगारहरुले यस विषयमा एक पटक मनन गर्न अति जरुरी एवं सान्दर्भिक देखिन्छ । यस्ता विविध समस्याहरु माझ आज देशका युवा बेरोजगारीका समस्यामा पिरोलिरहेका छन् । सरकारले रेलको, पानीजहाज, पेट्रोल खानीको सपनाका कुरा गरिरहदा नेपाललाई प्रमुख रोजगारको केन्द्र बनाउने सपनाको कुरा सुन्न पाउँदा एकछिनका लागि भए नि हामी खुसी हुने बाहाना भेटाउथ्यौँ । तर सरकार मस्त निन्द्रामा छ जस्तो देखिन्छ । मजस्ता बेरोजगार युवाका वास्तविक पिडालाई सम्बोधन गरोस् सरकारले नत्र विदेशीनका लागि भिसा दिए हामी युवाहरु बेरोजगारीको मुकुट लाएर त हिड्नु पर्देन थियो ।