भीम लामा । राज्यका सञ्चालनका महत्वपूर्ण खम्बा नै युवा शक्ति हो । युवा विना कुनै परिवर्तन असम्भाव छ । राज्य सञ्चालन तहमा युवाकोप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भीम लामा । राज्यका सञ्चालनका महत्वपूर्ण खम्बा नै युवा शक्ति हो । युवा विना कुनै परिवर्तन असम्भाव छ । राज्य सञ्चालन तहमा युवाकोप"/>
२४ पुष २०८२, बिहीबार
काठमाडौँ - KTM

युवा परिषदको विस्तार नजिकको मान्छेलाई रोजगार दिने भाँडोमा सिमित

१३ भाद्र २०७३, सोमबार ०६:४०

भीम लामा । राज्यका सञ्चालनका महत्वपूर्ण खम्बा नै युवा शक्ति हो । युवा विना कुनै परिवर्तन असम्भाव छ । राज्य सञ्चालन तहमा युवाकोप्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहभागीता पाइन्छन । विडम्बना यो छ की युवालाई म्यानपवार कम्पनीका रुपमा मात्र लिईएकोपाईन्छ ।

राजनीतिक दल होस या सरकाका कुनै अंक होस जहाँ युवा परिचालकको रुपमा मात्र देखिन्छ र नीति नियम बनाउने र निर्णयकतहमा भने शून्य देखिन्छन् ।

विश्वका जुनसुकै देशलाई हेर्ने हो भने युवाको प्रतिनिधित्व हरेक क्षेत्र निकायमा रहेको विकास र परिवर्तनका अभ्यासहरु हामीलेपढ्दै र देख्दै आएका छौं । 

हाम्रो जस्तो विकसिल देशमा हेर्ने हो भने ठिक उल्ठो रहेको छ ।

आधुनिकता र परिवर्तनशील समयले हाम्रो देश नेपाललाई भने युवा सहभागीता र प्रतिनिधित्वमा छुन सकेका छैनन् । यसको जडके हो भने हामी युवामा अझै पनि चेतनाको अभाव हो । हामी चाँडै विश्वास गर्ने र परिश्रमलाई बन्दि बनाएर केवल राजनीतिकदलका ६० वर्षे युवाहरुको अश्वासनको पछि दौडिरहेका छन् । तपाई हामीलाई थाहाँ हुदाँ हुदै पनि त्यस्ता व्यक्तिको पछिाडि लाग्नुठूलो कमजोरी हो ।

 देशको विकट देखि शहरसम्मका हरेका सम्बनध वोड्ने काममा युवा लागि परेका छन् । ज्यालामजदुरी देखि सरकारका उच्चस्थानसम्मा काम गर्ने ती युवा नै हुन । विकास निर्माण कार्यमा संलाग्न पनि ती नै हुन्, ठेक्कापटा पनि युवा नै हुन तर त्यसकोनेतृत्व भने ६० वर्षे युवाको रहन्छ । जसले गर्दा सहि कार्य सम्पादन हुदैन र पारदर्शीता हुन सक्दैन ।

सहजता र पारदर्शीता कार्य सम्पादनका लागि युवा जनशक्तिलाई सहि मार्ग निर्देशन गर्नु सबै राजनीतिक दलको र राज्यसञ्चालनमा रहेका संयन्त्राको ध्यान केन्द्रित हुनु जरुरि देखिन्छ ।

 युवाका सामाजिक तथा राजनीतिक आन्दोलनपछि प्राप्त युवा तथा खेलकुद मन्त्रालय अन्र्तगत राष्ट्रिय युवा परिषद २०७२ गठनभएको छ यो युवाहरुको लागि खुशीको कुरा हो । युवाको एक मात्र हक,अधिकार र कार्य नीति निर्माण र कार्यन्वयन गर्नेआधिकारिक संस्था राष्ट्रिय युवा परिषद बनेको छ । 

जसले समान सहभागीता र समावेशीताको आत्मसाथ गर्दै निकट भविश्यमायुवा जनशक्ति निर्माणमा आत्मनिभरता, क्षमता अभिवृद्धि लागएत उत्पादनमुखी बनाई देशकै आर्थिक, सामाजिक, भौतिक विकासर समृद्ध समाज निर्माणमा टेवा पु¥याउने योजना रहेको छ ।

 युवका गतिविधि र युवा शक्तिलाई स्वदेशमै सीप दक्षता बनाउने सोँच रहेको परिषदको संरचना भने कुनै पहुँचवाला व्यक्ति रसमूहको नजिर बनिरहेको छ । जसले गर्दा आम जनसंख्याको ४०।४३ प्रतिशत युवालाई छातीमा लात हानेर मापदण्ड र प्रक्रियाविपरीत अगाडी बडिरहेको छ यसमा सरकार, राजनीतिक दल र सरोकारवाला नै मौन रहेको छ ।

 जहाँ अधिकारको कुरा हुन्छ त्यहाँबाटै युवाको अधिकार वञ्चित बनाइएको छ भने यस प्रकारको निकायको कुनै अर्थ रहदैन ।परिषदमा अध्यक्ष युवा मन्त्री रहन्छन् भने उपाध्यक्षमा मन्त्री मण्डलले नियुक्ति गरिएका व्यक्ति हुन्छ जो एमालेका पूर्व विद्यार्थीअध्यक्ष माधव ढुंगेल हुनुहुन्छ । 

एक प्रकारले विद्येक नै हेर्ने हो भने युवाका क्षेत्रमा पाँच वर्षदेखि क्रियशिल, कार्यरत पाँच युवासमाजलाई विशेष योगदान पु¥याएको हुनु पर्ने छ । तर यहाँ त युवाको क्षेत्रमा होइर्न विद्यार्थीको राजनीतिबाट आएका व्यक्तिनियुक्ति भएको छ । त्यस कारण नै होला परिषद कार्यसमिति निर्माण केन्द्रिय तहाँदेखि जिल्ला संरचनामा अनेरास्ववियु र युवासंघको व्यक्तिलाई नियुक्ति गरेको हुनसक्छ ।

समावेशी र कोटा निर्धाण भए पनि ठिक विपरित रहेको परिषदले आम नेपाली युवाको भविष्यमाथि नै खेलबड गर्ने देखिन्छ यस्तोपरिषदले दीर्घकालिन योजना तय गर्न सकिन्न यसको पुर्नगठन बाहेका अन्य विकल्प देखिदैन ।

 परिषद केन्द्रका उपाध्यक्षको सेवा सुविधा भनेको राज्य मन्त्री सराह हुन आउँछ भने जिल्ला समितिका अध्यक्षलाई मासिक २०हजार भत्ता व्यवस्थापन गरिएको हुन्छ । यसरी वर्तमान परिषद विस्तर क्रमलाई हेर्ने हो भने आफ्नो नीति निर्माण तथा कार्यक्रमबनाउने तर्फ भन्दा केही सिमित व्यक्तिलाई रोजगार दिने भाँडो मात्र भएको सबैलाई स्पष्ट छ । अहिले राष्ट्रिय युवा परिषदमा ४० अर्ब बजेट रहेको छ । यस बजेटलाई सहि ठाउँमा प्रयोग होस हाम्रो शुभकामना ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो नेपाल–युएई आर्थिक सहकार्य विस्तारमा जोड राष्ट्रियसभाका लागि नेकपाका यी हुन् उम्मेदवार